×

Nic Asia
Dabur
Prabhu Bank

अब वैदेशिक रोजगारमा रहेका श्रमिक पनि सामाजिक सुरक्षा कोषमा, मासिक न्यूनतम् २२ सय तिरे पुग्ने

चैत ८, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

वैदेशिक रोजगारमा रहेका श्रमिक आजबाट सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सक्ने भएका छन् ।

yONNEX
Frooti
Appy

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सामाजिक सुरक्षा कोषले आयोजना गरेको एक कार्यक्रममार्फत वैदेशिक रोजगारीमा गएका श्रमिक र विदेशमा स्वरोजगारमा रहेकाहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको औपचारिक घोषणा गरेका हुन् । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

सामाजिक सुरक्षा कोष सबैका लागि योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने मूल उद्देश्य राखेर विदेशमा श्रम गर्ने नेपालीको सामाजिक सुरक्षामा योगदान शुरू गरेको जानकारी दिएको छ ।


Advertisment
Lokantar App
Saurya island

कोषले औपचारिक क्षेत्रका निजी संगठित संस्थामा कार्यरत श्रमिकहरूका लागि सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सन्दर्भमा कार्यक्षेत्रको विस्तार भएको बताएको छ ।

JYOTI
Vianet communication

वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९ स्वीकृति भएपछि आज (बुधवार)बाट औपचारिक रूपमा कार्यान्वयन शुरू भएको कोषका प्रवक्ता विवेक पन्थीले बताए ।

उनका अनुसार स्वीकृत कार्यविधिबमोजिम वैदेशिक रोजगारमा रहेका वा विदेशमा स्वरोजगार रहेका नागरिकले कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम् आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम जम्मा गरेर कोषमा आबद्ध हुनसक्ने व्यवस्था भएको छ । 

यस्तो न्यूनतम् रकम मासिक जम्मा २ हजार २ सय मात्रै योगदान गर्ने पुग्छ । कोषमा अधिकतम् योगदान गरेर सेवा सुविधा लिन चाहनेले भने न्यूनतम् आधारभूत पारिश्रमिकको तीन गुणासम्म जम्मा गर्न सक्ने व्यवस्था भएको पन्थीले बताए । 

कार्यविधिले नियमित रूपमा योगदान गर्ने योगदानकर्ताहरूलाई दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी विभिन्न योजनाहरू सञ्चालनमा ल्याएको छ। 

नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू वा विदेशमा रही पुनः श्रम स्वीकृति लिन चाहने व्यक्तिहरूका लागि वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिका लागि कार्यान्वयनमा रहेको अनलाइन प्रणालीबाटै सामाजिक सुरक्षा योजनामा आबद्ध हुने व्यवस्था गरिएको छ । 

श्रम स्वीकृति लिएर विदेशमा काम गर्दै गरेका व्यक्तिहरूले कोषको वेभसाइटमार्फत सूचीकृत हुन सक्ने व्यवस्था भएको पनि कोषले जानकारी दिएको छ । 

सूचीकरण तथा योगदान रकम संकलन लगायतका कार्यमा सहजीकरण गर्नका लागि चौबीसै घण्टा खुला रहने गरी कोषको कल सेन्टर र सामाजिक सञ्जालहरूको व्यवस्था गरेको छ ।

कोषका अनुसार गैर आवासीय नेपालीहरूको संस्था र कोषबीच सहकार्यका लागि सम्झौता भइसकेकाले ८० भन्दा बढी मुलुकमा भएका यस संस्थाको सञ्जालहरूबाट समेत आवश्यक सहयोगको प्रतिवद्धता समेत प्राप्त भएकाले कोषमा आबद्ध हुन थप सहजीकरण हुनेछ ।

विदेशमा रहेर पनि नेपालमा रहेको बैंक खातामार्फत योगदान रकम संकलन गर्न सक्ने र नेपाली बैंक तथा रेमिट्यान्सका विदेशस्थित कार्यालयहरुबाट योगदान रकम संकलनमा सहयोगका लागि पहल भइरहेको छ। 

वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको शुभारम्भले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सबैका लागि हुने गरी व्यापकता प्राप्त गर्ने विश्वास कोषले लिएको छ । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २२, २०८०

अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) ले विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण गरेको छ ।  यो सेवा सङ्ख्या सन् २०१९ को रेकर्डको नजिक पुगेको छ । कोभिड महामारी...

जेठ २१, २०८०

सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ आज सर्वसम्मतिले पारित गरेको छ ।    प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले सुद...

जेठ २२, २०८०

सामसङले हालै मध्ये बानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ । बानेश्वरमा खोलिएको सर्भिस सेन्टर सामसङले नेपालमा खोलिएको २१औँ रहेको छ ।  बानेश्वरस्थित नयाँ सर्भिस सेन्टरमा वारेन्टी...

जेठ २२, २०८०

यो साता कारोबारको पहिलो दिन आइतबार ५० अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन आज भने दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ३८ अंकले घटेर एक हजार नौ सय ०१ दशमलव...

जेठ २१, २०८०

भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गरिने भएको छ । वस्तुगत सहायतास्वरूप प्राप्त हुने ...

जेठ २२, २०८०

अर्थमन्त्री डा.प्रकाश शरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी करका दर परिवर्तन नगरेको दाबी गरेका छन् ।  सोमवार काठमाडौँमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x