जेठ २४, २०८०
कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई १५३ मौरी सहितको घार वितरण गरेको छ । आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरी सहितको घार वितरण गरेक...
जेठ १२, २०८०
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नागढुङ्गा सुरूङमार्गमा एक वर्षभित्र गाडी चल्ने गरी कामलाई तीव्रता दिने बताएका छन् ।
सुरूङमार्ग निर्माणको प्रगतिबारे स्थलगत अनुगमनका क्रममा पत्रकारसँग कुरा गर्दै उनले सबै समस्या अप्ठ्यारो समाधान गर्न सरकार तयार रहेका बताए । साथै उनले कुनै बहानामा कामलाई नरोक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।
“नागढुङ्गा सडक पूर्वाधार र नागढुङ्गा सुरूङमार्गको निर्माणको प्रगति के छ भनेर अध्ययन गर्नका लागि आएका छौँ, समस्या अप्ठ्यारा के छन् भनेर पनि बुझ्ने, नेपाललाई सडक पूर्वाधारका क्षेत्रमा पनि टनेल युगमा प्रवेश गराएका छौँ” मन्त्री ज्वालाले भने ।
“एक वर्षभित्र गाडी चल्नसक्ने गरी कामलाई अझै तीव्र बनाउने काममा हामी लाग्नेछौँ ”उनले भने, “केही मुआब्जा वा आपूर्ति प्रक्रियामा समस्या होलान् आयोजना प्रमुखलगायतसँग छलफल गरेर जानकारी लिन्छौं, छलफल गर्छौं र छिटै समाधान गर्छौं ।”
उनले मुआब्जाको पनि छिटै समस्याको समाधान निकाल्ने र छिटोभन्दा छिटो आयोजना सम्पन्न गरेर सेवा दिन मन्त्रालय गम्भीर रहेको बताए ।
उक्त सुरूङमार्गको मुख्य टनेल जोडिन ६०० मिटर र रेस्क्यु टनेल जोडिन २०० मिटर मात्रै बाँकी रहेको छ ।
आउँदो दशैं आसपासमा भने टनेल जोडिने र त्यसपछि अन्य पूर्वाधारको काम थालिने नागढुङ्गा सडक आयोजनाले जनाएको छ । जाइकाको सहयोगमा सुरूङमार्ग निर्माण भइरहेको छ ।
कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई १५३ मौरी सहितको घार वितरण गरेको छ । आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरी सहितको घार वितरण गरेक...
हिउँपहिरोमा बेपत्ता भएका तीन जना यार्सा सङ्कलक ३२ दिनपछि मृतावस्थामा फेला परेका छन्। मुगुको पाटनमा यार्सागुम्बा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फि गाउँका १५ जनामध्ये ४० वर्षीय तारास...
काठमाडौंको ठमेलमा एक महिलाको हत्या भएको छ । काठमाडौं महानगरपालिका २६ ठमेल भगवतीवहाल डेरा गरी बस्ने चितवनको राप्ती नगरपालिका ७ की २६ वर्षीया जेनिशा तामाङको हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा...
ग्रामीण क्षेत्रका नागरिकले नदी पार गर्न आधा घण्टाभन्दा बढी हिँड्न नपर्ने हुने भएको छ । सरकारको हाल एक घण्टाको दूरीमा झोलु्ङ्गे पुल निर्माण गर्ने रणनीति रहेकामा त्यसलाई परिवर्तन गरेर आधा घण्टा बनाउन लागिएक...
सफ्टवयरको दुरुपयोग गरेर साढे २ करोड रुपैयाँ ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर ललितपुरले नेपाल मेडिसिटी अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने दोलखा भिमेश्वर नगर पालिका ४ का ३४ व...
भारतको ओडिशामा भएको रेल दुर्घटनामा २७५ जनाको ज्यान गएको छ । भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनामा एक हजारभन्दा धेरै घाइते छन् । अहिले साढे दुई सय घाइतेको उपचार भइरहेको छ । बाँकी घर फर्किएका छन् । ...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...