×

Dabur
MG

नागरिकता विधेयक पुनः संसदमा ल्याउनुपर्छ : ओली

काठमाडाैं | जेठ २२, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक फेरि संसदमा ल्याउनुपर्ने बताएका छन् ।

yONNEX
Sagarmatha Cement

प्रतिनिधिसभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै उनले अघिल्लो संसदले पारित गरेको विधेयक मन्त्रिपरिषद्को अनुरोधमा अहिले राष्ट्रपतिले प्रमाणीकरण गर्नु विधिसम्मत नभएको र त्यसलाई पुनः संसदमा ल्याउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न भारत भ्रमण सफल हुन नसकेको टिप्पणी पनि गरे । ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा फितलो प्रदर्शन भएको आरोप पनि लगाए ।


Advertisment
Kumari
Saurya island
Pardeshi

भारतसँगको द्विपक्षीय वार्तामा बस्दा नेपालको परराष्ट्र मन्त्रालयको प्रतिनिधित्व नदेखिएको तथा महत्त्वपूर्ण वार्ताका समयमा समेत मन्त्री, सचिव, शिष्टाचार महापाल पनि बैठकस्थलमा नदेखिने गरेकाले भारतको औपचारिक भ्रमण फितलो हुन पुगेको उनको आरोप थियो ।   
पूर्वप्रधानमन्त्री नेता ओलीले असंलग्न परराष्ट्र नीतिलाई नेपालले बिर्सन नहुने सुझाव पनि दिए । 

Vianet communication
Laxmi Bank

बंगलादेश र भारतले जमिन लेनदेन गरेर सीमा समस्या समाधान नभएको दृष्टान्त पेश गर्दै नेता ओलीले जमिन दिएर बङ्गलादेश मोडेलमा सीमा समस्या हल गर्न खोजिएको भन्ने चर्चा बजारमा सुनिएकाले यस्तो कुरा सोच्न पनि नसकिने बताए ।

यस्तै उच्चस्तरीय भ्रमणका समयमा आफ्ना छिमेकीसँग आफ्नो जमिन मिचिएकोदेखि लिएर आफूलाई परेका सबै अप्ठ्यारोहरुलाई राख्नुपर्ने उनको सुझाव थियो । नेता ओलीले नेपाली भूमि लिपुलेक, लिम्पियाधुराको सीमाको नक्सा दुवै सदनबाट सर्वसम्मतले पारित भएको र ब्रिटिश संसदमा रहेको प्रमाणले पनि यसको पुष्टि गर्ने बताए ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ७, २०८०

​वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले कोशी ग्यास उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । ग्यास नभएको सिलिन्डरलाई सिल गरेर बिक्री वितरणका लागि बजारमा पठाएको पाइएपछि जरिवाना गरिएको ...

असोज ८, २०८०

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता  भएको छ ।  राजधानी बेइजिङमा दुई नेताबीच सोमबार बिहान भे...

असोज ८, २०८०

शान्ति सुरक्षामा चुनौती बढ्दै गएपछि विराटनगरमा सुरक्षासम्बन्धी बैठक बस्दै छ । कोशी प्रदेशको सुरक्षासम्बन्धी छलफल तथा अन्तरक्रिया गर्न सोमबार विराटनगरमा प्रदेश स्तरीय सुरक्षा संयन्त्रको बैठक बस्न लागेको हो ।  ब...

असोज ८, २०८०

लोकान्तर राउण्ड अपमा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेइजिङ पुगेर पनि उच्चस्तरी...

असोज ८, २०८०

उपभोक्ता अधिकारकर्मी देवकुमार महतोले स्थानीय सरकारको क्षेत्राधिकारमा आइसकेपछि मासु बजार व्यवस्थापनको काम प्रभावकारीरूपमा अगाडि बढ्ने अपेक्षा गरेका थिए । तर वर्षौंदेखि उपेक्षामा परेको मासु बजार स्थानीय सरकारले प...

असोज ८, २०८०

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृतक दुवै जना पुरुष हुन् । उनीहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।  रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ च १०...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x