जेठ ३, २०८०
आज बुधवार मदन भण्डारी र जीवराज आश्रितको ३०औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले बुधवार विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै छन् । एमालेले स्मृति दिवसक...
बुटवलका तिरास लामटांगे मगर १ दशकदेखि शिक्षण पेशामा छन् तर अहिले तिरासको जोडी कफी बिक्रीमा तल्लिन छ ।
लामटांगेले कफी पारखीका लागि ‘द कफी हब’ सञ्चालनमा ल्याएका छन् । रूपन्देहीको तिलोत्तमा योगिकुटीस्थित उनको ‘कर्फी हब’ अहिले सबैको रोजाइमा पर्न थालेको छ ।
अग्र्यानिक र नेपालमा उत्पादित कफीको स्वाद चखाउने तिरास र शर्मिला गलामीको जोडी सफल उद्यमी बन्ने दिशामा लम्केको छ । तिरासले गरेको कफीका पारखी युवापुस्ता लक्षित कफी स्वाद दिने व्यवसाय लामो समय निरन्तर हुने देखिन्छ ।
बुटवल र तिलोत्तमा नगरको संगम क्षेत्र योगिकुटी साँझ–बिहान घुमफिरका लागि चर्चामा छ । फराकिलो बाटोसहित बाक्लो चहलपहल हुने योगिकुटी दिन दुईगुना रात चौगुनाका दरले व्यस्त हुँदै गइरहेको छ ।
उद्यमी बनेका बुटवलमा स्थापित शिक्षक तिरास व्यापारमा थप सम्भावना खोज्दै अगाडि बढेका छन् । ‘केही वर्ष अगाडिसम्म कफी खाने मानिस खासै थिएनन्,’ उनी भन्छन्, ‘ग्राहक पनि थोरै थिए । अहिले ग्राहकसँगै विश्वास पनि बढेको छ । युवा पुस्तामा कफी ‘क्रेज’ बढेको छ ।’ शिक्षणको मोहभंग भएपछि उनलाई अहिले कफीले खुशी दिलाएको छ ।
चिया खाने आम नेपाली संस्कृति बिस्तारै कफीतर्फ मोडिँदैछ । शहरका ठाउँठाउँमा ‘कफी शप’ खुल्नेक्रम तीव्र देखिन्छ । दूध चिया पिउने युवाले अर्मिकाने र क्यापुचिनो कफीको चुस्की लिन थालेका छन् । बजारमा कफी संस्कृति आक्रामक ढंगले विकास भइरहेको छ । कफी व्यवसायमा नयाँ–नयाँ युवा अनुहार पनि उत्तिकै आइरहेका छन् ।
‘द कफी हब’का सञ्चालक तिरास भन्छन्, ‘कफी हबमा पसेर कफी पिउँदै बिजनेश प्लान हुन थालेका छन् । छलफल र ‘फरदर प्लानिङ’ गर्न लामो समय कफी पिउने युथ जेनेरेसन बढिरहेको छ ।’
पाल्पामा जन्मिए, हुर्किए पनि उनले उच्च शिक्षा काठमाडौंबाट पूरा गरे । होटल व्यवस्थापनमा स्नातक उनी प्रयोगात्मक अभ्यास गर्न छिमेकी मुलुक चीन पुगे । त्यहाँ अभ्यास पूरा गरेर उनले त्यहीँ १ वर्ष काम गरेर होटलको अनुभव थपे । त्यसपछि फर्किएर काठमाडौंका विभिन्न ‘स्टार’ होटलमा काम गरेर उनले आफूलाई अझै निखारे । त्यहीँ अनुभव र सोचबाट बुटवलमा सानो ‘कफी हब’ जन्मिएको तिरास बताउँछन् ।
उनको योजनालाई जीवन संगीनी शर्मिलाले दह्रो साथ दिएकी छन् । कफी हबमा अमेरिकानो, क्यापुचिनो, रिस्ट्रेटो एस्प्रेसो, डबल रिस्ट्रेटो एस्प्रेसो, टोपियो, भेनिला क्याफेलाटे लगायत दर्जनौं प्रकारका कफीका स्वाद लिन पाइन्छ ।
बुटवल झरेर उनले शुरूमा होटल क्षेत्रमा हात हाले । बुटवलको सुख्खानगरमा एशियन भिलेज होटल सञ्चालनमा ल्याए । हतारमा सञ्चालनमा ल्याएर ६ महिनामा होटल बन्द गर्नुपर्ने नमिठो स्वाद उनले चाख्नुपर्ने भयो । त्यसपछि उनलाई बुटवलमा चक्रबहादुर श्रेष्ठले कलेज पढाउन सुझाव दिए । उनले बुटवलको एक कलेजमा होटल म्यानेजमेन्ट पढाउन शुरू गरे । अध्यापनकै सिलसिलामा अक्सफोर्ड कलेज पढाउने शर्मिलासँग उनको विवाह भयो । शर्मिला पनि कलेज नै पढाउँथिन् ।
