असोज ७, २०८०
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सुनुवाइ सकिएको छ । साथै निर्णय सुनाउनका लागि मंसिर १८ गतेको मिति तोकिएको छ । वरिष्ठ अधिवक्त...
काठमाडाैं | जेठ २२, २०८०
संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का बैठक आज पनि बस्दै छन् । आइतवार नेकपा एमालेलगायत प्रतिपक्षी दलले गरेको अवरोधका कारण स्थगित भएका दुवै सदनका बैठक आज बस्न लागेका हुन् ।
आइतवार पुनः बैठक राख्ने प्रयास असफल भएपछि दुवै सदनका बैठक आजका लागि तोकिएका हुन् ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्ने तय भएकव संघीय संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने, अर्थमन्त्री डा. प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने र यस विषयमा सामान्य छलफल प्रारम्भ गर्ने कार्यक्रम छन् ।
यस्तै आजको राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्र राष्ट्रियसभा अध्यक्षले पढेर सुनाउने र अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र यसपछि सामान्य छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
तर विपक्षी दलहरूले आज पनि बैठक अवरुद्ध गर्ने सम्भावना छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण गरेको नागरिकता विधेयक तथा भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतद्वारा अतिक्रमित भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराको सट्टा बंगलादेश जाने बाटोसँग साट्न सकिने भनेर दिएको अभिव्यक्तिको विरोधमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालले विरोध गर्दै आएका छन् ।
विधेयक निष्क्रिय पारेर नयाँ संशोधन प्रस्ताव ल्याउनु पर्ने र भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने उनीहरूको माग छ ।
नागरिकता विधेयक भने अहिले कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश पनि जारी गरेको छ ।
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सुनुवाइ सकिएको छ । साथै निर्णय सुनाउनका लागि मंसिर १८ गतेको मिति तोकिएको छ । वरिष्ठ अधिवक्त...
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको छ । राजधानी बेइजिङमा दुई नेताबीच सोमबार बिहान भे...
चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच आज (सोमबार) बेइजिङमा द्विपक्षीय वार्ता हुँदै छ । वार्तामा नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयनसम्बन्धी सम्झौत...
प्रमुख सत्ता साझेदार एवं संसद्को सबैभन्दा ठूलो दल हुँदाहुँदै पनि पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले काम गर्न नसकेको भन्दै प्रश्न उठेको छ । पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कमिटी बैठकमा प्रभावशाल...
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले कोशी ग्यास उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । ग्यास नभएको सिलिन्डरलाई सिल गरेर बिक्री वितरणका लागि बजारमा पठाएको पाइएपछि जरिवाना गरिएको ...
हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...