जेठ २२, २०८०
सामसङले हालै मध्ये बानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ । बानेश्वरमा खोलिएको सर्भिस सेन्टर सामसङले नेपालमा खोलिएको २१औँ रहेको छ । बानेश्वरस्थित नयाँ सर्भिस सेन्टरमा वारेन्टी...
चैत १०, २०७९
नारायणी र तिनाउ नदीमा नेपाल भित्रिएको अहिलेसम्मकै नयाँ प्रविधिको पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने दुई प्रमुख नदी नारायणीमा ‘हाइटेक र तिनाउमा सिग्नेचर ब्रिज’ बन्ने भएका हुन् ।
नारायणी नदीमा बन्ने पुल ठेक्का प्रक्रियाको तयारीमा छ भने बुटवलमा बन्ने सिग्नेचर ब्रिजका लागि विश्व बैंकको टोलीले अध्ययन/सहयोग मागेको छ । आधुनिक प्रविधिको प्रयोग गरेर पुल निर्माण हुनेछन् ।
सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक नरेशमान शाक्यले नारायणगढमा बन्ने ‘हाइटेक’ बिज्र निर्माणका लागि टेन्डरको अन्तिम तयारी भइरहेको बताए ।
‘अर्थमन्त्रालयसँग समन्वय गरेर हामी टेन्डरमा जान्छौं,’ शाक्यले लोकान्तरसँग भने, ‘अहिलेलाई यो आयोजना नेपाल सरकारकै लगानी भनिएको छ । पछि वर्ल्ड बैंकले हामीलाई सहयोग गर्नेछ ।’
देशका विभिन्न नदीमा वि.स. २०७५ मा तत्कालीन सरकारले नयाँ किसिमका डिजाइनमा मनमोहक/कलात्मक देखिने पुलहरू बनाउन विश्व बैंकलाई ऋण उपलब्ध गराउन प्रस्ताव गरेको थियो ।
सोही अनुसार महेन्द्र राजमार्गमा विभिन्न स्थानमा ९ वटा ‘हाइटेक’ पुल निर्माणका लागि बजेटमा समावेश भएका थिए । सरकार परिवर्तनपछि नारायणघाट र बुटवलमा मात्र पुल निर्माण गर्ने गरी बजेटमा संशोधन गरिएको थियो ।
सिग्नेचर ब्रिज निर्माणको परिकल्पना एमाले उपाध्यक्ष तथा रुपन्देही– २ का सांसद विष्णु पौडेलले गरेका थिए । सिग्नेचर ब्रिजले पर्यटन विकासमा समेत ठूलो टेवा पुर्याउने भएकाले प्रमुख शहरमा निर्माण हुनुपर्ने उनले बताए ।
सडक विभागका प्रवक्ता रामहरि पोखरेलले बुटवलमा बन्ने पुलको निर्माणका बारेमा विभिन्न चरणमा पालिकासँग छलफल भइरहेको बताए ।
उनले लोकान्तरसँग भने, ‘दुवै पवित्र नदीमा बन्ने आकर्षक पुल नेपालका लागि नमूना र पर्यटक लोभ्याउने खालका हुनेछन् । वर्ल्ड बैंकको आर्थिक सहयोगमा बन्नेछन् ।’
पुलको अनुमानित लागत १/१ अर्ब रूपैयाँ रहेको छ । दुवै कम्पनीका प्रतिनिधिले विभिन्न चरणमा बुटवलको वस्तुस्थितिको अवलोकन गरेर फर्किएका छन् । दुवै पुल अहिले भएको ठाउँबाट केही तलमाथि हुनेगरी बन्नेछन् ।
पुलको लम्बाइ ५०० मिटरको हुनेछ । हेर्दा आकर्षक, कलात्मक हुने हुँदा सिग्नेचर ब्रिज अन्य पुलभन्दा फरक खालको हुने पोखरेलले बताए ।
नारायणी र बुटवलका अहिले सञ्चालित पुल वि.सं. २०३८ सालमा बनेका हुन् । । नदी दोहन र बढ्दो भारका कारण पुल कमजोर हुँदै गएपछि नयाँ पुलको अवधारणा आएको हो ।
यस्ता पुलहरू आधुनिक शहर नजिकका नदीमा निर्माण गरिन्छ । लागतको हिसाबले महंगो मानिने सिग्नेचर ब्रिज पर्यटकका लागि पनि उपयोगी हुन्छ ।
सिग्नेचर ब्रिज निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण, भूगोल, पुल बन्ने स्थानको विषयमा अध्ययन भइरहेको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलमा निर्माण गरिने पुलका लागि उपमहानगरको सहकार्य रहने बताए ।
पाण्डेले पुल निर्माणका क्रममा आवश्यक पर्ने जग्गा व्यवस्थापन र पुल आसपासको क्षेत्रको बस्तीका बारेमा थप अध्ययन गर्न आवश्यक रहेको बताए ।
