जेठ १८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्जैनमा आध्यात्मिक अनुभूति गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । शुक्रवार मध्य प्रदेशको उज्जैनमा महाकालेश्वर मन्दिरको भ्रमण गर्न लागेका प्रचण्डसँग मोदीले बिहीवार ...
जेठ १२, २०८०
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ ।
शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखसँग समय लिएर नेकपा एमालेका पदम गिरीले सत्तापक्षका सांसदले प्रतिपक्षी दलका नेतामाथि लगाएको आरोप सम्बन्धमा सरकारको जवाफ माग गर्दै संसद् बैठक चल्न नसक्ने बताएका हुन् ।
संसद्मा बोल्ने क्रममा माओवादी सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिको जलहरी राख्ने क्रममा सुन भनेर पित्तल राखेको बताएका थिए ।
सो विषयमा सरकारको जवाफ माग गर्दै एमालेले संसद् अवरुद्ध पारेको हो । गिरीले प्रतिपक्षमाथि सत्तापक्षबाट नियोजित ढंगले आक्रमण भएको आरोप लगाए ।
'जेठ १० गते सत्ता पक्षकै सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी ओली हुँदा पशुपतिको जलहरी सुन होइन, पित्तल लगाएर भ्रष्टाचार गरेको आरोप लगाउनुभएको छ । यो आरोप तथ्य, प्रमाणमा टेकेर आएको छ ? यसलाई निन्दा एवं भर्त्सना गर्न चाहन्छौं । सुन होइन पित्तल हो भने सरकारले जवाफ दिनुपर्छ । आमजनताले बुझ्न पाउनुपर्छ । यस्तो बोल्ने सांसदले माफी माग्नुपर्छ । यो विषयलाई संसद्को रेकर्डबाट हटाउनुपर्छ यसमा सरकारको जवाफ नआउँदासम्म यो बैठक एक इञ्च पनि अगाडि बढ्न दिन्नौं,' गिरीले भने ।
त्यसपछि ओलीलगायत एमाले सांसद उठेर विरोध जनाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्जैनमा आध्यात्मिक अनुभूति गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । शुक्रवार मध्य प्रदेशको उज्जैनमा महाकालेश्वर मन्दिरको भ्रमण गर्न लागेका प्रचण्डसँग मोदीले बिहीवार ...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले उपमेयर सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मा दिएका छन् । आफू काठमाडौंबाहिर जानुपर्ने भएको भन्दै उनले उपमेयर सुनितालाई कार्यबाहक प्रमुखको जिम्मवारी ...
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अखण्ड भारतको नक्साका विषयमा कुरा नउठाएको बताइएको छ । भारतको नयाँ संसद् भवनमा नेपालको लुम्बिनी र कप...
सभामुख देवराज घिमिरेले नयाँ संसद् भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीवार सिंहदरबारस्थित निर्माणधीन संसद् भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देश...
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा 'इन्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम' (आईएलएस) प्रयोगका लागि भारतले स्वीकृति दिएको छ । विमानस्थलमा आईएलएस जडान भए पनि भारतले अनुमति नदिँदा खराब मौसममा उडान तथा अ...
सत्तारूढ नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरण संविधानविपरीत भएको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उन...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...