पुस १२, २०७९
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिनापछि मुलुकले नयाँ सरकार पाएको छ । प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस सत्ताबाहिर रहँदा तेस्रो दलको नेतृत्वमा संयुक्त सरकार बनेको छ । नेकपा (माओ...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ ।
मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्धी रिटमा सर्वोच्चले लामो व्याख्यासहित बिहीवार परमादेश जारी गरेको थियो ।
न्यायाधीशत्रय सपना प्रधान मल्ल, नहकुल सुवेदी र कुमार चुडालको पूर्ण इजलासले थापाले लिएको विश्वासको मतलाई अवैध ठहर गर्दै सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दियो ।
केन्द्रमा रहेको सत्ता गठबन्धन टिकाउन कोशी प्रदेशमा संविधानको भावना तथा प्रचलित संसदीय मूल्य मान्यतालाई कुल्चेर विश्वासको मत लिने नाटक गरिएको थियो । पहिलोपटक सभामुखलाई राजीनामा गराएर विश्वासको मत लिने प्रयास गरियो । तर, राजनीति रूपमा त्यो प्रयोग सफल भएन ।
दोस्रोपटक झनै नमिल्ने ढंगले विश्वासको मत लिने काम भयो । प्रदेश सभा बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य (जसलाई सभामुखकै हैसियत मानिन्छ)ले नै निर्णायक मत हाल्ने काम गरेका थिए । कोशी प्रदेशमा भइरहेको संविधानविपरीत काममा निवर्तमान सभामुख बाबुराम गौतमदेखि बिरामी भएको ‘नाटक गरेकी’ उपसभामुखसम्म दोषी छन् ।
एउटा मन्त्री खानका लागि गौतमले प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरे । सभामुख बनेसँगै दलीय आबद्धता नरहने सिद्धान्तविपरीत माओवादी केन्द्रले उनलाई सभामुखबाट राजीनामा गर्न बाध्य तुल्यायो । कोशीमा संविधानको बर्खिलाप जान एकप्रकारको प्रतिस्पर्धा नै चल्यो ।
एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेपनि कोशी प्रदेश सरकारको भविष्य अझै अनिश्चित छ ।
सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएपनि कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । यसअघि विश्वासको मत लिन नसक्दा उनी पदमुक्त भएका थिए । अहिले पनि उनले विश्वासको मत पाउने आधार कमजोर छ ।
विश्वासको मत लिन सकेमा एमालेले सरकार चलाउने छ । नसकेमा संविधानको अर्को उपधारा अनुसारको सरकार बन्ला । त्यो सरकारले पनि विश्वासको मत लिन नसके प्रदेशमा उपचुनाव होला, अगाडिका तमाम विकल्प खुला छन् । तर, संविधानमाथिको बलमिच्याइँ स्वीकार्य थिएन ।
कोशी प्रदेश सरकारका सम्बन्धमा परमादेश जारी गरेर सर्वोच्चले संविधान च्यात्ने सत्ता गठबन्धनको दुर्नियतमा ब्रेक लगाइदिएको छ । भविष्यमा अन्य प्रदेशमा गलत संवैधानिक अभ्यास हुन नदिनका लागि पनि सर्वोच्चको आदेश एउटा गतिलो नजीर भएको छ ।
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिनापछि मुलुकले नयाँ सरकार पाएको छ । प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस सत्ताबाहिर रहँदा तेस्रो दलको नेतृत्वमा संयुक्त सरकार बनेको छ । नेकपा (माओ...
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्मा ठूला भनिएका दलका शीर्ष न...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनको नतिजालाई लिएर नेपाली समाजमा विभिन्न कोणबाट चर्चा र बहस भइरहेको छ । उपनिर्वाचनमा निर्वाचित भएका तीन सिटले सत्ता गठबन्धनमा उलटफेर त हुँदैन, तर यो निर्वाचनले गहि...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
सिंहदरबारलाई ओझेल पारेर प्रधानमन्त्रीको सरकारी निवासबाट सरकार सञ्चालन हुँदै आएकोमा नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यो प्रथा तोड्ने संकेत गरेका छन् । ‘केही नयाँ गर्ने&rsq...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...