असोज २, २०८०
माधव नेपालले अपानी (अन्तर पार्टी निर्देशन) जारी गरेर केही नेतालाई कार्य विभाजनसहितका निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालले सार्वजनिक रूपमा आपत्ति जनाएका छन् । ‘पार्टीका नाममा जारी भएको अपान...
नेपाली राजनीतिक इतिहासमा बी.पी. कोइराला बहुगुणबाट स्थापित नाम हो । नेपाली कांग्रेसका संस्थापक कोइरालाको सिद्धान्त, निष्ठा, विचार, आदर्श, संघर्ष र साहित्य सिर्जनाले पुर्याएको योगदानको व्याख्या गरिसाध्ये छैन । प्रजातान्त्रिक समाजवादको बहसलाई यहाँसम्म ल्याएर मान्यता स्थापित गर्नुमा कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक धार र नेतृत्वको भूमिका छ ।
उनले अख्तियार गरेको सिद्धान्त, विचारको के कति विचारधारात्मक व्याख्या, विश्लेषण भए ? बी.पी.का अनुयायीहरू प्रजातान्त्रिक समाजवाद र कांग्रेसलाई अलग बनाएर व्याख्या गर्न सक्दैनन् । उनको वैचारिकी पक्षमा सहमत, असहमत हुने अर्कै पाटो हो ।
नेपाली राजनीतिका शिखरपुरुष बी.पी. कोइरालाको कुन पाटोबाट व्याख्या गर्ने आ–आफ्ना दृष्टिकोणका आधारमा हुन सक्छन् । कोइराला २००७ सालको क्रान्तिको नेतृत्व गरेर १०४ वर्षको राणा शासन फाल्न सफल भए । त्यतिले मात्रै नभई २०१५ सालमा दुईतिहाई बहुमत सरकारको नेतृत्व बी.पी. कोइरालाले नै गरे । उनैले नेपाली कांग्रेसलाई प्रजातान्त्रिक समाजवादको सिद्धान्तमा डोहोर्याए र आफ्नो प्रधानमन्त्रीकालमा मुलुकबाट सामन्ती प्रथाका थुप्रै अवशेषहरू हटाए ।
उनले आफ्नो १८ महिने कार्यकालमा आर्थिक, सामाजिक र प्रशासनिक विकासका निम्ति सुस्पष्ट खाका कोरे । नेपालको प्रजातान्त्रिक आन्दोलनका ‘प्रतीक’ मानिने बी.पी. आधुनिक नेपालमा गएको शताब्दीभित्र अन्तर्राष्ट्रिय पहिचान बनाएका एक राजनीतिक व्यक्तित्व हुन् ।
‘प्रजातन्त्र सफलताका लागि आर्थिक विकास हुनुपर्छ । गरीबी रहेको मुलुकमा विकासका लागि पूँजी चाहिन्छ । जनतालाई परिचालन गर्न प्रजातन्त्र चाहिन्छ । प्रजातन्त्रविना जनता परिचालित हुँदैनन्’, बी.पी.को मुख्य ध्येयप्रति अहिलेसम्म विवेचना हुने गरेको छ ।
प्रजातन्त्रको अभ्यासका लागि वाक् तथा प्रेस स्वतन्त्रता, बहुदलीय व्यवस्था, मानव अधिकारको प्रत्याभूति, नागरिकहरूमा समान अधिकार, बालिक मताधिकार पाउनु हो भन्नेमा बी.पी. सहमत थिए । यी मूलभूत पक्षसँगै आधुनिक नेपालको विकासे अवधारणा बी.पी.कै प्रजातान्त्रिक समाजवादको सेरोफेरोमा उदय भएको देखिन्छ ।
नेपालको विकासे इतिहास के हो त ?
