×

Dabur
MG

सन्दर्भ : बालेनको अराजक अभिव्यक्ति

सिंहदरबारमा आगो झोस्ने धम्की– मर्यादित पदमा बसेर अराजकता निम्त्याउने हर्कत

काठमाडाैं | भदौ १७, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शनिबार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । 

yONNEX
Sagarmatha Cement

सरकारी मर्यादाक्रममा मुख्यसचिव र प्रधान सेनापतिभन्दा पनि माथि रहने बालेनले लेखेका थिए, ‘आजका लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

सार्वजनिक बिदाको दिन शनिवार राति बालेनकी सुत्केरी श्रीमती सविना काफ्ले चढेको महानगरपालिकाको गाडीलाई ट्राफिक प्रहरीले चेकजाँचका क्रममा कोटेश्वरमा रोकेको थियो । 


Advertisment
Kumari
Berger
Pardeshi

बिदाको दिन सार्वजनिक नम्बर प्लेटको गाडी चलेको विषयमा रोकेर दुई-तीन मिनेट सामान्य सोधपुछ गरेर छाडिएको प्रहरीको दाबी छ । तर, लगत्तै बालेनले देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा आगो लगाउने धम्की दिएका थिए । 

Vianet communication
Laxmi Bank

बालेनले धम्की दिएको विषय उनले काम गर्ने संस्था महानगरपालिकासँग जोडिएको थिएन ।

बालेनकी श्रीमती चढेको गाडीलाई रोकेर ट्राफिक प्रहरीले सामान्य सोधपुछ गरेको विषय मात्र थियो । केही दिनअगाडि मेडिसिटीमा बालेनकी श्रीमतीले छोरीलाई जन्म दिएकी थिइन् ।

जुम्ल्याहामध्ये अपरेसनपछि एक छोरीलाई मात्रै अस्पतालले बचाउन सकेको थियो । सात महिनामा गरिएको अपरेसनपछि अर्की छोरीलाई अस्पतालमा राखिएको बालेनको सचिवालयले जनाएको छ ।

घरमा निजी गाडी भए पनि बालेनकी श्रीमती सरकारी गाडीमै अस्पतालमा छोरी भेट्न गएकी थिइन् । तर, व्यक्तिगत समस्यालाई आम मान्दै बालेनले उल्टै कानूनविपरीत सिंहदरबारमा आगो झोस्ने चेतावनी दिएका हुन् ।  

***

२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका प्रमुखमा बालेन भारी मतले निर्वाचित भएका थिए ।

पुराना दलहरूको वर्चस्वविरुद्ध र्‍यापर एवं स्ट्रक्चरल इन्जिनीयर पृष्ठभूमिका ३३ वर्षीय बालेनको उदय सनसनीपूर्ण थियो । घर–घरसम्म संगठनको जालो भएका कांग्रेस र एमालेको प्रभावविरुद्ध लौरो चुनाव चिह्न लिएर बालेनले तहल्का मच्चाएका थिए । 

निर्वाचित भएयता नागरिकसँग जोडिएका विषयमा सुधारका काम गर्ने केही प्रयास नगरेका होइनन्, तर नेता, प्रशासन र मन्त्रीहरूविरुद्ध धेरैपटक अर्यादित एवं अशिष्ट शैलीमा प्रस्तुत हुँदै आएका बालेनले आफ्ना केही राम्रा प्रयासलाई पनि आफैं छायाँमा पारेका छन् । 

शनिवार मात्रै होइन, यसअघि पनि बालेनले पटक-पटक यस्तै आपत्तिजनक अभिव्यक्ति दिँदै आएका छन् । गत चैत २५ गते बालेनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ 

‘कानूनलाई चुनौती दिँदै यसरी अमर्यादित भएर बोल्दा विदेशतिर भए गम्भीर मुद्दा बन्थ्यो । बालेन साह को हो सिंहदरबारमा आगो लगाउँछु भन्ने ?’ प्रा.डा. बराल भन्छन्, ‘आगो लगाउँछु भन्नेलाई तुरुन्तै पक्राउ गर्नुपर्ने हो । तर न सरकार बोल्छ, न केही गर्छ । अदालतमा मुद्दा हालेर बयान लिन पनि तयार हुनुपर्छ ।’

सधैंको समस्याका रूपमा रहेको काठमाडौंको फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधान गर्न सरकारसँग मिलेर काम गर्नुपर्ने बेला उनले उल्टै आक्रोश पोखेका थिए । कतिसम्म भने प्रधानमन्त्रीले बोलाउँदा समेत बालेनले बेवास्ता गरेका थिए ।

