×

Dabur
MG

रुसबाट ५ दिन लगाएर स्वदेश फर्किए किम, पुटिनलाई दिए विशेष धन्यवाद

काठमाडाैं | असोज १, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

सियोल– उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘हार्दिक धन्यवाद’ व्यक्त गरेका छन् ।

yONNEX
Sagarmatha Cement

उत्तर कोरियाली नेता किमको रुसको सुदूरपूर्वको भ्रमणले युक्रेनमा युद्धका लागि आणविक शक्ति सम्पन्न प्योङयाङले मस्कोलाई हतियार उपलब्ध गराउन सक्ने पश्चिमाहरूको आशङ्कालाई बढावा दिएको छ ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

भ्रमणका क्रममा उत्तर कोरियाली नेताले रुसी अन्तरिक्ष रकेटदेखि पनडुब्बीसम्मका सबै कुराको निरीक्षण गरेका थिए । यसमा पुटिनसँग राइफलको साङ्केतिक आदानप्रदान पनि समावेश रहेको छ । 


Advertisment
Kumari
Berger
Pardeshi

कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए)का अनुसार किमले राष्ट्रपति पुटिन र रूसी नेतृत्वलाई विशेष ध्यान र सौहार्दपूर्ण आतिथ्यताका लागि हार्दिक धन्यवाद दिएका छन् । 

Vianet communication
Laxmi Bank

केसीएनएका अनुसार रुसी महासङ्घको औपचारिक सद्भावना भ्रमणको कार्यतालिका सफलतापूर्वक पूरा गरी किम स्वदेश फकिएका थिए ।

उनले ‘रुसको समृद्धि र त्यहाँका जनताको कल्याण’ को कामना पनि गरेको केसीएनएको रिपोर्टमा उल्लेख छ ।

उत्तर कोरिया र रुसको ऐतिहासिक मित्रत्रा कायम रहेको छ । युक्रेन आक्रमणको लागि मस्को र आणविक हतियार परीक्षणको लागि प्योङयाङ दुबै मुलुकले विश्वव्यापी प्रतिबन्धहरूको सामना गरिरहेका छन् ।

भ्रमणका क्रममा किमले पुटिनसँग दुर्लभ शिखर वार्ता गरेकाले रुससँगको द्विपक्षीय सम्बन्धलाई आफ्नो देशलाई पहिलो प्राथमिकता बनाउने बताएका छन् । 

चीन अहिले उत्तर कोरियाको सबैभन्दा महत्वपूर्ण सहयोगी र हितैषी देश हो ।

उत्तर कोरियाको तोपको गोला युक्रेनमा प्रयोग गर्न रुस आतुर छ भने प्योङयाङले स्याटेलाइट प्रबिधि र सोभियतकालीन सैन्य उपकरणको उन्नयनमा सहयोग खोजिरहेको विज्ञहरूले बताएका छन् ।

बुधवार पुटिन र किमबीच मस्कोबाट करिब आठ हजार किलोमिटर टाढा रहेको रुसको नयाँ भोस्तोच्नी कोस्मोड्रोममा भेटवार्ता भएको थियो ।

भेटपछि पुटिनले उत्तर कोरियासँग अझ बढी सहयोगको सम्भावना र सैन्य सम्बन्धका लागि ‘सम्भावना’बारे कुरा गरेका थिए । तर रुसी प्रशासनिक केन्द्र क्रेमलिनले भने कुनै पनि सम्झौतामा हस्ताक्षर नभएको र नहुने बताएको छ ।
 

भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा रहेको साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमाराष्ट्रपति पुटिनसँग शिखर वार्ता गरेर नेता किम आफ्नो रेलमा भदौ २७ मा स्वदेशका लागि निस्किएका थिए । 

जुन रेल उनका हजुरबा किम इल सङले चढ्ने गर्थे । परम्पराअनुसार उनले पनि चढेका हुन् ।  


 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १५, २०८०

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले एनआरएनएको विकृति हटाउन अनलाइन प्रणालीको प्रयोगलाई जोड दिनु पर्ने बताएका छन्।  गैर आवासीय नेपाली परिषद् स्पेनद्वारा आइतबार बार्सिलोनामा आयोजित कार्यक्र...

असोज १३, २०८०

नयाँ दिल्ली- भारतकाे नयाँ दिल्लीमा रहेको अफगान दूतावास शनिवारदेखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक जना सञ्चार अधिकृतले बताएका छन् ।  सन् २०२१ को अग...

असोज १४, २०८०

सिरियाली लेखक तथा वरिष्ठ सरकारी आलोचक खालेद खलिफाको ५९ वर्षको उमेरमा दमास्कसस्थित आफ्नै घरमा हृदयघातका कारण निधन भएको छ । उत्तरपश्चिमी अलेप्पो प्रान्तको मरियमिनका खलिफालाई उनका उपन्यास, टेलिभिजन पटकथा र अख...

असोज १५, २०८०

मेक्सिकोमा एउटा चर्च भत्किँदा सात जनाको ज्यान गएको छ । अझै ३० जना पुरिएको बीबीसीले जनाएको छ । जसमा केही बालबालिकासमेत रहेको आशंका गरिएको छ ।  स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै उद्दारको काम चलिरहे...

असोज १३, २०८०

अलास्का- अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा शुरू भएको छ । दुई देशबीच जारी युद्धाभ्यासअन्तर्गत यो संयुक्त रणनीतिक  अभ्यास हो ।  दुवै देशका सेनाले शुक्रबार अलास्कामा अभ्य...

असोज १५, २०८०

भारतको उत्तर प्रदेशमा एकै परिवारका ६ जनाको हत्या भएको छ । प्रदेशको देवरिया जिल्लास्थित रुद्रपुरनजिकै आज (सोमबार) बिहान एकै परिवारका ६ जनाको हत्या भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  जिल्लाको फ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x