जेठ १८, २०८०
दङ्गीशरण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिकाले तयार गरेको आधारभूत तह १ देखि ८ कक्षासम्मको स्थानीय विषयको पाठ्यक्रम ‘हाम्रो दङ्गीशरण’को मस्यौदाका बा...
गरीब, जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहज पार्न रसुवाका २ विद्यालयमा निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ ।
शैक्षिक सामग्री प्राप्त गर्नेमा दक्षिणी भेगस्थित ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिविजवेमा अध्ययनरत स–साना छात्रछात्रा रहेका छन् ।
ती दुवै विद्यालयका ११५ छात्रछात्रालाई कालिका गाउँपालिका–५ ले निःशुल्क शैक्षिक सामग्री वितरण गरेको हो ।
१ देखि ५ कक्षासम्मका छात्रछात्रालाई आफूले किताब, कमल, कापी, झोला लगायतका आवश्यक पर्ने सामग्री वडा कार्यालयको बजेटमार्फत आफूले व्यवस्थापन गरेको र आफ्नो कार्यावधिभर निरन्तरता दिने कालिका गाउँपालिका–५ का वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिए ।
आफ्नो वडामा सञ्चालित ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिवजिवेमा १ कक्षादेखि नै अंग्रेजी समेतको माध्यमद्वारा पठनपाठन शुरू गराइएको र सरकारी विद्यालयले पनि निजी बोर्डिङसरह पठनपाठन गराउँछ भन्ने जिवजिवे क्षेत्रका विद्यालयले प्रमाणित गर्नेमा आफू आशावादी भएको वडाध्यक्ष पौडेलले बताए ।
वडा कार्यालयले गरेको प्रयासबाट पठनपाठनको गुणस्तर बढ्न गई भावी दिनमा सबै विद्यार्थी सरकारी विद्यालयतर्फ नै केन्द्रित रहने विश्वास समेत उनले व्यक्त गरे ।
विद्यार्थीलाई आवश्यक पर्ने सबै प्रकारका पाठ्यसामग्री उपलब्ध गराई कलिला बालबालिकाको भविष्य उज्ज्वल पार्ने कार्यमा वडा कार्यालयले गरेको सहयोग जनहितकारी हुने स्थानीय अभिभावकले बताए । गुणस्तरीय शिक्षा आजको आवश्यक्ता भएकाले आफ्ना मातहतको वडा कार्यालयमार्फत वितरण गरिएको पाठ्यसामग्रीले शैक्षिक जागरण बढ्नेमा आफू आशावादी रहेको कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले जानकारी दिए ।
दङ्गीशरण गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउने काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिकाले तयार गरेको आधारभूत तह १ देखि ८ कक्षासम्मको स्थानीय विषयको पाठ्यक्रम ‘हाम्रो दङ्गीशरण’को मस्यौदाका बा...
केही दिनयता बढिरहेको प्रचण्ड गर्मीका कारण सिरहाको लहान नगरपालिकाले विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सबै विद्यालयमा १ हप्तासम्मका लागि बिदा दिने निर्णय गरे...
गण्डकी प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालित सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम’ सञ्चालन गर्न सहयोग गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक...
चितवनमा गर्मी बढेसँगै पालिकाहरूले विद्यालयमा बिदा दिन थालेका छन् । पछिल्लो हप्ता गर्मी ह्वात्तै बढेपछि जिल्लाका ४ पालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, ...
अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमवारदेखि ५ दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमवारदेखि १ र ५ नम्बर वडाका सबै विद्यालय ५ दिन बन्द गर्ने निर्णय गरेको हो । केही दिनदेखि अत्यधिक गर्म...
सप्तरीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ । पठनपाठन गर्न समस्या भएपछि सप्तरीका २ स्थानीय तहले ५ दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...