×

Nic Asia
Dabur
Prabhu Bank

सडकमा गुणस्तरहीन पिच गरिदिएपछि विरोधमा उत्रिए स्थानीय

चैत १९, २०७९

NTC
Marvel
फाइल फोटो
Premier Steels
IME BANK INNEWS

सडक कालोपत्रको काम गुणस्तरहीन भएपछि भोजपुर बोखिमका स्थानीयले विरोध गरेका छन् ।

yONNEX
Frooti
Appy

भोजपुर नगरपालिका–५ बोखिमबाट टेम्केमैयुङ गाउँपालिका जोड्ने सडकको कालोपत्र गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
 
ठेकेदार कम्पनीले लापरबाही ढङ्गले काम गरेको स्थानीयले आरोप लगाएका छन् । बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक आयोजनाको साढे चार किलोमिटर सडक कालोपत्रमा गुणस्तरहीन भएको स्थानीयले जनाएका छन् ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

सडकलाई गुणस्तरीय तवरबाट निर्माण गर्न पटक–पटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको भनाइ छ ।


Advertisment
Lokantar App
Saurya island

निर्माणका क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग भएको स्थानीयवासी तथा भोजपुर–५ बोखिमका वडा सदस्य नीरकुमार फुँयालले बताए । “सडक कालोपत्रको काममा लापरबाही गरिएको छ”, उनले भने, “कामलाई गुणस्तरीय ढङ्गले गर्न भन्दा पनि निर्माण कम्पनीका प्रतिनिधिले वास्ता गरेनन् । सबबेस नै राम्ररी नलगाई अलकत्रा हालेको अवस्था छ ।”

JYOTI
Vianet communication

सडकको नाली, छेउभित्तामा पर्खाल तथा कजवेलाई व्यवस्थित नगरीकनै कालोपत्र थालिएको उनले बताए ।

कालोपत्र गर्नुअघि बिछ्याएको बेससमेत गुणस्तरहीन रहेको उनको भनाइ छ । “राज्यको पैसाको दुरुपयोग भएको छ । निर्माण कम्पनीले हतारमा गुणस्तरहीन काम अघि बढाएको देखिन्छ”, उनले भने, “निर्माण क्रममा भत्किएका नाली, पर्खाल तथा कजवे निर्माण नगरी कालोपत्र थालिएको छ । बिछ्याएको बेस हातले कोट्याउँदा भत्किन्छ । यो कामलाई सुधार नगरे हामी थप काम गर्न रोक्छौँ ।”

स्थानीयवासीको गुनासोपछि जिल्ला प्रशासनले उक्त सडकको अनुगमन गरेको छ । पूर्वाधार विकास कार्यालयका इञ्जीनियरसहित सडक अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले निर्माणलाई गुणस्तरीय बनाउन निर्देशन दिए । अनुगमनका क्रममा स्थानीयवासीले गुनासो गरेबजोजिम नै सडक निर्माणमा लापरबाही गरेको पाइएको उनले बताए ।

“काम गुणस्तरहीन भएको स्थानीयवासीको गुनासोपछि मैले दुईपटक अनुगमन गरें”, उनले भने, “अनुगमन गर्दा स्थानीयवासी भनेझैँ सडकमा राम्रो कम भएको देखिएन । राज्यको रकम सही ढङ्गले सदुपयोग हुनुपर्छ । स्थानीय नागरिकले उठाएको सवाल उचित छ । सबैले यसरी नै आफ्नो क्षेत्रको विकासमा ध्यान दिने हो भने धेरै कुरामा परिवर्तन ल्याउन सकिन्छ ।”

अनुगमनका क्रममा निर्माण व्यवसायीका प्रतिनिधि भने उपस्थित थिएनन् । कामलाई गुणस्तरीय तवरबाट गर्न स्थानीयले सुझाव दिँदासमेत निर्माण कम्पनीले बेवस्ता गरेपछि स्थानीय आक्रोशित भएको जनाइएको छ । सडकमा बिछ्याएको सवबेसमा गुणस्तरहीन सामग्री प्रयोग गरेर कालोपत्र लगाएको स्थानीयको आरोप छ । 

निर्माणका क्रममा भत्किएका नाली, कजवेलगायत मर्मत नगरी कालोपत्र हालेको देखिएको छ । कामलाई गुणस्तर तवरबाट गराउनेमा कम्पनीको ध्यानाकर्षण गराउने इञ्जीनियरहरूले बताएका छन् । सवबेसको काम भइरहेकाले अब पहिलो बेस र दोस्रो बेसको काम गर्न बाँकी रहेको इञ्जीनियरको भनाइ छ । निर्माणमा केही त्रुटि देखिए पनि स्थानीयले भनेजस्तो गुणस्तरहीन काम नभएको इञ्जीनियर आरएन सुवेदीले बताए ।

“आफ्नो क्षेत्रमा भइरहेको काम गुणस्तरीय बनाउन स्थानीयले देखाएको चासो स्वागतयोग्य छ”, उनले भने, “हामीले अहिले प्राइम कोडको काम अनुगमन गरिरहेका छौँ । यहाँ देखिएका कमजोरी सुधार गरेर बाँकी कामलाई थप गुणस्तरीय बनाउन ध्यान दिन्छौँ ।”

सडक ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत नेपाल सरकारको भ्याटसहित रु नौ करोड ७२ लाख १७ हजार पाँच सय ३४ लागतमा कालोपत्र थालिएको हो । रौताहा–रामसागर विल्डर्स जेभी काठमाडौंले २०७८ भदौमा सम्पन्न गर्ने गरी काम जिम्मा लिएको थियो । तर तोकिएको अवधिमा काम सम्पन्न नभएपछि त्रुटि सच्याउने अवधि एक वर्ष थप गरिएको छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २२, २०८०

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसिबी)को सम्मेलनमा भाग लिन सिङ्गापुर प्रस्थान गरेका छन्। इन्टरपोल महासचिवालयको आयोजनामा आगामी जेठ २४ देखि २६ गतेसम्म सिङ्गापुरमा हुन लागेको राष्ट्रिय...

जेठ २२, २०८०

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० नदुवामा रहेको माछा पोखरीमा डुबेर सोमवार १ जना बालिकाको निधन भएको छ भने अर्की १ जना बालिकाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा खोटाङको दिपरुङ गाउँपालिका&ndas...

जेठ २२, २०८०

तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको आजको इजलासले अभियुक्त भानु नगरप...

जेठ २२, २०८०

म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना५ख ३९९३ नम्बरको बस सोमवार दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा बस पल्टिँदा ...

जेठ २२, २०८०

म्याग्दीको बेनीबाट पोखरा जाँदै गरेको ना५ख ३९९३ नम्बरको बस आज दिउँसो पर्वतको कुश्मामा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वत अगाडि ओरालोमा बस पल्टिँदा १८ ज...

जेठ २२, २०८०

चितवनको भरतपुर महानगरपालिका–१५ जानकी चोकमा बोलेरोको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ५० वर्षीय वीरेन्द्र राउत रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x