जेठ १८, २०८०
पहिलोपटक कच्चा सामग्री बोकेर कार्गाे रेल विराटनगर आए पनि निरन्तर सञ्चालन हुनेमा उद्योगी–व्यापारीहरू ढुक्क छैनन् । प्रधानमन्त्रीहरू भारत भ्रमणमा गएका बेला उद्घाटन गर्ने प्रचलन नै रहेकाले कार्गाे रेल पनि त्यस्तै ...
शेयर कारोबार मापक नेप्से परिसूचक ५१ दशमलव ३१ अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५१ दशमलब ३१ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६३ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक आठ दशमलब ८५ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलव ७४ मा पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएकाले आज बजारमा हरियाली छाएको हो ।
कूल ६० लाख ६७ हजार चार सय ३२ कित्ता शेयर रु दुई अर्ब २० करोड २३ हजार नौ सय ४५ मूल्यमा खरिद बिक्री भएको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड पाँच लाख १५ हजार चार सय ३९ मूल्य बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु आठ करोड ९९ लाख २७ हजार नौ सय ४५, एनआइसी एशिया बैंक रु सात करोड २३ लाख ६१ हजार दुई सय १३, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रु सात करोड १९ लाख ९७ हजार दुई सय ३३ र हिमालयन डिस्टिलरी रु छ करोड ७९ लाख छ हजार तीन सय ७५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त र सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
पहिलोपटक कच्चा सामग्री बोकेर कार्गाे रेल विराटनगर आए पनि निरन्तर सञ्चालन हुनेमा उद्योगी–व्यापारीहरू ढुक्क छैनन् । प्रधानमन्त्रीहरू भारत भ्रमणमा गएका बेला उद्घाटन गर्ने प्रचलन नै रहेकाले कार्गाे रेल पनि त्यस्तै ...
सिप्रदीयन सहायता संस्थाले कर्णाली स्पोर्टस क्लबका खेलाडी मञ्जु रावत र दलबहादुर कुँवरलाई सम्मान गरेको छ । तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन प्रतियोगिता २०२३ महिलातर्फ प्रथम र पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्न सफल भ...
नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ । अमेरिकी डलर १ को खरिद दर १३१ रु...
नेपालमा सर्भो लुब्रिकेन्टको उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना हुने भएको छ । गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल...
औचित्य सकिएका २० वटा संस्था खारेज गर्ने सरकारको निर्णयले एउटै संस्थाका १० हजार कर्मचारीको रोजगारी गुम्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यबाट सरकारको स्थायी संरचनासँग दोहोरो कार्यक्षेत्र परेक...
घोराही सिमेन्ट ७९ लाख ४३ हजार ८०१ कित्ता शेयर जारी गर्ने भएको छ । आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री खुला गरिएको शेयरमा उत्साहपूर्ण सहभागिताप्रति धन्यवाद ज्ञापन गर्दै कम्पनीले...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...