बैशाख २७, २०८०
पत्रकार तथा साहित्यकार कमल रिजालको १४औं कृति सार्वजनिक भएको छ । धर्मदर्शन (प्रयोगात्मक) नामक कृति साझा प्रकाशनले प्रकाशित गरेको हो । स्वास्थ्य दर्शन, स्वभाव दर्शन र स्वधर्म दर्शन तीनखण्डमा विभाजित पुस्त...
निराला पब्लिकेसन्सले नेपाली लेखक बीएन जोशीको ‘श्रमाटनः नेपाली आप्रवासी कामदारको सम्झना’ कृति अङ्ग्रेजी भाषामा बजारमा ल्याएको छ । यसमा नेपालीले गर्ने वैदेशिक श्रमको कष्टकर र दुःखपूर्ण संसारको यात्राबारे विवरण प्रस्तुत गरिएको छ । साहित्यकार अरुण बुढाथोकीद्वारा अनूदित कृति मूल लेखक जोशीको स्मरण पनि हो । त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्नुभएका लेखकले नियमितरूपमा युवा र श्रम आप्रवासनका विषय उठाइरहनुभएको छ र उहाँका नेपालका राष्ट्रिय पत्रपत्रिकामा लेखरचना प्रकाशन भइरहेका छन् ।
जोशी विभिन्न देशमा वैदेशिक रोजगारीको कठोर यथार्थ अनुभव गरेपछि पुस्तक लेख्न प्रेरित हुनुभएको हो । निजी व्यापार कम्पनी तमसका कार्यकारी निर्देशक जोशीको यसअघि ‘मोडर्न बेली’ (आधुनिक बेली) शीर्षक उपन्यास प्रकाशन भइसकेको छ ।
पब्लिकेसन्सका नेपाल प्रतिनिधि युयुत्सु आर डी शर्माले कृति लेखकको उत्तेजनापूर्ण जीवित अनुभव रहेको र यसलाई पढेपछि पाठक पनि राम्रोसँग निदाउन नसक्ने विचार व्यक्त गर्नुभयो । उहाँका अनुसार प्रस्तुत अनूदित कृतिमा मूल कृतिको मौलिकता, जीवन्तता र शक्ति कायमै छ । क्यानडामा बसोबास गर्दै आउनुभएका पत्रकार एवं अनुवादक बुढाथोकीका यसअघि ‘एज’(किनारा) र प्रिजनर अफ एन आइप्याड(आइप्याडको बन्दी) शीर्षक कविता सङ्ग्रह र ‘सेकेन्ड इन लभः शर्ट स्टोरिज’ (प्रेममा दोस्रोः कथाहरू’ र ‘गोइङ होम’(घर जाँदै) शीर्षक दुई कथा सङ्ग्रह प्रकाशन भइसकेका छन् ।
विशेषगरी अन्तरराष्ट्रिय पत्रपत्रिकामा लेखरचना प्रकाशन गर्दै आउनुभएका बुढाथोकी अनूदित कृति नेपाली आप्रवासी कामदारहरूको प्रायःउपेक्षित अनुभवहरूलाई प्रकाश पार्ने काम भएको जानकारी दिनुभयो । “मैले यो शक्तिशाली पुस्तक महामारीको प्रारम्भिक दिनमा अनुवाद गरेको हुँ, यसमा नेपाली आप्रवासी कामदारहरूले संसारभरि सामना गर्ने अन्याय र चुनौतीका बारेमा विश्वलाई बताउन पाउँदा म खुसी छु ।” पुस्तक अब अमेजन र निराला पब्लिकेसन्समा पेपरब्याक ढाँचामा उपलब्ध रहेको बताइएको छ ।
पत्रकार तथा साहित्यकार कमल रिजालको १४औं कृति सार्वजनिक भएको छ । धर्मदर्शन (प्रयोगात्मक) नामक कृति साझा प्रकाशनले प्रकाशित गरेको हो । स्वास्थ्य दर्शन, स्वभाव दर्शन र स्वधर्म दर्शन तीनखण्डमा विभाजित पुस्त...
बिहानको खाना खाएपछि १ घण्टा सुत्ने बानी परेको छ हिजोआज । वृद्धावस्थाले निमन्त्रणा दिएकाले हो कि अवकाश प्राप्त जीवन भएर हो ? आफ्नो बानी बिगारेको छु आफैंले । १ दिन यस्तै बेला घण्टी बज्यो मोबाइल म्यासेन्जरमा । ह...
वरिष्ठ समालोचक गोपी मैनालीको ‘रमेश विकल : समालोचनात्मक अन्वेषण’ र वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीको ‘हास्यव्यङ्ग्य महारथी भैरव अर्याल’ कृतिहरू विमोचन गरिएको छ । १६ औँ गणतन्त्र द...
काठमाडौंमा कामको चापले मानसिक शान्तिमा असर पर्न थालेपछि मैले बाहिर कतै घुम्न जाने निर्णय लिएको थिएँ । अहिले मुस्ताङ (मुक्तिनाथ) जाने सीजन चलिरहेकाले जस्ता किसिमका पनि ‘टुर प्याकेज’ हरू पाइने...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिको संयोजकमा तारा अधिकारी चयन भएकी छन् । अनेसासको केन्द्रीय सदस्य समेत रहेकी अधिकारी नेतृत्वको संयोजन समितिले नेपाली भाषा, साहित्य, कला र सामाजिक क्षे...
सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे) र उनका परिवारजनले स्थानीय राधाकृष्ण मन्दिरमा पुस्तकालय ...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...