×

Dabur
MG

'पाँचौं बाह्रखरी कथा प्रतियोगिता'का लागि कथा आह्वान [भिडियोसहित]

काठमाडाैं | भदौ ३१, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

बाह्रखरी मिडिया प्रालिले 'पाँचौं बाह्रखरी कथा प्रतियोगिता'मा सहभागिताका लागि कथाकारहरूलाई आह्वान गरेको छ ।

yONNEX
Sagarmatha Cement

आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रालिले आगामी असोज मसान्त (३० गते)भित्र इमेलमार्फत कथा पठाउन आह्वान गरेको हो ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

सहभागिताका लागि कम्तीमा १५ सय र बढीमा ४ हजार शब्दसम्मका कथा पठाउन सकिने आयोजकले जनाएको छ ।


Advertisment
Kumari
Berger
Pardeshi

आगामी पुस ६ गते विशेष समारोहका बीच विजेता घोषणा गरिने बाह्रखरी डट्कमका प्रधानसम्पादक प्रतीक प्रधानले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

कथाकारहरूलाई सिर्जनाका लागि प्रेरणा र उत्साह प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रधानले बताए ।

उनका अनुसार प्रथम हुने कथाकारलाई १ लाख, दोस्रोलाई ६० हजार र तेस्रोलाई ४० हजार नगदसहित पुरस्कृत गरिने छ ।

उत्कृष्ट २५ भित्र पर्ने अन्य २२ कथाकारले जनही ५ हजार पाउनेछन् ।

इमेल ([email protected], books@baahrakhari.com) मार्फत प्राप्त हुने कथालाई शुरूमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारी संयोजकत्वको समितिले 'शर्टलिस्ट' गर्नेछ ।

५० वटा कथालाई अन्तिम प्रतिस्पर्धाका लागि निर्णायकसमक्ष पेश गरिने प्रालिले विज्ञप्तिमार्फत जनाएको छ ।

निर्णायकमा समीक्षक प्रा.डा. सावित्री कक्षपति, कथाकार महेशविक्रम शाह र चर्चित लेखक सुविन भट्टराई छन् ।

निर्णायकहरूले प्रथम, द्वितीय र तृतीयसहित उत्कृष्ट २५ कथा छनोट गर्नेछन् ।

प्रतियोगिताको पाँचौं संस्करणलाई 'डिसहोम'ले प्रायोजन गरेको आयोजकले जानकारी दियो । सहभागिताका लागि आयोजकले केही शर्तहरू समेत निर्धारण गरेको छ ।

यस्ता छन् शर्तहरू :

- नेपाली भाषामा लेखिएको मौलिक कथा हुनुपर्नेछ ।

- अघिल्ला वर्षका प्रतियोगितामा पठाइएका कथा दोहोऱ्याएर पठाउन पाइने छैन ।

- कथा अप्रकाशित र अप्रसारित (कतै प्रकाशन/प्रसारण नभएको) हुनुपर्नेछ । नतिजा सार्वजनिक नहुञ्जेल प्रतियोगितामा पठाइएका कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइने छैन ।

- छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ । 'डिसहोम बाह्रखरी कथा प्रतियोगितामा भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न आयोजकसँग पूर्वस्वीकृति अनिवार्य छ ।

- कथा कम्तीमा १५०० शब्द र बढीमा ४००० शब्दसम्मको हुनुपर्नेछ ।

- प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनुपर्नेछ

- प्रतियोगिताका लागि छानिएका कथाकारलाई आयोजकले इमेल तथा फोनमार्फत सम्पर्क गर्नेछ ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

भदौ २५, २०८०

राजनीतिशास्त्री, संविधानविद्, अर्थविद् र प्राध्यापकले समकालीन नेतृत्वको भिजन र हुटहुटी बीपी कोइराला पहिलोपटक प्रधानमन्त्री हुँदा जत्तिको पनि नभएको बताएका छन् । नेपाली कांग्रेसले बीपीको ११० औं जन्मजयन्तीका अवसरमा क...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ३, २०८०

नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले मंगलवार सार्वजनिक गरेको छ । भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x