बी.पी.ले अंगालेको प्रजातान्त्रिक समाजवादको धार सँग–सँगै आधुनिक नेपालको सन् १९५० विकासे इतिहास अध्ययन गर्न मानसिव देखिन्छ । सन् १९५० मा नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरले नेपालको विकासका सम्भावना र समस्याहरूबारे अध्ययन गर्न स्वीट्जरल्यान्डबाट ‘स्वीस–नेपाल फरवार्ड टीम’ झिकाएका थिए । जुन टीममा टोनी हागन एक सदस्यका रूपमा सहभागी थिए । उनले नेपालको विकास मोडेलसम्बन्धी लामै व्याख्या गरेका छन् ।
प्रधानमन्त्री मोहनशमशेरका छोरा विजयशमशेर र प्रधानमन्त्रीका दूत भीमबहादुर पाण्डेले सन् १९४० को दशकको अन्त्यतिर यूरोपका धेरै मुलुक भ्रमण गरे । विजयशमशेर र पाण्डेले नेपालको विकासे मोडेल स्वीट्जरल्यान्डको जस्तो उपयुक्त हुने सुझाएका थिए । त्यसैको आधारमा ‘स्वीस–नेपाल परवार्ड टीम’ अध्ययनका लागि नेपाल आएको थियो ।
संयोग, पहिलो जननिर्वाचित बी.पी. कोइराला सरकारका अर्थमन्त्री सुवर्णशमशेर राणालाई सन् १९६० मा स्वीट्जरल्यान्ड भ्रमणमा निम्त्याइएको थियो । राणालाई त्यहाँको जलविद्युत् विकासबारे अवलोकन गराइएको थियो । अवलोकनबाट अर्थमन्त्री राणा खुशी भएको हागनले उल्लेख गरेका छन् ।
नेपालको विकासे अवधारणाका क्रममा विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको भूमिका मुख्यरूपमा देखिन्छन् । विश्व बैंकले नेपालको विकासमा सहयोग गरेको सन् १९६९ देखि हो । विश्व बैंक कुन परिस्थितिमा स्थापना भएको थियो ? यसका लगानी र त्यसबाट ‘नव उदारीकरण’ले ऋणी मुलुकहरूको अवस्था कसरी गुज्रिँदै छन् भन्ने विषय अलग छ । तर, नेपालको विकासे अनुभवमा विश्व बैंक पहिलो नम्बरमा आउँछ । उसले नेपालको दूरसञ्चारको क्षेत्रमा पहिलोपटक ऋण प्रवाह गरेको थियो ।
त्यसपछि खानेपानी, सिँचाइ, जलविद्युत्, बाटो, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी गर्दै आयो । बैंकले अघि सारेका पश्चिमावादबाट निर्देशित आर्थिक अवधारणा स्थानीय तहमा सुहाउँदै सुहाएन भन्ने कैयन आरोपहरू छन् । यी आरोपहरू रहँदारहँदै पनि नेपालको विकासे अवधारणा र मानक यसैलाई मानिन्छ । यसैको नेराघेरामा पछिल्लोपटकको आर्थिक पक्षको विश्लेषण हुने गरेको छ । यो विकासे मोडलको गहन अध्येतामध्ये युवा पुस्तामा डा. स्वर्णिम वाग्ले अग्रस्थानमा पर्छन् ।
नव उदारवादका पछिल्लो भेरियन्ट स्वर्णिम
बी.पी.को प्रजातान्त्रिक समाजवादको आलोकमा उदाएका स्वर्णिमको दक्षता, अध्ययन र निष्ठामा कसैले प्रश्न खडा गर्न नसक्ला । भलै उनले लिएको चिन्तन, दर्शन र व्याख्याले नवउदारवादको पछिल्लो व्याख्यता भने हुन् । बी.पी.को प्रजातान्त्रिक समाजवादको अथ्र्याइँ २०४८ यता गठित नेपाली कांग्रेस नेतृत्व सरकारले लिने अर्थ नीति ‘नव उदारवाद’मै केन्द्रित छन् । चार महिना अघिसम्म वाग्ले कांग्रेसले अख्तियार गर्ने सोही नीतिकै व्याख्याकार थिए ।