नेपालमा अहिलेसम्म पुरानै शैलीका परम्परागत पुलहरू मात्र बनाइरहेको अवस्थामा बन्ने सिग्नेचर पुलले पर्यटकहरू आकर्षित गर्नेछ । बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर ब्रिजले करीब ३०० मिटर क्षेत्रलाई समेट्ने र सो क्षेत्रलाई सौन्दर्यीकरण गर्ने तयारी छ । यो क्षेत्रमा पर्ने जीतगढी किल्ला, कृष्ण मन्दिर र मस्जिदलाई समेत समेटेर सौन्दर्यीकरण गरिने छ ।
राजनीतिक अस्थिरता र कोभिड महामारीलगायतले प्रभावित भएको यो परियोजना ढिलोगरी अगाडि बढाइएको हो । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा रहेको तिनाउ नदीको हालको पुललाई विस्थापित गरेर जीतगढी, त्यस आसपासमा रहेको सम्पदा संरक्षणका योजनालाई समेत प्रबद्र्धन गर्नेगरी पुलको डिजाइन गर्न यहाँका जनप्रतिनिधिले सुझाव दिएका छन् ।
सडक विभागका अनुसार तिनाउ नदी बुटवल, नारायणी नदी चितवन, विजयपुर खोला कास्की, रतुवा खोला दमक झापा, गछियाखोला मोरङ, तमोर नदी धनकुटा सडक धरान, बाग्मती नदी शंखमूल काठमाडौं, रोहिणी नदी भैरहवा, बकैया नदी मकवानपुर र बाग्मती नदी सर्लाही–रौतहटमा ‘सिग्नेचर पुल’ निर्माणका लागि विश्व बैंकसँग प्रस्ताव गरिएको थियो ।
राजमार्ग विस्तारअन्तर्गत बुटवल–गोरुसिंगे–चन्द्रौटासम्मको एउटा चरण र त्यसदेखि पश्चिम महेन्द्रनगर गड्डाचौकीसम्मको तीन चरण गरी राजमार्ग विस्तार गरेर अन्तर्राष्ट्रिय स्तरको बनाउने सरकारको तयारी छ ।
बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर बुद्धसँग सम्बन्धित नेपालका क्षेत्र र छिमेकी भारतका समेत क्षेत्रलाई एउटै सडक सञ्जालमा जोड्ने गरी बौद्ध पथका नाममा सडक विस्तार गर्ने सरकारको तयारी छ ।
कर्णाली पुलले पर्यटन क्षेत्रमा टेवा पुर्याएजस्तै तिनाउ र नारायणीमा बन्ने पुल नयाँ, आधुनिक र पर्यटकको आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ ।
सामसङले हालै मध्ये बानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ । बानेश्वरमा खोलिएको सर्भिस सेन्टर सामसङले नेपालमा खोलिएको २१औँ रहेको छ । बानेश्वरस्थित नयाँ सर्भिस सेन्टरमा वारेन्टी...
सरकारले बजेट वक्तव्यसँगै जारी गरेको आर्थिक विधेयकमार्फत अत्यावश्यकदेखि विलासिताका वस्तुसम्ममा कर बढेको छ । स्वास्थ्यमा नकारात्मक असर पर्ने मदिरा, सुर्ती, चुरोटसहितमा बढेको करबाहेक अन्य क्षेत्रमा पनि सरकारले विभि...
यो साता कारोबारको पहिलो दिन आइतबार ५० अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन आज भने दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ३८ अंकले घटेर एक हजार नौ सय ०१ दशमलव...
एनआईसी एशिया बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच भुक्तानी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले सेन्टरमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न...
सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ आज सर्वसम्मतिले पारित गरेको छ । प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले सुद...
अर्थमन्त्री डा.प्रकाश शरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी करका दर परिवर्तन नगरेको दाबी गरेका छन् । सोमवार काठमाडौँमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...