पटक-पटक सरकार आफैंले ताकेता गरेपछि बालेन बल्ल प्रधानमन्त्री र गृहमन्त्रीसँग संवादमा बसेका थिए । यति मात्रै होइन, गत वैशाख २० गते पनि उनले नेताहरूविरुद्ध उस्तै भडास पोखे । 

‘नयाँ–पुरानो सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए ।

अरू महानगरपालिकाका प्रमुख मर्यादाक्रममा तल छन्, तर बालेनको मर्यादा राज्यका अरू कैयन प्रमुख पदभन्दा धेरै माथि छ । पदीय मर्यादा र गरिमा हुने भएकैले काठमाडौंको मेयरलाई यसरी मर्यादामा माथि राखिएको छ । 

तर, देशको राजधानी शहर भएको महानगरपालिकका मेयर भने आफूलाई देशको संविधान, नियम, कानूनभन्दा माथि राख्ने खालका गतिविधि गर्न उद्दत छन् ।

केही समयअघि भारतीय चलचित्र आदिपुरुष प्रशारणका बेला पनि उनी विवादमा मुछिए । बालेनले काठमाडौंमा कुनै पनि हिन्दी चलचित्र चल्न नदिने निर्णय गरेका थिए । यतिसम्म ठिकै थियो । तर, उनको निर्णयविरुद्ध उच्च अदालत पाटनले आदेश दियो ।

हिन्दी चलचित्र प्रशारणमा रोक नलाउन भनेर आएको अन्तरिम आदेशपछि बालेनले अदालतलाई पनि नमान्ने चेतावनी दिएका थिए । 

‘जहाँ सबाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानून र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनिसकेपछि उनीहरूको नियत थाहा हुन्छ,’ बालेनले लेखेका थिए, ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो र अदालत तथा सरकार भारतको गुलाम भएको बुझिन्छ । यसका लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइने छैन ।’

उनको यो धम्कीले खासै काम गरेन, फिल्म चल्न दिन बाध्य भए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी उच्च पदमा बस्ने मेयरले दिएको अभिव्यक्ति अमर्यादित र आपत्तिजनक रहेको बताउँछन् ।

‘सरकारी गाडी बिदाको दिन प्रयोग भएपछि ट्राफिक प्रहरीले सोधपुछ गर्नु स्वाभाविक विषय हो । प्रहरीले सोध्दैमा सिंहदरबारमा आगो लगाइदिन्छु भन्नु गम्भीर, अशोभनीय, आपत्तिजनक र कानूनविपरीत हो,’ त्रिपाठीले लोकान्तरसँग भने, ‘उहाँले मेयर पदको गरिमा राख्नुभएन । एक-दुई कुरामा वाहवाही भएपछि मैले जे गरे पनि हुन्छ भन्ने भ्रम उहाँलाई भइरहेको छ । सिंहदरबारमा आगो लाउँछु भन्नु गम्भीर आपराधिक कृत्य हो ।’ 

सार्वजनिक सम्पत्तिमा आगो लगाउँछु भनेर चेतावनी दिने र सरकारलाई चोर भनी लाञ्छना लगाउने व्यक्तिसँग स्पष्टीकरण सोध्न सकिने उनले बताए ।

‘यो कानूनी र राजनीतिक नभएर होइन विवेकशून्य अभिव्यक्ति हो । आगो लगाइदिन्छु भनेर धम्की दिनु भनेको फौजदारी अभियोग लाग्ने काम गर्छु भनेर धम्की दिएजस्तो हो,’ त्रिपाठीले लोकान्तरसँग भने, ‘चोर सरकार भन्नु त लोकतान्त्रिक समाजमा पदको मर्यादाभित्रको अभिव्यक्ति हुँदै होइन । उहाँको अभिव्यक्ति के हो भनेर सरकारले स्पष्टीकरण लिन सक्छ ।’

शुरूआतमा नागरिकका निम्ति केही गर्न खोजेको जस्तो देखिए पनि बालेन पतनको बाटोमा हिँडेको त्रिपाठी बताउँछन् । 

‘काम गर्ने परम्परागत प्रणाली र विकृतिविरुद्ध उहाँले मुद्दा ल्याएर स्थापित हुन खोज्दा जनताले अनुमोदित गरे । केही राम्रा काम गर्न खोज्नु पनि भयो । तर, स्वाभाविक विषयमा बोल्न हुँदैन भन्ने सामान्य बौद्धिक क्षमता पनि पुगेन । लाग्छ, उहाँसँग सामान्य ज्ञान पनि छैन,’ त्रिपाठीले भने ।

