×

Dabur
MG

हराउँदै तीजको मौलिकता

पाल्पा | असोज १, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

घर र माइतीमा भोगेका सुख दुःखका अनुभवलाई तीजमा व्यक्त गर्दै मनलाई आनन्दित पार्ने, माइतीमावली कहाँ पुगेर मिठो मसिनो खाने र आफ्ना आफन्तजनसँग भेटघाट गर्ने पर्वका रूपमा तीजलाई लिइन्छ । 

yONNEX
Sagarmatha Cement

परम्परादेखि नै महिलाका वेदना र सुख दुःख साटासाट गर्न तीज पर्व नै पर्खेर बस्ने चलन थियो । वर्ष दिनभरका तितामिठा अनुभवलाई गीतमार्फत् साथीभाइ, आफन्तजनसँग विरह, वेदना तीजका बेला व्यक्त गर्ने र मनलाई हलुका बनाउने चलन थियो । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

हिजोआज दुःख-सुख, जीवन भोगाइका अनुभवभन्दा पनि मनोरञ्जन, नयाँ–नयाँ बस्त्र, खानेकुरामा मोह बढाएको छ । पौराणिक परम्पराभन्दा पनि आधुनिकताले महिलाहरूमा तीज पर्व मनाउने होडबाजी चलेको छ । 
       
गरगहना, महङ्गो मुल्यका लत्ताकपडा, खानपानमा तडकभडक बढी देखिन थालेको छ । तीज आउनु महिना दिनअगावै गरगहना, महङ्गा मूल्यका कपडामा सजिएर होटल, रेष्टुरेण्ट र पार्टी प्यालेसमा दरखाने लामबद्ध हुन थालेपछि मौलिकता छाडेर आधुनिकताको पछि लागेको पाल्पा रामपुरकी ज्येष्ठ नागरिक रन्नता बाशिष्ठ बताउँछिन् । 


Advertisment
Kumari
Berger
Pardeshi

'हाम्रा पालामा मनाइएको तीज र अहिलेको तीजमा धेरै परिवर्तन आयो, तीजको अघिल्लो दिन माइती मावली गएर सबै जम्मा भएर घरको आँगन पिँढीमा लहरै बसेर दर खाने, गाउँभरीका सबै जम्मा भएर नाच्ने गाउने चलन थियो, अहिले त साथीहरू जम्मा भएर होटलमा दर खाएर नाच्ने रमाउने चलन आयो,' उनले भनिन् ।  

Vianet communication
Laxmi Bank

तीजको मौलिक परम्परा र संस्कृति अवलम्बनभन्दा पनि क्षणिक रमाइलो, नयाँ–नयाँ गरगहना, कपडा लगाएर को भन्दा के कम भन्ने सोँचले भड्किलोपन हुदै गएको ज्येष्ठ नागरिक बाशिष्ठको अनुभव छ । खानपान, लत्ताकपडा, गरगहनादेखि धेरै कुरामा अहिले परिवर्तन हुदै गएको उनको बुझाइ छ ।

नारीका दुःख-सुख र वेदनालाई बोल्ने पर्व हरितालिकालाई लिइन्छ । वर्षदिनभर मनमा सङ्गाल्हेका पिर, वेदना र घरमाइत गर्दाका सुखदुःखका खटनपटनलाई तीजका बेलामा व्यक्त गर्ने, मीठा–मीठा परिकार खाने प्रचलनका रुपमा तीजलाई लिने गरिन्छ । पछिल्ला वर्षमा तीज आउन महिना दिन अघिदेखि नै गाउँ, सहरमा रौनक बढ्दो छ, तर तीजको मौलिकता भने हराउँदै गएको छ । 

नागपञ्चमी पर्व शुरू भएपछि गाउँमा पालैपालो सबैका घर–घरमा साँझमा झोरा लगाउने चलन थिए । गाउँ, शहर, गल्ली चोक, घर–घरमा बिरह, ठट्यौली, सुखदुःखका गीत गुञ्जन्थे । तीजका गीतमा महिलाले सासु÷ससुरा र श्रीमान्को खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्त गरेका हुन्थे । ती गीतहरू सुनिरहुँ जस्तो लाग्थ्यो । अहिले यस्ता खालका गीतहरू कमै सुन्न पाइन्छ । तीजको रमझम शुरू हुन थालेपछि गाउँमा पालैपालो झोरा लगाउन लालटिन बालेर गएको पूरानो यादले अझै पनि मनमा झस्काउने गरेको रामपुरकै सीता देवकोटाले बताइन् ।

'आमा हजुरआमासँग साँझमा घरको कामधन्दा सकाएर गाउँमा तीजको झोरा हेर्न गइन्थ्यो, समाजका यथार्थपरक विषयवस्तुमा गाउने ती गीत सुन्दा आनन्द आउँथ्यो, अहिले त गाउँमा झोरा लगाएर नाच्ने गाउने चलन छैन, घरमै बसेर टिकटक बनाउने, मोबाइल, टिभीमा इन्टरनेटबाट तीज गीत सुन्ने र हेर्ने चलन आयो,' उनले भनिन् ।

