असोज १५, २०८०
राजधानीमा एक व्यक्तिमाथि आक्रमण भएको छ । काठमाडौँको पिङ्लास्थानमा रहेको पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण भएको हो । अज्ञात व्यक्तिले स्वास्थ्य व्यवसायी सवीर हुसेनमाथि धारिलो हतियारले आक्रमण ग...
बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडका सञ्चालक तथा कम्पनी प्रतिनिधि रामशरण तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार मुक्तिनाथ लाइभस्टकले असोजभित्रमा बधशाला सञ्चालनमा ल्याउनेछ । बुटवल–१० रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि यसअघि सहमति भए पनि विधि र प्रक्रिया नपुगेपछि उपमहानगरपालिकाले गत असारमा पुनः बोलपत्र आह्वान गरेको थियो ।
नयाँ प्रक्रियाअनुसार मुक्तिनाथ लाइभस्टकले वार्षिक रु ५८ लाख ३८ हजार सात सय १० बुटवल उपमहानगरपालिकालाई बुझाउने छ । पाँच वर्षका लागि गरिएको सम्झौताअनुसार हरेक वर्ष १० प्रतिशतका दरले रकम वृद्धि हुने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
पशु बधशाला सञ्चालन गर्दा पशु बधशाला र मासु ऐन, २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन, २०५५, फोहरमैला व्यवस्थापन ऐन, २०६८, वातावरण संरक्षण ऐन, २०७६ र उपभोक्ता संरक्षण ऐन, २०७५ को पालना गर्ने गरी सम्झौता भएको पन्थीले बताए ।
सम्झौता कार्यान्वयनमा आएपछि बुटवल नगरभित्र पशु बधशालाबाहेकका स्थलमा व्यावसायिकरूपमा खसी र बोकाको बध गर्न रोक लगाउने र बध गरेको पाइएमा कारबाही हुने उल्लेख छ । बुटवल उपमहानगरपालिकाको पशु बधशाला व्यवस्थापन र सञ्चालन ऐन, २०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनमा आएपछि बुटवलमा रहेका मासु पसलले खसी–बोकाको मासु बिक्री गर्दा पशु बधशालामा बध गरी प्रमाणीकरण गरेको मासुमात्रै बिक्री गर्न पाउने छन् ।
बधशाला सञ्चालनमा आएपछि बुटवलवासीले स्वस्थकर मासु उपभोग गर्न पाउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । बधशाला सञ्चालनपछि बुटवलबाहिरका सहरमा समेत मासु बिक्री गर्न सक्ने प्रमुख पाण्डेयले बताए ।
बुटवल उपमहानगरपालिकाको नगरसभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन, २०७९ पारित भइसकेको छ । ऐनअनुसार पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, बिक्री गर्न इजाजतपत्र लिनुपर्नेजस्ता व्यवस्था गरिएको छ ।
बधशालालाई यस क्षेत्रका ठूला बजारसँग ग्रामीण क्षेत्रलाई प्रत्यक्षरूपमा जोड्ने नमूना परियोजनाको रूपमा २०७७ असार ३१ गतेबाट बुटवल उपमहानगरपालिकाले निर्माणकार्य अघि बढाएको हो । यो परियोजना सार्वजनिक–निजी–उत्पादक साझेदारीलाई एकैठाउँ जोडेर निर्माण गरिएकाले पनि यसले गाउँ र सहरलाई जोडेर उत्पादन, बजारीकरण र आर्थिक विकासलाई महत्व दिइएको बुटवल उपमहानगरपालिकाका पूर्वप्रमुख शिवराज सुवेदी बताउँछन् ।
परियोजनाअन्तर्गत बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रदेश सरकारको आर्थिक लगानी र हेफर इन्टरनेशनलको प्राविधिक सहयोगमा निर्माण शुरू भएको हो । करिब २२ करोड लगानीमा निर्माण भएको बधशाला क्षेत्रमा खसी–बोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचारकक्ष, बधशालामा खटिनेका लागि प्राथमिक उपचारकक्ष, सुरक्षाकक्ष, फोहर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ ।
बधशाला पूर्णरूपमा सञ्चालनमा आउँदा बजारको मागअनुसार एक हजार खसीबोका खपत हुने क्षमताको रहने छ । यस्तै यसमा हरेक दिन दुई सय ५० खसीबोका चिस्यान गर्न सकिने, एक लाख २५ हजार लिटर फोहर पानी प्रतिदिन प्रशोधन हुने र प्रतिदिन दुई दशमलव पाँच मेट्रिक टन क्षमताको बायो डाइजेस्टर सञ्चालनमा आउने प्राविधिक प्रतिवेदनमा उल्लेख छ ।
यहाँबाट निस्किने फोहर प्रशोधन गरेर बायोग्यास निकालिने छ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना छ । बधशालालाई छिट्टै सञ्चालनमा ल्याउने गरी तयारी अगाडि बढाउने र यस क्षेत्रका किसान र व्यवसायीलाई जोडेर व्यवस्थित तरिकाले बधशाला सञ्चालन गर्ने लाइभस्टक बैंकले जनाएको छ ।
राजधानीमा एक व्यक्तिमाथि आक्रमण भएको छ । काठमाडौँको पिङ्लास्थानमा रहेको पिके डाइग्नोस्टिक सेन्टरका सञ्चालकमाथि आक्रमण भएको हो । अज्ञात व्यक्तिले स्वास्थ्य व्यवसायी सवीर हुसेनमाथि धारिलो हतियारले आक्रमण ग...
सार्वजनिक खरिद प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकीकृत सुधार कार्यक्रम अगाडि बढाइने भएको छ । सार्वजनिक खरिद प्रक्रियाको प्रभावकारिताबाट बजेट कार्यान्वनमा सहज भई पूँजीगत खर्च वृद्धिमा सहयोग पुग्न...
यात्रुको नगद चोरेर फरार रहेका एक व्यक्तिलाई सशस्त्र प्रहरी बलको नम्बर ३१ गुल्म पूर्वी नवलपरासीले समातेको छ । भारत घर भएका २८ वर्षीय इरशाद अलीलाई गैँडाकोट नगरपालिका १० पितौजीबाट सोमवार सशस्त्र प्रहरीले नियन्त्र...
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले सुशासन र विकासका क्षेत्रमा इमान्दारितापूर्वक काम गरिरहेको बताएका छन् । आज बसेको प्रदेशसभाको बैठकको शून्य र विशेष...
हेटौँडा– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताएका छन् । हेटौँडास्थित रेडियो सन्देश, निकास साप्ताहिक र थाहा...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजस्व छलीका विभिन्न मोबाइल तथा चोरीको गाडीसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु गाउँपालिका-६ घर भई काठमा...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...