असोज ७, २०८०
सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आज भएको सर्वपक्षीय बैठकमा सबै धर्म, संस्कृतिको सम्मान गर्दै आपसी सद्भाव कायम राख्ने सहमति भएको हो । रा...
काठमाडाैं | जेठ २४, २०८०
ग्रामीण क्षेत्रका नागरिकले नदी पार गर्न आधा घण्टाभन्दा बढी हिँड्न नपर्ने हुने भएको छ ।
सरकारको हाल एक घण्टाको दूरीमा झोलु्ङ्गे पुल निर्माण गर्ने रणनीति रहेकामा त्यसलाई परिवर्तन गरेर आधा घण्टा बनाउन लागिएको हो ।
दुर्गम क्षेत्रका नागरिकलाई आवागमनमा समस्या हुने भएपछि गोरेटो बाटोबाट एक घण्टा हिँडेर जानुपर्ने अवस्थाको अन्त्य नहोस् भनेर आधा घण्टाको दूरीमा झोलु्ङ्गे पुल निर्माण गर्ने रणनीति बनाउन लागिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ ।
कम्तीमा एक किमीको दूरी कायम गर्दा हालको लक्ष्य हासिल भए पनि आधा घण्टा कायम हुँदा देशभरमा माग बढ्ने विभागका उपमहानिर्देशक अशोककुमार साहले बताए ।
स्थानीय तहबाट माग भएअनुसार सरकार आफैँले वा स्थानीय तहमार्फत पुल निर्माण गरिने उनले बताए । “पुल बनाउँदा समन्वय हुनुपर्छ । नयाँ रणनीति अनुसार झोलुङ्गे पुल सम्पन्न गर्नलाई अबको १०/१५ वर्ष लाग्नसक्छ”, उपमहानिर्देशक साहले भने ।
उनका अनुसार पहिले एउटा पुल वा झोलुङ्गे पुलबाट अर्कोमा जानका लागि कम्तीमा एक घण्टाको दूरी राखिएको थियो । अब बन्न लागेको रणनीति पास भएर कार्यान्वयनमा जाँदा पुलको सङ्ख्या बढ्ने उपमहानिर्देशक साहले बताए । उनले भने, “अहिले एउटा खोलामा १० पुल छन् भने नयाँ रणनीति अनुसार १४ हुनसक्छ ।
अहिलेसम्म यातायातको प्रयोजनका लागि मात्रै पुल बनाइने गरेकामा अब पर्यटन वा अरु प्रयोजनका लागि बनाइने छ ।” विगतमा ठाउँठाउँमा रहेका तुईन हटाइएको उपमहानिर्देशक साहले बताए ।
सरकारले अहिले दुर्गम पहाडी जिल्लालाई प्राथमिकता दिएर पुल निर्माण गरिरहेको उनले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारले सशर्त अनुदानमा पैसा दिएपछि गाउँपालिकाले झोलुङ्गे पुल बनाउने गरेको छ । लम्बाइका आधारमा छोटा पुल स्थानीय तहले, मध्यम लम्बाइका पुल प्रदेश सरकारले निर्माण गरिरहेका छन् ।
सङ्घीय सरकारले लम्बाइका आधारमा लामा र नयाँ प्रविधिका झोलुङ्गे पुल निर्माण गर्दै आएको छ । उपमहानिर्देशक साहका अनुसार सबै झोलुङ्गे पुलका लागि आवश्यक लठ्ठा भने विभागले नै उपलब्ध गराउँदै आएको छ ।
सरकारले चालु आर्थिक वर्षमा झण्डै छ सय पुल सम्पन्न गर्ने भएको छ भने आगामी वर्ष छ सय पुल निर्माण लागि बजेट विनियोजन गरेको छ । हालसम्म देशभरमा १० हजार पुल निर्माण भएको विभागले जनाएको छ ।
सबै धर्म र समुदायबीच आपसी सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आज भएको सर्वपक्षीय बैठकमा सबै धर्म, संस्कृतिको सम्मान गर्दै आपसी सद्भाव कायम राख्ने सहमति भएको हो । रा...
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको सचिवालयले जिल्ला अदालतका न्यायधीश प्रेमप्रसाद न्यौपानेको सरुवामा कानूनमन्त्रीको कुनै हात नरहेको बताएको छ । मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रका...
राष्ट्रपति रामचन्द्र पौडेलको भोलि सोमबार जनकपुरधाम भ्रमणको तयारी पूरा भएको छ । राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमणका क्रममा जानकी मन्दिरमा विशेष पूजाअर्चना र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घ...
सरकारले चाडपर्वलाई लक्षित गरेर असोजको तेस्रो सातादेखि सुपथ पसल सञ्चालन गर्ने भएको छ । दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई राहत दिन स...
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले यहाँको सम्पन्नतालाई भाषणमा विलय गरिएको बताएका छन् । नेपाल सरकार, जलस्रोत तथा ऊर्जा आयोगको सचिवालय काठमाडौँद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजि...
राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) जनकपुरधाम जाने भएका छन् । राष्ट्रपतिको स्वागतका लागि आ–आफ्नो विद्यालयबाट कम्तीमा ५० जना विद्यार्थी लिएर आउन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) राष्ट्रिय निजी ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...