×

Dabur
MG

‘फ्ल्यास ब्याक’मा दुई दशकअघि फर्कौं ।

yONNEX
Sagarmatha Cement

२०६० साल चैत १० गते । मुलुकमा संकटकाल थियो । राजा ज्ञानेन्द्र अभिनन्दन लिँदै हिँडेका थिए । चैत १५ गते पोखरामा अभिनन्दन लिने कार्यक्रम थियो । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

तर, १० गते राति साढे १० बजे ठूलो घटना भयो । युद्धरत तत्कालीन माओवादीले बेनी आक्रमण गर्‍यो ।


Advertisment
Kumari
Saurya island
Pardeshi

पूर्वको खबरा, दक्षिणको हाडेभीर जंगल, पश्चिमको मंगलाघाट, अर्थुङ्गेको डाँडा र मुख्य बजारको वीरेन्द्र चोक, बालमन्दिर चोक र खुलामञ्चबाट ८१ एमएम मोर्टारलगायत आधुनिक हतियारसहित एकसाथ आक्रमण गरिएको थियो ।

Vianet communication
Laxmi Bank

ज्यान गुमाएका एक माओवादी लडाकूको साथमा प्रतिबन्धित ‘एके–४७’ भेटियो । माओवादीको साथमा भेटिएको ‘एके–४७’ले लडाइँको भयावह स्थिति दर्साउँथ्यो ।

‘एके–४७’ विश्वभर ‘आतंककारी’ भनिनेहरूले मात्रै बोक्ने हतियारका रूपमा चिनिन्थ्यो । बेनी आक्रमणका कमान्डर निवर्तमान उप–राष्ट्रपति नन्दबहादुर थिए । उनले १३ वटा ‘एके– ४७’ रहेको तथ्यांक दिएका छन् ।

ती हानीकारक हतियारबाट भएको धनजन क्षतिको तथ्यांक भने उनले दिएका छैनन् । 

तर, ठ्याक्कै दुई दशकअघिको त्यो बेनी आक्रमण झल्काउने साक्षीका रूपमा प्वालै–प्वाल भएको एउटा खम्बा पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालय रहेको यलमाया केन्द्रको प्रांगणमा ठिङ्ग उभिएको छ ।

यो निर्जीव बिजुलीको खम्बाले यति धेरै ‘चोट’ बेहोरेको छ कि त्यसले बेनी आक्रमणमा जीवन गुमाउने सुरक्षाकर्मी, माओवादी पूर्वलडाकू, सर्वसाधारण, भौतिक संरचनाको क्षतिलाई झल्काउँछ ।

सांस्कृतिक भवन यलमाया केन्द्रमा दैनिकजसो सभा, गोष्ठी, तालिम, छलफल, प्रदर्शनी, सांस्कृतिक कार्यक्रमहरू हुन्छन् । छेउमै रहेको ढोकामा बिहानैदेखि क्याफेमा गफिने र पुस्तक पसलमा जाने ग्राहकले त्यो खम्बा अवलोकन गरेर बेनी आक्रमण सम्झन्छन् ।

अब भने खम्बा हेर्न र बेनी आक्रमण सम्झन यलमायाको छेउमा हैन कालीगण्डकी किनार बेनी बजार पुग्नुपर्ने भएको छ । 

‘घाइते खम्बा’ कसरी आइपुग्यो पाटन ?

नेपालयले २०६४ सालमा ‘लडाइँमा जनता’ भनेर देशभर फोटो प्रदर्शनी गर्‍यो ।

माओवादी द्वन्द्वकालमा खिचिएका फोटोहरू संकलन गरी प्रदर्शनी गरिएको थियो । त्यसै मेसोमा फागुन ७–८ गते बेनी बजारमा फोटो प्रदर्शनीमा राखियो । मदन पुरस्कार पुस्तकालयको टोली पनि त्यतिबेला बेनी पुगेको थियो ।

‘गोलीको चोटले प्वालै–प्वाल परेको खम्बामा लडाइँमा जनता फोटो प्रदर्शनीको पोस्टर टाँसिएको रहेछ । ओहो! यसलाई संरक्षण गर्नुपर्छ भनेर नयाँ खम्बामा बिजुलीको तारहरू फेरिदिएर सबै खर्च मदन पुरस्कारले गरी संरक्षणका लागि यहाँ ल्याएका हौं’, मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले भने ।

आफू ऐतिहासिक चिजको संरक्षण गर्नुपर्छ भन्ने कुराको हिमायती भएको भन्दै दीक्षितले थपे, ‘मलाई खम्बा चोरसम्म भनेर आरोप लगाए । तथाकथित जनयुद्धको बखानका लागि नभई जनचेतनासँगै शान्तिको अनुभव दिलाउन संरक्षणका लागि भनेर पत्र आएकाले खम्बा फेरि बेनी जाँदैछ ।’

