बैशाख १९, २०८०
मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भयो । कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२ सीट जिते । नयाँ दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले २० सीट जित्यो । अर्को नयाँ दलको रूपमा आएको जनमत पार्ट...
चैत २४, २०७९
आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका कारण चितवन क्षेत्र नम्बर २ को राजनीतिक माहोल तातेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उक्त क्षेत्रका निवर्तमान सांसद रवि लामिछानेको नागरिकता अवैध ठहर भएर सांसद पद गएपछि उपनिर्वाचन हुन लागेको हो ।
नागरिकता पुनः प्राप्ति गरेर लामिछाने उम्मेदवारका रूपमा दोहोरिएका छन् ।
यस्तै नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
सबै उम्मेदवारहरू चुनावलाई लक्षित गरी भेला र प्रचारप्रसारको तयारीमा छन् । यसै सन्दर्भमा लोकान्तरका लागि गगन अर्यालले एमाले उम्मेदवार न्यौपानेसँग कुराकानी गरेका छन् ।
प्रस्तुत छ, कुराकानीको सार :
पहिलोपटक संसदीय चुनावका लागि मैदानमा उत्रिनुभयो । चितवनबासीबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
मैले निर्वाचनको हिसाबले पहिलोपल्ट प्रतिस्पर्धा गरेको छु । चितवनको आन्दोलनमा लागेको, यहाँको दुःखसुखमा जोडिएको व्यक्ति उम्मेदवार उठ्दा नागरिकहरू उत्साहित भएको मैले पाएको छु । मलाई शुभकामना दिनुभएको छ ।
तपाईंलाई जिताएर यो क्षेत्रको विकासका काम अगाडि बढाउँछौं भन्नुभएको छ । उहाँहरूले तपाईंले निराश बनाउन पाउनुहुन्न भन्नुभएको छ । मैले कसैलाई निराश बनाउँदिनँ । यही माटोमा हुर्केको हुँ । यहाँको बोरमा धेरै कुरामा जानकार छु ।
के एजेन्डा लिएर जनताकोमा जाँदै हुनुहुन्छ ? जिते के गर्नुहुन्छ ?
जनताहरू अहिले परिवर्तनशील छन् । जनतालाई सरकारी सेवा प्रवाह गर्ने कुरामा धेरै सुधार गर्नुपर्ने अवस्था छ । राज्य अहिले यसमा चुकिरहेको छ ।
जनतामा निराशा बढेको छ । हामीजस्ता युवाले जितेर गएको खण्डमा त्यस्ता विषयलाई उठाउन सक्छौं ।
यदि म जितेर गएको खण्डमा जनतालाई सेवा प्रवाह गर्ने विषयमा काम गर्नेछु । चितवनमा शिक्षा, स्वास्थ्यलगायतका समस्याहरू छन्, तिनलाई समाधान गर्नुपर्ने अवस्था छ ।
अहिले स्वास्थ्य बिमालगायत विषयहरू पनि छन्, ती काममा पनि ध्यान केन्द्रित गर्नेछु । वैदेशिक रोजगारीमा गएका युवालाई रोक्न स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी नीति बनाउन लाग्नेछु ।
यहाँ चेपाङहरूका लागि बसोवास कार्यक्रम पनि अगाडि बढाउने योजना छ । यहाँका जनजातिहरूको स्तरोन्नतिका विषयमा पनि काम गर्नुपर्ने छ ।
इच्छाकामना लगायतका क्षेत्रमा खानेपानीको समस्या रहेछ, त्यस विषयमा के गर्नुहुन्छ ?
जनतालाई अप्ठ्यारो परेका हरेक समस्या समाधानका लागि सधैं अगाडि रहनेछु । त्यो क्षेत्रमा विद्युतको समस्या थियो, लगभग त्यो समस्या हामीले समाधान गरेका छौं ।
यातायातको क्षेत्रमा हामीले काम गरेका छौं । भोलि जितेपछि त्यहाँका जनताका अन्य समस्या साधनका विषयमा पनि सधैं अगाडि बढेर काम गर्नेछु ।
अघिल्लोपटक रवि लामिछानेले यहाँबाट फराकिलो मतान्तरले चुनाव जित्नुभएको थियो । यसपटक के आकलन गर्नुभएको छ ?
