असोज ८, २०८०
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृतक दुवै जना पुरुष हुन् । उनीहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ च १०...
सभामुख देवराज घिमिरेले नयाँ संसद् भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीवार सिंहदरबारस्थित निर्माणधीन संसद् भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।
अहिले ठेक्का प्राप्त समयको हिसाबले काम कम भएको उनले बताए । ‘समयको हिसाबले काम कम छ, तर अब यसले गति लिन्छ, सबै लाग्नुपर्छ र समयमै बन्नुपर्छ,' उनले भने ।
सबै भुक्तानी समयमै दिइरहेकाले निर्माण पक्षले सरकारको आवश्यक्तालाई बुझेर निर्माण कार्य सम्पन्न गर्नुपर्ने उनले बताए ।
उपसभामुख इन्दिरा रानाले सयमको दुरुपयोग गर्नु भ्रष्टाचार सरह भएकाले नयाँ संसद् भवन निर्माणको प्रक्रिया समयमा नै सम्पन्न हुनुपर्ने बताइन् । निर्माणधीन संसद् भवनको निरीक्षण गर्दै उनले ठेक्काको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिइन् ।
मुखले मिठो बोलेर भन्दा पनि व्यवहारमा काम गरेर देखाउनुपर्ने उनको भनाइ छ । सययमै निर्माण सम्पन्न नगर्नेहरूमाथि सरकारले एक्सन लिनुपर्ने उनले बताइन् ।
शहरी विकासमन्त्री सीता गुरुङले नयाँ संसद् भवन निर्माणको म्याद सरकारले थप्न नसक्ने बताइन् ।
यसअघि सरकारले दुई पटकसम्म म्याद थपिसकेको भन्दै अब ठेक्का समय थप्न नसक्ने उनले बताइन् ।
आउँदो हिउँदे अधिवेशन नयाँ संसदबाट नै शुरू गर्ने सरकारको योजना रहेको उनले बताइन् ।
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृतक दुवै जना पुरुष हुन् । उनीहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ च १०...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले आज बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस सम...
हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी ...
प्रमुख सत्ता साझेदार एवं संसद्को सबैभन्दा ठूलो दल हुँदाहुँदै पनि पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले काम गर्न नसकेको भन्दै प्रश्न उठेको छ । पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कमिटी बैठकमा प्रभावशाल...
उपभोक्ता अधिकारकर्मी देवकुमार महतोले स्थानीय सरकारको क्षेत्राधिकारमा आइसकेपछि मासु बजार व्यवस्थापनको काम प्रभावकारीरूपमा अगाडि बढ्ने अपेक्षा गरेका थिए । तर वर्षौंदेखि उपेक्षामा परेको मासु बजार स्थानीय सरकारले प...
शान्ति सुरक्षामा चुनौती बढ्दै गएपछि विराटनगरमा सुरक्षासम्बन्धी बैठक बस्दै छ । कोशी प्रदेशको सुरक्षासम्बन्धी छलफल तथा अन्तरक्रिया गर्न सोमबार विराटनगरमा प्रदेश स्तरीय सुरक्षा संयन्त्रको बैठक बस्न लागेको हो । ब...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...