समाजशास्त्रका प्राध्यापक राम गुरुङ मेयर बालेनले व्यक्तिगत समस्यालाई संस्थागत भनेर  दिएको अभिव्यक्ति अनुचित भएको बताउँछन् । 

‘बालेनजीलाई व्यक्तिगत समस्या परेको भए त्यही आधारमा अभिव्यक्ति दिनुपर्थ्यो । व्यक्तिगत रूपमा भोग्नुपरेको विषयलाई संस्थागत जसरी उहाँले महानगरपालिकाको गाडी रोक्ने भनेर प्रचार गर्नुभयो । सबैको समस्या परेको विषयलाई स्वस्थ हिसाबले उठाउन पाइन्छ,’ गुरुङ भन्छन्, ‘राष्ट्र, जनता हित, संविधानको परिकल्पाना र व्याख्याभित्र रहेर बोल्नुपर्थ्यो । तर बालेनले देशकै मानमर्दन गरेर बोल्नुभयो । यो लोकतान्त्रिक पद्धतिले सही हो भन्ने सकिन्न ।’ 

मेयर बालेनसँग यस्तो अभिव्यक्तिको विषयमा प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् । फेसबूक स्टाटसमै पुगेर समर्थन गर्नेबाहेकले उनको टिप्पणीको आलोचना नै गरेका छन् । तर, बालेन यसलाई बेवास्ता गर्दै नेपाल र भारतबीचको खेल हेर्न भनेर श्रीलंकातर्फ लागेका छन् ।

अरूलाई प्रश्न उठाएर उदय, अहिले आफैंमाथि प्रश्न

मूलधारको दलीय सिन्डिकेटविरुद्ध बालेनजस्तै केही व्यक्ति स्थानीय तहको निर्वाचनबाट उदाए । तर, पुरानालाई गाली गर्नुबाहेक आफूहरू रचनात्मक छौं भन्ने खालको काम उनीहरूले गर्न सकेका छैनन् । बरु उल्टै अमर्यादित र असहिष्णु अभिव्यक्ति तथा व्यवहारले आलोचनाको केन्द्रमा छन् । हामी पुरानोभन्दा कसरी फरक छौं भन्ने सन्देश नयाँले व्यवहार, आचरण, बोली र कार्यसम्पादनमा देखाउन सकेका छैनन् । 

राजनीतिक विश्लेषक डा. लोकराज बराल नयाँ शक्तिका रूपमा उदाउन खोजेकाहरू झन् अल्लारे देखिएको बताए । 

‘म केही न केही नयाँ गर्छु भनेर बालेन आएका थिए । बालेनको पारा पनि अल्लारे भयो । एकथरीले के–के गरे भनेर उनलाई देवता मानिरहेका छन्, तर उनको अभिव्यक्ति ठीक भएन,’ बरालले भने, ‘नियम प्रधानमन्त्री, मन्त्री सबैलाई लाग्छ, बालेनलाई नलाग्ने भन्ने हुँदैन । उनले सिंहदरबारमा आगो लगाउँछु भन्नु शोभनीय भएन ।’ 

विदेशतिर भए यस्तो अभिव्यक्ति दिँदा तुरुन्तै पक्राउ पर्ने स्थिति रहेको उनी बताउँछन् । 

‘स्वतन्त्रले निर्वाचनमा सहभागी हुन पाए । जित्न पाए । तर, जवाफदेही बनाउने निकाय चाहिन्छ भन्ने पुष्टि भयो,’ गुरुङले भने, ‘बालेनको ठाउँमा दलका प्रतिनिधि थिए भने दलको विधि, विधान, मान्यता सिद्धान्तमा बसेर देश र जनताको पक्षमा काम गर्ने ठाउँ हुन्थ्यो । लोकतन्त्रमा किन दल जरुरी छ भन्ने बालेनको निरन्तरको अभिव्यक्तिबाट पुष्टि हुन्छ ।’

‘कानूनलाई चुनौती दिएर यसरी अमर्यादित भएर बोल्दा विदेशतिर भए गम्भीर मुद्दा बन्थ्यो । बालेन साह को हो सिंहदरबारमा आगो लगाउँछु भन्ने ?’ बराल भन्छन्, ‘आगो लगाउँछु भन्नेलाई तुरुन्तै पक्राउ गर्नुपर्ने हो । तर न सरकार बोल्छ, न केही गर्छ । अदालतमा मुद्दा हालेर बयान लिन पनि तयार हुनुपर्छ ।’