मदन पुरस्कारपुस्तकालयकाअध्यक्षसमेत रहेका दीक्षितले सोमवार विज्ञप्ति जारी गर्दै भनेका छन्,

२०६० चैत ७ गते म्याग्दीको बेनीबजारमा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले आक्रमण गर्दा गोली लागि प्वाल नै प्वाल भएको बिजुलीको खम्बा मदन पुरस्कार पुस्तकालयले सुरक्षित र संरक्षण गरी राखिदिएकोमा यहाँहरूले व्यक्त गर्नुभएको धन्यवाद पत्र प्राप्त भयो । सोही पत्रानुसार म्याग्दी जिल्ला बेनीबजार नगरपालिका वडा नं. ७ बेनी बजारमा बन्न गइरहेको शान्ति पार्कमा उक्त खम्बा सुरक्षित साथ प्रदर्शनीका लागि राखी आम जनसमुदायलाई सशस्त्र द्वन्द्वले पारेको असरको सम्झनासँगै शान्तिको कामना गर्ने र सचेतना जगाउने उद्देश्यका लागि यहाँहरूले पठाउनु भएको पत्र अनुरूप आवश्यक प्रबन्ध मिलाई सो खम्बा पाटनढोका परिसरबाट बेनी बजार पुर्‍याउने व्यवस्था मिलाउनु हुन हार्दिक अनुरोध छ । यस ऐतिहासिक महत्त्व राख्ने खम्बाको पूर्णतः तथा दीर्घकालीन सुरक्षाका लागि यहाँहरूले आवश्यक कार्य गर्नुहुने नै छ । साथै यस धातुको वस्तुको संरक्षणका लागि प्राविधिकहरूसँग सल्लाह लिनुहुन हाम्रो अनुरोध छ ।’

null

बेनी संग्रहालयको गहना खम्बा 

पत्रकार पृष्ठभूमिका बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गत आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरी बेनी आक्रमण भएको स्थानमा शान्ति बाटिका निर्माण अगाडि बढाएका थिए । अहिले त्यो खम्बाको झन् महत्त्व भएकाले पत्राचार गरी झिकाइएको उनले बताए ।

केसीले खम्बा आउँदो जेठ १५/१६ गते बेनीतर्फ प्रस्थान गराउने योजना रहेको बताए ।

‘पोल जहाँ झिला परेर चाल्नोजस्तो भएको थियो, त्यसको १० मिटरभित्रै राख्नेगरी डिजाइन गरिएको छ । नगरपालिका पछाडि त्यो पोल थियो । अहिले विकास निर्माणमा केही भूगोल फेरिएको छ । नगरपालिकाको पछिल्लो कोठानजिकै नेपाली सेनाको बंकर छ । त्यहीँ म्युजियम बन्ने छ’, उनले भने ।

‘बेनीमा एकरात पर्यटक बसाल्ने तयारी गरी म्युजियम र बाटिका बन्दैछ, जुन बंकरमा आक्रमण गरियो । सोही बंकरभित्र दिउँसो फोटो प्रदर्शनी र प्रत्येक राति बेनी आक्रमणको भिडियो प्रदर्शनी गर्छौं । बाहिर पाटन ढोकाबाट फिर्ता आएको झिला परेको खम्बा प्रदर्शनीमा राख्छौं’, केसीले भने ।

एकोरियम बनाएर सुरक्षाकर्मी, माओवादी लडाकू र सर्वसाधारण जति मरिए त्यति जनाको सम्झनामा शालिग्राम खम्बा वरपर राख्ने योजनासमेत रहेको उनले बताए । यता दीक्षितले एकोरियम नराख्न सुझाव दिएको उनले बताए ।

मदन पुरस्कार पुस्तकालयलाई जिल्ला समन्वय समिति म्याग्दीले २०८० वैशाख ११ गते पत्राचार गरी खम्बा फर्काइदिन आग्रह गरेको थियो । दीक्षितले भने, ‘सबै नेपालीले शान्तिको अनुभव गर्न सक्ने वातावरण निर्माणका लागि सचेतना जगाउने उद्देश्य र विश्वलाई शान्तिको सन्देश दिन सक्ने गरी निर्माणाधीन शान्ति बाटिकामा सुरक्षित रहने गरी उक्त पोल हस्तान्तरण गर्न पाएकोमा खुशी व्यक्त गर्दछु ।’

बेनी आक्रमणलाई रातभर झेलेर कान्तिपुर दैनिकमा रिपोर्टिङ गरेका घनश्याम खड्का २०६० चैत १० को रातलाई सम्झँदै भन्छन्, ‘खम्बा झिला–झिला परेर जीर्ण भएको थियो । बिजुलीको तार त्यसैमा थिए । पछि कनक दाइले यो कवाडीमा फाल्नुभन्दा ऐतिहासिक चिजलाई हामी संरक्षण गर्छौं भन्नुभयो । प्वाल परेको खम्बाको सट्टा नयाँ खम्बा किनिदिएर लानुभएको हो । अब यहाँको संग्रहालयमा फर्काउन पाउँदा खुशी छौं ।’ 