‘कांग्रेसको मूलमन्त्रः संविधान र लोकतन्त्र
असल शासन, समुन्नति, बलियो अर्थतन्त्र’
यो नारा नेपाली कांग्रेसको २०७९ को चुनावी घोषणापत्रको हो । यसको खाका कोर्ने एक महत्त्वपूर्ण भूमिकामा थिए, स्वर्णिम । यतिखेर उस्तै नारा लिएर रास्वपामा प्रवेश गर्दै तनहूँ– १ को उप–चुनावी मैदानमा छन् । वाग्लेले आफ्नो चुनावी घोषणामा भनेका छन्, ‘जनउत्तरदायी लोकतन्त्र र भ्रष्टाचाररहित राजनीति, रोजगारी र उत्पादन वृद्धिसहितको मजबुत अर्थतन्त्र, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक न्यायसहितको समुन्नति, जलवायु परिवर्तन र वातावरणमैत्री विकास, अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठित नेपाली छवि ।’
उनी रास्वपामा प्रवेश गर्नु एउटा संयोग मात्रै होइन । कतै कुनै परियोजनाको उद्देश्य प्राप्ति गर्नु पनि हुन सक्छ । यतिखेर विश्वमै नवउदारवादले लिएका नीति ध्वस्त हुने डिलमा पुगिसकेको छ । यही बेला वाग्लेले एक टिकटका लागि एकाएक बी.पी.को फोटोलाई रास्वपाका सभापति रवि लामिछानेको ‘बुख्याचा’मा टाँसेर हेरेका छन्, व्याख्या गरेका छन् ।
नव उदारवादबारे धेरै व्याख्या, टिप्पणी छन् । नवउदारवाद कसरी उदाउँछ भन्ने सोझो हिसाबका उदाहरणहरू अध्ययन गर्न जरुरी छ । नव उदारवादले शहरी केन्द्रहरूको विकास, शहरतर्फको बसाइँसराइ, कृषि उत्पादनबाट औद्योगिक उत्पादनतर्फको फड्को मार्ने जबरजस्त प्रयासमा रहन्छ । त्यसका लागि अन्ततः पूँजी आवश्यक पर्छ । उक्त पूँजीको जोहो तेस्रो विश्वका सरकारहरूले अन्तर्राष्ट्रिय संघसंस्थाहरू र विकसित राष्ट्रहरूसँग प्रचुर मात्रामा ऋण लिनुको विकल्प हुँदैन ।
ऋण शर्तसहित नै लिइन्छ । नव उदारवादका अनुयायीहरू यस कुरामा ध्यान दिँदैनन् कि राष्ट्रको आर्थिक, सामाजिक र राजनैतिक चरित्रसँग यसले मेल खान्छ कि खाँदैन भन्नेमा । ऋणको महत्त्वपूर्ण भाग भ्रष्टाचारको खुराक बन्ने गरेको छ । विकासे परियोजनामा विदेशी सल्लाहकार, योजनाविद्हरूको तलबभत्ता र अनुत्पादक उपभोगमा ऋण लिएको पैसा खर्च हुने गर्दछ । यतिखेर यही नव उदारवादीको चरित्र ठ्याक्कै मुलुकले बेहोर्नुपरेको छ । यसैको नेराघेरामा रहेर वाग्लेले आफ्नो विज्ञता प्रस्तुत गर्छन् ।
डा. स्वर्णिम वाग्लेलाई बाहिरी परिचयमा राख्दा रास्वपाले भनेको छ, ‘उत्कृष्ट क्षमता, स्वच्छ छवि र निष्ठाको राजनीतिमार्फत आर्थिक रुपान्तरणको नेतृत्व गर्ने ध्येय । बुढानीलकण्ठ २०४६ एसएलसी सर्वोकृष्ट द्वितीय (बोर्ड सेकेन्ड), लण्डन स्कूल अफ इकोनिमिक्स (बेलायत), हार्वर्ड विश्वविद्यालय (अमेरिका), अस्ट्रेलियन नेशनल विश्वविद्यालयबाट उच्चशिक्षा प्राप्त । संयुक्त राष्ट्र संघलगायत विश्वको विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय दुई दशकको अनुभव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बनिसकेका ।’