लोकतन्त्रमा किन दल चाहिन्छ भन्ने कुरालाई बालेन आफैंले पुष्टि गरिदिएको प्राध्यापक राम गुरुङ बताउँछन् । 

‘स्वतन्त्रले निर्वाचनमा सहभागी हुन पाए । जित्न पाए । तर, जवाफदेही बनाउने निकाय चाहिन्छ भन्ने पुष्टि भयो,’ गुरुङले भने, ‘बालेनको ठाउँमा दलका प्रतिनिधि थिए भने दलको विधि, विधान, मान्यता सिद्धान्तमा बसेर देश र जनताको पक्षमा काम गर्ने ठाउँ हुन्थ्यो । लोकतन्त्रमा किन दल जरुरी छ भन्ने बालेनको निरन्तरको अभिव्यक्तिबाट पुष्टि हुन्छ ।’

बालेनले सामाजिक सञ्जालमा यस्ता आपत्तिजनक विषय लेख्दा पनि मन पराउने र सही हो भन्ने हजारौं देखिएका छन् । तर, गुरुङ यस्तो प्रतिक्रियालाई उत्तेजक मात्रै मान्छन् । 

‘अराजक र अमर्यादित विषयमा आएका प्रतिक्रिया क्षणिक र उत्तेजनात्मक हुन् । यसले राजनीतिक वातावरणलाई थिच्ने र प्रभाव पार्ने भन्ने हुँदैन,’ उनले भने, ‘एउटा कुरा के हो भने किन यसरी आक्रोश उठेको छ भनेर दलहरूले ख्याल पनि गर्नुपर्छ । बालेनहरूलाई जिताएर जनताले असन्तुष्टि जनाएका हुन् । तर, दलको विकल्प खोजिसकेका छैनन् ।’

एउटा व्यक्तिको सनकमा आउने टिप्पणी र यसमा देखिएका प्रतिक्रियालाई लोकतन्त्र र दलसँग जोडेर हेर्ने नहुने उनको तर्क छ ।

प्रहरीले दुःख दियो– बालेनको सचिवालय

महानगर प्रमुख बालेन साहका स्वकीय सचिव भूपदेव शाहले आइतवार विज्ञप्ति जारी गर्दै प्रहरीले अनावश्यक दुःख दिएको उल्लेख गरेका छन् ।

‘प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत ख्याल नराखी करीब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे,’ विज्ञप्तिमा भनिएको छ ।

विशेष परिस्थितिका कारण सार्वजनिक बिदाको दिन सरकारी गाडी प्रयोग गर्नुपरेको विज्ञप्तिमा जनाइएको छ ।

हेर्नुहोस्, विज्ञप्ति :

nullnull

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ४, २०८०

विद्यालय बन्द गरी देशभरबाट काठमाडौं आएका सामुदायिक विद्यालयका शिक्षकहरूले बिहीवार दोस्रो दिन पनि आन्दोलन जारी राखे । संघीय सरकारले संसद्मा पेश गरेको ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण ...

असोज २, २०८०

माधव नेपालले अपानी (अन्तर पार्टी निर्देशन) जारी गरेर केही नेतालाई कार्य विभाजनसहितका निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनालले सार्वजनिक रूपमा आपत्ति जनाएका छन् ।  ‘पार्टीका नाममा जारी भएको अपान...

असोज ८, २०८०

संघीय संसद्को राज्य व्यवस्था समितिमा दुई सुरक्षा निकायका प्रमुखले ‘सुरक्षा थ्रेट’को विषय उठाएपछि अहिले एक प्रकारको तरंग पैदा भएको छ । नेपालको सुरक्षा अवस्था र सामाजिक, धार्मिक विषय कति संवेदनशील...

असोज १४, २०८०

असोज ३ गते संविधान दिवसका दिन पुराना दलहरू राजधानी काठमाडौं र शहरका कार्यक्रममा व्यस्त हुँदै गर्दा गत निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भने रोल्पाको थवाङ पुगेका थिए । ...

असोज १२, २०८०

आफूलाई कम्युनिस्ट भौतिकवादी भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही वर्ष अघिसम्म मन्दिर जाँदैनथे, दशैं मनाउँदैनथे । सुनसरीको बराह क्षेत्रमा लुकेर भैँसी पूजा गरेबाहेक उनी...

असोज १, २०८०

पार्टीको संस्थापन पक्षले पुष्पकमल दाहाल प्रचण्ड ‘नेतृत्व’कै सरकारको निरन्तरता चाहिरहेका बेला प्रभावशाली नेता डा. शेखर कोइरालाले पछिल्लो केही सातायता निरन्तर कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने विषय ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x