आजभोलि गीत सुन्दा तीजका हुन कि रत्यौलीका छुट्याउनै गाह्रो हुन्छ । दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको नेपाली मौलिकपन नहुँदा पूराना पुस्ता चिन्तित बनेका छन् । तीजको रमझम शुरू भएपछि माइत जाने तयारीमा नारीहरू छन् भन्ने बुझाइ हुन्थ्यो ।

कतिबेला माइतीघरमा पुगिएला र आमाले पकाएको मिठा–मिठा परिकार दरका रूपमा दाजुभाइ बुबाआमा दिदीबहिनीसँगै बसेर खाने, नाच्ने उत्सुकता हुन्थ्यो । अहिले मिठो मसिनो खान माइतीमै जानुपर्छ भन्ने चलन पनि कम हुँदै गएको छ । घरमै सुख सुविधाले पनि मीठो मसिनो खान चाडपर्व नै पर्खनुपर्ने अवस्था नरहेको महिलाहरू बताउँछन् ।

पहिला–पहिला तीजका गीतमा दुःख, वेदनाका भाव झल्कन्थे । माइतबाट कोही लिन नआएको, घाँस, दाउरा बोकेर बसेको, माइती लिन आउलान् भन्दै बाटो हेरेकोजस्ता कुरा तीज गीतमा हुन्थे, अहिले संस्कृतिभन्दा मनोरञ्जन भावका गीत बढी छन् ।

‘भररर रानीचरी ऐँसेलुको गाँजैमा मलाई सम्झी नरोऊ आमा सम्झी साँझैमा’(गायिका बिमाकुमारी दुरा) घरको कामधन्दा, तीजमा बिदा नपाउँदाका पीडालाई गीतबाटै तीजमा छोरी माइत आइन भनेर सम्झेर नरुन आग्रह गरिएको पाइन्छ । 

तीज पर्वको एउटा महत्वपूर्ण पक्ष हो झोरा अर्थात् तीज गीत छोरी चेलीले माइतीमा जम्मा भएर आफ्ना दुःख-सुख बिसाउन गीतलाई माध्यम बनाउँछन् । सूचना प्रविधिको विकाससँगै माइतीको घरआँगन, बजारका चोक, खुल्ला चउरमा भेला भएर गाउने गीत, स्टुडियो र युट्युब, टिकटक, फेसुबकमा सीमित बन्न पुगेका छन् ।
       
बजारका खुल्ला चौर, चोक तीजका गीतले गुञ्जायमान बनाउँथ्यो । पछिल्लो समय सूचना प्रविधिको बढ्दो विकासले घरमै टीभी हेर्ने, रेडियोमा गीत सुन्ने मोबाइल, युट्युबले गर्दा बजारमा तीजका गीत गाउन र नाच्न जाने भेटिँदैनन् । तीज गीत प्रतियोगितात्मक कार्यक्रम राखिएका बजारमा जसोतसो दर्शक पुगेका हुन्छन् । तीजलाई नारी अधिकार र स्वतन्त्रताका रुपमा लिइने गरिन्छ । पर्व मनाउने क्रममा समयअनुसार केही परिवर्तन हुँदै गएको छ । 

'पहिला महिलाले भोगेका दुःखकष्ट अहिलेको परिस्थितिमा कमै छन्, सुख सुविधाले गर्दा केही कुरा परिमार्जन भएको छ, पूरानो संस्कृतिलाई संरक्षण गरिनुपर्छ, समाजमा तडकभडक नहुने गरी नयाँ कुराको पनि अवलम्बन गर्दै तीज मनाउनुपर्छ,' महिला अधिकारकर्मी विष्णुमाया ढकालले भनिन् ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १५, २०८०

मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौँडामा सोमवार बिहान सवारी दुर्घटना हुँदा नौजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा–१५ चुरिमाईस्थित सवारी दुर्घटना ...

असोज १५, २०८०

उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले पदक प्राप्त गर्ने सम्भावना देखिएको छ । चीनको हाङ्झाउमा सोमवार भएको खेलमा नेपालले बङ्लादेशलाई पराजित गरेसँगै पदक प्राप्त गर्ने सम्भावना बनेको हो ...

असोज १५, २०८०

जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ ।           सामान्यतः अक्टोबर–२...

असोज १५, २०८०

संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी हुनुपर्ने, स्थानीय सेवाकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत बन्नुपर्ने, ट्रेड युनियन अधिकार उपलब्ध हुनुपर्ने लगायतका मागसहित स्थानीय तहका कर्मचारीहरू आन्द...

असोज १५, २०८०

नेकपा (एमाले) कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सोमवार दिउँसो ४ बजेपछि मात्रै हुने भएको छ ।  आइतवार राति १० बजेदेखि शुरू भएको मतदान सोमवार बिहान ५ बजे सकिएको थियो...

असोज १५, २०८०

नेसनल पेमेन्ट गेटवे (एनपीजी)सम्बन्धी प्रकरणमा नेपाल सरकारका बहालवाला सचिवसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत स्वीकृत गरेर ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x