जेठ २१, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक बहस शुरू भएको छ । हालसम्म पक्राउ परेका १८ जनाको बयान शुक्रवार सम्पन्न भएसँगै आजदेखि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस...
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०७७ सालदेखि अहिलेसम्म ८१ जनालाई उनीहरूले अमेरिका पठाइदिने बहानामा साढे १३ करोड रुपैयाँ ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका–४ सितापाखा हाइट बस्ने ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्वरे नगरपालिका-१० का ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथर फिदिम नगरपालिका–७ का ४५ वर्षीय टंककुमार गुरुङलाई पक्राउ गरेको हो ।
प्रहरीको अनुसन्धानअनुसार उनीहरूले चिनजान भएका व्यक्ति र उनीहरूका आफन्तबाट प्रतिव्यक्ति १५ देखि २० लाख उठाएको देखिन्छ।
उनीहरूले भुटानी शरणार्थीको नाममा दर्ता गर्ने गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीहरूसँग सेटिङ मिलाएको भन्दै गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र, निर्णयहरू एवं पत्रपत्रिका र अनलाइनहरूमा आएका फोटो र न्यूजहरू तथा शरणार्थी समस्या हेर्ने विभिन्न निकायका कर्मचारीहरूको सरुवासम्बन्धी समाचार समेत पीडितहरूलाई सेयर गरी शतप्रतिशत काम हुन्छ हुन्छ भनेर ठगी गरेको खुलेको छ ।
शरणार्थी शिविर अनुगमन हुन लागेको बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर,सौराहा, काठमाडौँ बोलाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक बहस शुरू भएको छ । हालसम्म पक्राउ परेका १८ जनाको बयान शुक्रवार सम्पन्न भएसँगै आजदेखि जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस...
काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७९५ रुपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा संस्थाका कार्यकारीका अध्यक्षसहित ६ ज...
कपिलवस्तुको वाणगंगामा दुई जनाको हत्या भएको छ । वाणगंगा नगरपालिका–६, मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अञ्जली थारुको चक्कु प्रहारगरी हत्या भएको हो । कपिलवस्तुका प्रहरी प्...
ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’मार्फत् अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएका नेपाली ट्राभल कम्पनी ‘ह्याक’ भएका छन् । विदेशी ह्याकरको समूहले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट ...
मदकपदार्थ सेवन गरेर नशामा लिप्त भएका धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्टले आफ्नै पक्की घरमा आगो लगाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घरको बीच कोठामा निज वि...
पर्साको प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित १४ वर्षीय बालकलाई पक्राउ गरिएको छ । पर्साको जिराभवानी गाउँपालिका–१ सडकखण्डमा महादेवपट्टीबाट खटिएको नियमित चेकिङ टोलीले शंकास्पद रू...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...