असोज १३, २०८०
एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवं आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले गठ्ठाघर भक्तपुरमा आफ्नो दोस्रो एमजी शोरुमको उद्घाटन गरेको छ । शोरुम विस्तारले एमजीको वनरसिप एक्सपेरिएन्स वृद्धि गर्ने आफ्न...
केएफसी नेपालको दरबारमार्ग स्टोर पुनः सञ्चालनमा आएको छ । आधुनिक तथा रमणीय वातावरणसहित ग्राहकलाई खानाको उत्कृष्ट अनुभूति दिलाउने उद्देश्यका साथ केएफसीको दरबारमार्गस्थित स्टोर पुनः सञ्चालनमा ल्याइएको हो ।
दरबारमार्ग शाखा नेपालमा खुलेको केएफसीको पहिलो स्टोर हो ।
सन् २००९ को नोभेम्बर २५ मा दरबारमार्गस्थित केएफसी स्टोरको सञ्चालनसँगै नेपालमा केएफसी ब्रान्डको प्रवेश भएको थियो ।
यसैबीच केएफसी नेपालले बहुप्रतीक्षित डबल डाउन बर्गर (अल चिकेन–नो बन) नेपालभरि आफ्नो स्टोरहरूमा उपलब्ध गराउन शुरू गरेको छ ।
नेपालमा पर्वहरूको यामलाई लक्षित गर्दै पुनः डबल डाउन बर्गर ग्राहकहरू समक्ष पुर्याउने निर्णयमा केएफसी पुगेको हो ।
दरबारमार्ग स्टो पुनः सञ्चालामा आएसँगै ग्राहकहरूले आफ्नो मनपर्ने केएफसी परिकारको आनन्द लिनसक्ने केएफसीले जनाएको छ ।
कम्पनीका अनुसार स्टोरको परिमार्जित इन्टेरियर डिजाइन, सुधारिएको सिट प्रबन्ध र स्वागतयोग्य वातावरणले पाहुनाहरूलाई स्मरणीय भोजन अनुभव दिनेछ ।
साथै ग्राहकहरूको अनुभवलाई अभिवृद्धि गर्नका लागि छिट्टै नै दरबारमार्ग स्टोरमा स्वचालित रुपमा अर्डर गर्न सकिने सेल्फ–अर्डरिङ कियोस्क मेसिन जडान गरिने छ ।
चाडपर्वको अवसरमा केएफसी नेपालले ५२९ रुपैयाँमा डबल डाउन बर्गर ल्याएको छ ।
ग्राहकहरूलाई अकाट्य स्वादको मज्जा लिने अवसर प्रदान गर्नका लागि उक्त लोकप्रिय प्रोडक्ट सीमित अवधिका लागि प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवं आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले गठ्ठाघर भक्तपुरमा आफ्नो दोस्रो एमजी शोरुमको उद्घाटन गरेको छ । शोरुम विस्तारले एमजीको वनरसिप एक्सपेरिएन्स वृद्धि गर्ने आफ्न...
नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले चितवनमा नयाँ शोरुम विस्तार गरेको छ । ओजोन मोटर्स कम्पनीद्वारा सञ्चालित चितवनको भरतपुर–१० स्थित रिजाल चोकमा रहेको नयाँ शोरु...
नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले पोखरामा नयाँ शोरुम विस्तार गरेको छ । एसएसएल मोटर्स कम्पनी प्रालिले शुरू गरेको नयाँबजारको शोरुममा सिट्रोन ईसीथ्री र सिट्रोन सीथ्री ...
नेपालमा जीडब्लूएम सवारीसाधनको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ । जीडब्लूएमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप पावर...
नेपालीहरूको महान चाडपर्व नजिकिँदै गर्दा यातायातका साधनहरूको प्रयोग पनि अन्य समयभन्दा उच्च रहने गर्छ । सवारी साधनहरूको कन्डिसन सही भएमात्र त्यसले सही कार्य क्षमता प्रदान गर्छ र ढुक्क भई सुरक्षित यात्रा पनि गर्न ...
रोयल इनफिल्डको ‘हन्टर हेरिटेज राइड २०२३’ सम्पन्न भएको छ । निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड ‘रोयल इनफिल्ड’को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘वल्र्ड टुर...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...