जेठ २२, २०८०
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक अनिर्णित बनेको छ । सरकारबाट बाहिरिने वा नबाहिरिने भन्ने विषयमा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठकमा मतभेद भएपछि बैठक अनिर्णित बनेको हो ।...
नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २ दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएकी छन्।
सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँटको विषयमा किचलो भइरहँदा सञ्चारमन्त्री शर्माले दाबी गरेकी हुन्।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मन्त्रिपरिषद् विस्तारको गृहकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै१-२ दिनभित्रै यसले पूर्णता पाउने बताए।
मन्त्री शर्माले सरकारले जनतामा केही गर्छ भन्ने भाव जगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल सफल हुनु सरकारको सबैभन्दा ठूलो उपलब्धि भएको जिकिरसमेत गरिन्।
उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले भर्खरै विश्वासको मत लिनुभएको छ । र, सरकार विस्तारको चरणमा हामी छौं । सरकार विस्तारको गृह कार्य करिबकरिब अन्तिम अवस्थामा आएको छ । अब मलाई लाग्छ-आजभोलि १-२ दिनमै सरकार विस्तारले पूर्णता पाउनेछ । यो सरकार गठन भएपछि जनताले सकारात्मक आशा पलाएको छ । यो सरकारले कही गर्छ भन्ने कुराको भाव दिन यो सरकारको नेतृत्व सफल भयो । त्यो ने सबैभन्दा ठूलो कुरा हो । त्यो नै महत्वपूर्ण कुरा हो भन्ने मलाई लाग्दछ ।’
मन्त्री शर्माले वर्तमान सरकारप्रति जनतामा आशा पलाएको उल्लेख गर्दै उनीहरूको चाहनाअनुसार काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्। उनले संक्रमणकालीन न्याय निरुपणका लागि सरकारले सोसम्बन्धी विधेयक संसदमा ल्याएको र त्यसैलाई छिट्टै पारित गरी कार्यान्वयनमा लैजाने बताइन्।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक अनिर्णित बनेको छ । सरकारबाट बाहिरिने वा नबाहिरिने भन्ने विषयमा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठकमा मतभेद भएपछि बैठक अनिर्णित बनेको हो ।...
सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अर्थमन्त्री प्रकाशशरण महतले करको दर हेरफेरमा अनधिकृत व्यक्तिहरुलाई संलग्न गराएको आफूले सुनेको उल्लेख गर्दै त्यो सत्य भए सैह्य नहुने बताएका छन् ।&n...
नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दलका सांसदहरूले संसदमा अराजकता देखाएको भन्दै त्यसको जवाफ फर्काउने बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकपछि प्रतिक्रिया दिँदै सांसद दाहाल...
प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । प्रतिनिसभ...
नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले प्रतिपक्ष दलका सांसदहरुले प्रधानमन्त्रीलाई संसदीय अधिकारभित्र रहेर प्रश्न गरेको बताएका छन् । सोमवार प्रतिनिधि सभा बैठकपछि प्रतिक्रिया दिँदै सांसद बर्तौताले प्रधानमन्त्री...
एमाले सांसद ठाकुर गैरेले सरकारले तीन जिल्लामा ४० प्रतिशत बजेट हालेको दाबी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गोरखा, कांग्रेस सभापति शेरबहादुर देउवाको डडेल्धुरा र अर्थमन्त्रीको नुवाकोट जि...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...