निवर्तमान उप–राष्ट्रपति पासाङले सम्झिने बेनी आक्रमण            

बेनी आक्रमणका कमान्डर निवर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले बेनीको भूगोललाई संस्मरणमा भनेका छन्, ‘उत्तरतिर भिरालो–भिरालो तर मान्छे हिँड्न सक्ने सल्लेरीबारी (जंगल) र मोटरबाटो पर्दछ भने दक्षिणतिर म्याग्दी खोला छ, जुन जहाँतहीँ तर्न नसकिने, कतै–कतै खाख्लो (फिँजिएको) ठाउँमा जवान मान्छेले मात्र तर्न सक्ने नदी हो । खोलाको तीरमा चत्तादार जाली लगाइएको गाह्रो छ । त्यसको डिलमा मोटरबाटो छ । त्यसनजिकै ब्यारेक छ । पूर्वीतिर घनाखालको बेनी बजार र कालीगण्डकी छ । पश्चिमतिर मंगलबजार (पुनले मंगलबजार भने पनि उक्त ठाउँको नाम मंगलाघाट हो) र कर्मचारी आवसगृह पर्दछ । त्योभन्दा पश्चिममा पाखा र खोल्सा छन् ।’

उनले आक्रमणमा नेपाली सेना, जनपथ प्रहरीसहित ९३० जना रहेको उल्लेख गरेका छन् । त्यस्तै आफ्नो लडाकूहरू ४५ सयजना रहेको उल्लेख गरेका छन् । बेनी आक्रमणको योजना रुकुमको लुकुम (हाल पूर्वी रुकुम)को गाउँमा बुनिएको थियो । आक्रमण कसरी गर्ने भनी ‘स्यान्ड मोडल’ बाग्लुङ गल्कोट निवासी भारतीय सेनाका पूर्व क्याप्टेन पूर्णबहादुर रानाले गरेका थिए । बेनी आक्रमणमा फौजी कमान्ड पासाङ र राजनीतिक कमिसारका रूपमा हाल नेकपाका महासचिव रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेका थिए ।

 

 

 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
भदौ २३, २०८०

विराटनगरका ५३ वर्षीय अनुज सापकोटाको जीवन २० वर्षअघि अर्कै थियो । उनी शुरूमा लागुऔषधका सामान्य प्रयागकर्तामात्रै थिए । विस्तारै उनी पछि लागुऔषध दुर्व्यसनीसम्म बन्न पुगे ।   आफू बुझ्ने भएदेखि नै चुरोट खान...

असोज ६, २०८०

बुटवलका अर्जुनबहादुर थापाले रोजगार अनुमति प्रणाली (ईपीएस) लागू हुनुपूर्व नै १३ वर्षभन्दा बढी समय दक्षिण कोरियामा बिताए । उनले वि. सं २०५१ देखि ०६४ सम्म कोरियामा काम गरेका थिए । कोरियामा उनले ‘म्यानुफ्...

असोज १०, २०८०

राष्ट्रिय गौरवको आयोजना हो, पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग । ठ्याक्कै नेपालको नक्सा आकारमा रहेको बागलुङ जिल्लामा सदरमुकामदेखि १ सय ४२ किलो मिटर पर पूर्वी रुकुमसम्म मध्यपहाडी लोकमार्ग फैलिएको छ । ...

भदौ १९, २०८०

भदौ १६ गते शनिवार काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ मा आयोजित पार्टी सभालाई सम्बोधन गरिरहेको समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोनमा कसैलाई निर्देशन दिँदै गरेको भिडियो सामाज...

भदौ १६, २०८०

राजनीतिलाई नीतिहरूको पनि सर्वाेत्कृष्ट नीति मानिन्छ । यो देश, समाज र जनताको सेवाको रुपमा समेत चित्रृत छ । तर पछिल्लो समय राजनीति कमाउने भाँडो भयो भन्ने जनगुनासो बढ्न थालेको छ । हुन पनि अहिले उपप्रधानमन्त्रीदे...

भदौ ३०, २०८०

कतै हिलाम्यै ठाउँ देखियो भने ‘ढोर मेलाको हिलोजस्तो’ भन्ने ढोरपाटन वरपरका बासिन्दाको चलन हो । यस वर्ष (२०८० भदौ १४)को जनैपूर्णिमाको छेको ढिला पर्यो । जनैपूर्णिमा ढिला परेसँगै झरी पनि परेन । यसैक...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x