जनता कसैको मुठ्ठीको पेवा होइनन् । अघिल्लोचोटी आक्रोशका कारण जनताले आफ्नो विवेकलाई फरक ढंगले प्रस्तुत गर्नुभएको हो ।
अहिले त्यो अवस्था छैन । अहिले हामीले नागरिकका इच्छा र चाहनालाई पूरा गर्ने संकल्प गरेका छौं ।
विगतका दिनबाट शिक्षा पनि पाएका छौं । एमालेले धेरै कुरामा नागरिकको समस्यालाई सम्बोधन गरेको छ, तर त्यसबाट पनि सन्तुष्ट हुनुभएको रहेन छ, अब हामीले अझै जनताको चित्त बुझाउने गरी काम गर्छौं । हिजोका दिनमा कति मतान्तरले जिते वा हारे भन्ने विषय होइन, कति काम गर्न सक्यौं भन्ने विषयले फरक पार्छ ।
अर्को कुरा जितेर गएका सांसद कति ‘इथिकल’ हुनुहुँदोरहेछ भन्ने कुरा त प्रमाणहरूले पनि त प्रस्ट पार्यो नि ! अहिले जनताले त्यो विषयलाई राम्रोसँग बुझ्नुभएको छ । त्यसैले हिजोको अवस्था दोहोरिन नदिन पनि जनताले मलाई जिताउनुहुन्छ भन्ने मेरो विश्वास हो ।
हामी यही जिल्लाको उपज हौं । यही जिल्लामा हुर्कियौं । यही जिल्लामा बढ्यौं । यहाँको हावा र माटोले हामीलाई चिनेको छ । यहीँ सामाजिक रूपान्तरणको आन्दोलनमा होमियौं । तर, सामाजिक सञ्जालमा भ्रमपूर्ण कुरा फैलाएर जितेर जाने र आफ्नो स्वार्थ पूरा गर्ने काम भयो । त्यो कुरा प्रमाणहरूले पनि देखाए । चितवनका सचेत मतदाताले त्यो कुरा बुझ्नुभएको छ ।
उम्मेदवारी मनोनयनका क्रममा कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले मेरो मुख्य प्रतिस्पर्धी एमाले उम्मेदवार हो भन्नुभएको थियो । तपाईंको मुख्य प्रतिस्पर्धी को हो ?
आजका मितिसम्म २४ जना उम्मेदवार छौं । उहाँहरू सबै मेरो प्रतिस्पर्धी हो । उहाँहरूलाई उछिनेर मेरो जित निश्चित छ ।
हेर्नुहोस्, भिडियो :
मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भयो । कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२ सीट जिते । नयाँ दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले २० सीट जित्यो । अर्को नयाँ दलको रूपमा आएको जनमत पार्ट...
मुलुकको पत्रकारिता क्षेत्रलाई मर्यादित तुल्याउन अभिभावकीय भूमिका निर्वाह गर्दै आएको प्रेस काउन्सिल नेपालले ५३ वर्ष पूरा गरेको छ । स्वस्थ पत्रकारिताको विकास एवं सञ्चार माध्यम र पत्रकारलाई राष्ट्र, समाज र नाग...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत विगत एक महिनादेखि बारा- २ मा सक्रिय छन् । जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई जिताउन उनको सक्रियता आफैं उम्मेदवार हुँदाको भन्दा कम छैन । यसअघि मंसि...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लामो समयदेखि सांसद र विभिन्न मन्त्रालयको जिम्मेवारी पूरा गर्दै आएका एक कुशल राजनीतिज्ञका रुपमा परिचित छन् । विसं २०३२ मा नेपाल विद्यार्थी संघबाट राजनीति...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...