‘विभिन्न आरोह–अवरोह सामना गर्दै अहिले कफी खुवाउन हामी आइपुगेका छौं । विश्वास छ, यो व्यवसायमा हामी लामो समयसम्म अघि जानेछौं । सोचेजस्तै अझै नभए पनि व्यवसायबाट सन्तुष्ट छु,’ तिरास भन्छन् । कफी पिउन र फोटो खिच्नका लागि कफीशपमा जाने संस्कृति बजारमा अहिले फेसन बनेको उनको भनाइ छ ।
‘आजकल ‘भेटौं कफी पिउँ’ प्रचलनमा रहेको छ,’ उनी भन्छन्, ‘कफीको यस्तै माग, आवश्यकता र महत्त्वलाई मध्यनजर गरी यसका पारखीलाई आनन्द दिलाउने कोसिसमा छु ।’
होटल तथा रेस्टुरेन्टमा रुचि राखेर अध्ययन, काम र अध्यापन गरेका तिरास आफैंलाई पनि कफी औंधी मन पर्छ । पछिल्लो समय कफी पिउने प्रचलन बढेको र त्यसलाई आफूले अझै विस्तार गर्ने बताए । ‘नेपालमा अहिले कफी पिउने चलन बसेको छ । यसैलाई मध्यनजर गर्दै थप विस्तार गरेर कफीलाई प्रवद्र्धन गर्ने लक्ष्य रहेको छ,’ उनले भने ।
कफी र हस्पिटालिटी उनको सोख हो । उनले छिट्टै पाल्पा, भैरहवा लगायतका शहरमा शाखा सञ्चालन गर्ने सोच बनाएका छन् ।
बिजनेशमा रिस्क हुने बताउँदै उनले हार नमान्ने बताए । उनी ‘कि जितिन्छ कि सिकिन्छ’ भन्ने भनाइलाई आत्मसाथ गर्दै अगाडि बढेका छन् । घुम्ने र खानपिन गर्ने चलन बढेको छ । आकर्षक सजावट र व्यवस्थापनसहित उनले शुरू गरेको कफीमा धेरै सेल्फी जोन छन् । कफी, बेकरी र कन्फेक्सनरीका लागि परिवार नै सहभागी हुन मिल्ने उनी बताउँछन् ।
करीब ३६ लाख रुपैयाँको लगानी रहेको शान्तिचोकस्थित तिरासको ‘द कफी हब’मा कफी, बेकरी र कन्फेक्सनरीका विभिन्न परिकारहरूलाई पनि ग्राहकले उत्तिकै रुचाएका छन् ।
आज बुधवार मदन भण्डारी र जीवराज आश्रितको ३०औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले बुधवार विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै छन् । एमालेले स्मृति दिवसक...
नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज...
सन् २०१० तिर डा. प्रमोद लामिछाने काठमाडौं विश्वविद्यालय अन्तर्गत ललितपुरको बी एन्ड बी (बास्कोटा एन्ड वैद्य) अस्पतालमा रेसिडेन्ट डाक्टरको रूपमा कार्यरत थिए । दुर्घटनाका बिरामी रातिको समयमा पनि आउने भएकाले अबेरस...
हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो । साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा विकास ग...
मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मंसिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ जेठ ...
विराटनगरदेखि पूर्व लाग्ने र झापाको बिर्तामोडदेखि पश्चिम लाग्नेहरू खाना खानकै लागि कार्की होटलमा आउने गर्छन् । होटल मोरङको बेलबारीमा छ । २०६४ सालमा चन्द्र कार्की र कुमारी कार्कीले मोरङकै बेलबारी बजारमा होटल ...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...