जेठ १६, २०८०
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर नगरपालिका ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका १३ बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिन ...
विराटनगरबाट २० तोला सुन र ३६ किलो चाँदीका गरगहना चोर्ने ३ जना पक्राउ परेका छन् ।
विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आरोपीहरू गरगहना चारेपछि विराटनगर–७ हाटखोलास्थित दिव्य रत्ना होटलमा बास बसेका थिए ।
पक्राउ परेकाहरू पेशेवर चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ । उनीहरूले जेठ ३ गते राति ९ः४५ बजे विराटनगर–३ पिपलचोकस्थित जय किशोर चौधरीको घरबाट २० तोला सुन, ३६ किलो चाँदी चोरी गरेको प्रहरीले जनाएको छ ।
चोरी गरेको १ हप्तापछि चाँदी बिक्री गर्न भारत लैजाने क्रममा प्रहरीले उनीहरूलाई विराटनगर–१२ कोशी प्रोजेक्टबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । प्रहरीले उनीहरूको साथबाट ३६ किलो चाँदी, ८ ग्राम सुन, २ हजार ५०० भारु, १ हजार ७३० नेपाली रुपैयाँ बरामद गरेको छ ।
चोरी गरेको २० तोला सुन भारतको जोगवनीमा बिक्री गरेको पक्राउ परेका प्रतिवादीहरूले बयानको क्रममा प्रहरीलाई बताएका छन् । उनीहरूले भारतको जोगवनीमा ७ लाखमा सुन बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी पोखरेलले बताए ।
बरामद गरेको चाँदी, सुन र पक्राउ परेका आरोपीहरूलाई प्रहरीले बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । गरगहना चोरेपछि उनीहरू होटलमा ३ दिन बसेका प्रहरीले जनाएको छ । उनीहरू पटक–पटक चोरीका घटनामा संलग्न भएको समेत प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरू चोरी कार्यमा यसअघि पनि सजाय भुक्तान गरी जेलबाट छुटेका थिए । विवेक २०७९ साउन २२ गतेदेखि ९ महिना कैद भुक्तान गरेपछि वैशाख २८ गते छुटेका थिए । श्रीकान्त दास डाँकाचोरी मुद्दामा २०७७ पुस २९ गतेदेखि २० महिनाको सजाय भुक्तान गरेर २०७९ असोज ३ गते छुटेका थिए ।
कैद भुक्तान गरेर कारागारबाट छुटेपछि उनीहरू पुरानै धन्दामा लागेको पाइएको छ ।
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर नगरपालिका ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका १३ बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिन ...
कपिलवस्तुको वाणगंगामा दुई जनाको हत्या भएको छ । वाणगंगा नगरपालिका–६, मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अञ्जली थारुको चक्कु प्रहारगरी हत्या भएको हो । कपिलवस्तुका प्रहरी प्...
७० वर्षीय बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको माई नगरपालिका २ चेप्टीका ३२ वर्षीय दीपक कुमाल रहेका छन् । उनलाई शुक्रवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । दी...
प्रहरीले झन्डै रु दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त तेलको अवैध कारोबारमा संलग्न आठ व्यक्तिहरुलाई पक्राउ गरी आज क...
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका थप तीनजना आरोपितको बयान मंगलवारबाट शुरू भएको छ । काठमाडौँ जिल्ला अदालतमा आरोपितहरू इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिन शुरू भएको हो । न्या...
७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा बर्दियाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मधुवन नगरपालिका ४ मधुवन गाउँ बस्ने ६० वर्षीय मंगाराम थारु रहेका छन् । उनलाई शनिवार दिउँसो पक्राउ गरिएको प्रहरीले...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...