उनको यो उचाइप्रति कसैको शंका छैन । तर, विचारधारात्मक हिसाबले शून्य तर एजेन्डाबाट लोकरिझ्याइँमा उम्रेको रास्वपा सभापति रविलाई बी.पी.सरह देख्ने ‘स्वर्णिम’चाहिँ नव उदारवादका पछिल्लो भेरियन्ट मात्रै हुन् ।
मूलधारका दलहरूप्रति पुर्ख्यौली विरासतका आधारमा नयाँ पुस्ताले विश्वास गरेका छैनन् । पछिल्लो जनमतले यसको पुष्टि गरिसकेको छ । स्वर्णिम प्रजातान्त्रिक विचारधाराका युवा हुन् । यसमा कांग्रेसलाई क्षति भयो भनेर नेकपा (एमाले)सहित वामपन्थीहरू खुशी हुने कुनै कारण छैन । दक्षता, क्षमताका हिसाबले स्वर्णिम जति नहुन सक्छन्, तर सयौं उर्जाशील युवाहरूको मोह पुराना दलहरू कांग्रेस, एमाले, माओवादीबाट भंग हुँदै गएको छ ।
‘गतिशील समाजको आवश्यकताअनुसार आफूलाई सुहाउँदो राजनैतिक पद्धतिको विकास गर्नुपर्छ । वंश–परम्पराको आधारबाट मात्र सत्तामा आसीन भएका व्यक्तिले यस गतिशील समाजको नेतृत्व गर्न सक्दैनन्’, यो अंश बी.पी.ले अर्कै प्रसंगमा भनेका छन् । पुरानो ढर्रामा चल्ने दलहरू युवापुस्ताप्रतिको दृष्टिकोण बदल्ने काममा कति अग्रसर हुन्छन्, त्यसले धेरै कुरा निर्धारण गर्नेछ ।
माधव नेपालले अपानी (अन्तर पार्टी निर्देशन) जारी गरेर केही नेतालाई कार्य विभाजनसहितका निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालले सार्वजनिक रूपमा आपत्ति जनाएका छन् । ‘पार्टीका नाममा जारी भएको अपान...
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन सक्ने चर्चा मात्रले एमालेमा तरंग उत्पन्न भइरहेका बेला फेरि अर्को सन्देश दिने राजनीतिक घटनाक्रम भएको छ । एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको उत्तराधिकारी को हो ...
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिवार हाङचउमा भएको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोटको टाँक नलगाएको विषयलाई लिएर सामाजिक सञ्जाल तातेको छ । चिनियाँ राष्ट्रपतिलाई भेट्दा कूटनीतिक...
भदौ ३०, २०७२ मा संविधानसभाको दुईतिहाइ बहुमतबाट संविधानको मस्यौदा पारित हुँदै गर्दा नेपालका लागि भारतीय राजदूत रञ्जित रे ‘नेपाल मामिला क्रिटिकल’ भएको भन्दै नयाँ दिल्ली उडे । नेपालमा स...
२०६८ फागुन दोस्रो साता अपराह्नको समयमा संविधानसभा अध्यक्षको कार्यकक्षमा संसद् रिपोर्टिङ गर्ने पत्रकारहरू जम्मा भएर बसिरहेका थियौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सो समयमा नियमितजसो पत्रकारहरूसँग अनौपचारिक कु...
संघीय संसद्को राज्य व्यवस्था समितिमा दुई सुरक्षा निकायका प्रमुखले ‘सुरक्षा थ्रेट’को विषय उठाएपछि अहिले एक प्रकारको तरंग पैदा भएको छ । नेपालको सुरक्षा अवस्था र सामाजिक, धार्मिक विषय कति संवेदनशील...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...