×

Nic Asia
Dabur
Prabhu Bank

अमेरिका लाने नाममा ठगी– कसरी बन्यो भुटानी शरणार्थीको परिचय पत्र ?

चैत १५, २०७९

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ५० करोड रुपैयाँ भन्दा धेरै पैसा ठगी गरेको आरोपमा ३ जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केही दिनअघि पक्राउ गर्‍यो । 

yONNEX
Frooti
Appy

गिरोहले अमेरिका नपठाएपछि पीडितले अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएपछि उनीहरूको पोल खुलेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोजकुमार केसीले बताए । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

‘उहाँहरू अमेरिका जान नपाउने अवस्था देखेपछि हामीकहाँ उजुरी दिन आउनुभएको थियो,’ एसएसपी केसीले लोकान्तरसँग भने । 


Advertisment
Lokantar App
Saurya island

अपराध अनुसन्धान कार्यालयका अनुसार ठगिएको भन्दै ८१ जनाले निवेदन दिएका थिए । 

JYOTI
Vianet communication

‘हामीकहाँ १० महिना अगाडिदेखि निवेदन आएको थियो । त्यो बीचमा अनुसन्धान चलिरहेको थियो । हामीले केही प्रमाण जुटाएपछि अभियुक्तहरूलाई पक्राउ गरेका हौँ,’ एसएसपी केसीले भने, ‘पछिल्लो ३ महिनादेखि सक्रिय रूपमा अनुसन्धान गरेर पक्राउ गर्न सफल भएका हौं ।’ 

गिरोहले प्रतिव्यक्ति १५ देखि २० लाख रूपैयाँ लिएर अमेरिका पठाइदिने भन्दै पीडितहरूलाई भुटानी शरणार्थीको परिचयपत्र पनि दिएका छन् ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार उनीहरूसँग भएको परिचयपत्र सक्कलीजस्तै देखिएको छ । त्यो उनीहरूले कसरी बनाए भन्ने विषयमा अनुसन्धान भइरहेको छ । 

‘पीडितहरूलाई भुटानी शरणार्थीको कार्ड उपलब्ध गराइएको पाइएको छ तर त्यो सक्कली वा नक्कली हो भन्ने अवस्था छैन । त्यसको अनुसन्धान भइरहेको छ,’ एसएसपी केसीले भने ।  

मोरङ पथरीबाट २ करोड रुपैयाँ ठगिएको भन्दै ९ जनाको टोलीले अपराध अनुसन्धान कार्यालयमा निवेदन दिएको छ ।

पोखरा र रामेछापबाट पनि ठगिएको भन्दै उजुरी दिन आउन लागेको जानकारी गराएको एसएसपी केसीले बताए । 

प्रहरीले १२ गते उक्त अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-४ सीतापाखा हाइट बस्ने ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्वरे नगरपालिका-१० का ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथर फिदिम नगरपालिका-७ का ४५ वर्षीय टंककुमार गुरुङलाई पक्राउ गरेको थियो । 

पक्राउ परेका उनीहरूले गृहमन्त्रालयमा उच्च अधिकारी र कर्मचारीहरूको नामसमेत खोलेका थिए । शरणार्थी समितिका उच्च अधिकारीहरूसँग सेटिङ भइरहेको भन्दै गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित निकायहरूको कागज पत्रहरूसमेत बरामद भएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा गृह मन्त्रालयका तत्कालीन पदाधिकारी र शरणार्थी समस्या समाधानसम्बन्धी कार्यदलका समदस्यहरूको मिलेमतो देखिएकाले अनुसन्धान भइरहेको एसएसपी केसीले बताए ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २२, २०८०

पर्साको प्रहरी चौकी महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित १४ वर्षीय बालकलाई पक्राउ गरिएको छ । पर्साको जिराभवानी गाउँपालिका–१ सडकखण्डमा महादेवपट्टीबाट खटिएको नियमित चेकिङ टोलीले शंकास्पद रू...

जेठ २२, २०८०

प्रहरीले पेस्तोल र त्यसमा लाग्ने गोलीसहित एक जनालाई पक्राउ गरेको छ । सिरहाको औरही गाउँपालिका–१ गंगान पुलबाट एक थान पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।  ...

जेठ १९, २०८०

७० वर्षीय बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा इलामको माई नगरपालिका २ चेप्टीका ३२ वर्षीय दीपक कुमाल रहेका छन् । उनलाई शुक्रवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । दी...

जेठ २१, २०८०

नेपाली प्रहरीमा हतियार अभाव हुँदा तालिम समेत प्रभावित हुन सक्ने देखिएको छ । ७ प्रदेशका तालिम केन्द्र र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सहितका तालिम केन्द्रमा करीब ४ हजार हाराहारीमा प्रहरीले तालिम गरिरहेका...

जेठ २१, २०८०

 मदकपदार्थ सेवन गरेर नशामा लिप्त भएका धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्टले आफ्नै पक्की घरमा आगो लगाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घरको बीच कोठामा निज वि...

जेठ २२, २०८०

तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको आजको इजलासले अभियुक्त भानु नगरप...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x