असोज १४, २०८०
नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले चितवनमा नयाँ शोरुम विस्तार गरेको छ । ओजोन मोटर्स कम्पनीद्वारा सञ्चालित चितवनको भरतपुर–१० स्थित रिजाल चोकमा रहेको नयाँ शोरु...
टाटा मोटर्स जेनुइन आयलद्धारा प्रायोजित नाडा अटो शो २०२३ आइतवार सकिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतबाट शुभारम्भ भएकोे यस १५ संस्करणको अटो शो २०२३ मा करिब ७६ हजार एकसय दर्शकहरुले अवलोकन गरेको आयोजकले जनाएका छन् ।
भृकुटीमण्डपमा भएको यस प्रदर्शनीमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेस्ट मोडेलका सवारीसाधनका कारण यो प्रदर्शनी निकै भब्य रुपमा सम्पन्न भएको आयोजकको भनाइ छ । थुप्रै नयाँ ब्रान्डका सवारीसाधनका कारण यो प्रदर्शनीमा ठूलो भीड लागेको थियो । यो अटो शो विगतमा भन्दा निकै भब्य र बृहत भएको अबलोकनकर्ताहरूले समेत टिप्पणी गरेका छन् । देशमा चलेको आर्थिक मन्दीका बाबजुद आयोजना गरिएको यो अटो शोले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध भएको सरोकारवालाहरूले बताएका छन् ।
यसपटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मेहनत गरेको देखिन्छ र त्यसैगरी यो प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल साइमेक्स इंक (वीवाइडी) प्रालिले जितेको छ र उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल अग्नि मोटोनिक प्रालि (जावा) प्रालिले जितेको छ ।
यस्तै लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड आयाम इन्टरनेसनल प्रालि (फोर्स मोटर्स )ले हात पारेको छ । यस्तै बेस्ट सर्पोटिङ्ग स्टलको बेस्ट एवार्ड पौडेल इन्टरप्राइजेज ( लिक्वीइमोली स्टुडोजले) जितेको छ ।
नाडाले उत्कृष्ट स्टलहरूको छनोट गर्न नाडाका केन्द्रीय कार्य समिति सदस्य सुनिल रिजाल, पत्रकारकातर्फबाट मेरो अटोका सम्पादक सागर गजुरेल तथा नाडा अटो शोको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोबल एक्सपोजिसन एण्ड मेनेजमेन्ट सर्विस प्रालिका निर्देशक केशव खत्रीसमेत सदस्य रहनेगरी तीन सदस्यीय छनोट समिति समेत गठन गरेको थियो ।
नाडा अटो शो २०२३ का सहप्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ्क पार्टनरमा खल्ती, अफिसियल इण्टरनेट पार्टनरमा वल्डलिङ्कले गरेको थियो । यस वर्षको थप आकर्षणमा याडिया इलेक्ट्रिक स्कुटरले लक्की ड्र गरी एकजना भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्था समेत गरेको थियो । शो व्यवस्थापन समितिका अनुसार डोरप्राइज पाउने टिकट नम्बर ९७३१ रहेको छ । विजेताले आफनो टिकट सहित नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्नसमेत आयोजकले अनुरोध गरेका छन् ।
उक्त समापन कार्यक्रममा नाडाका अध्यक्ष डा ध्रुव थापा, निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल पूर्वअध्यक्ष सुनिल खेतान, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, जनकी अटोमोबाइल एसोसिएसनका निर्वतमान अध्यक्ष तेजनारायण शाह, लम्बिनी अटोमोबाइल एसोेसिएसन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले सो प्रदर्शनीमा सहभागी १२० कम्पनीहरूलाई क्रमशः मोमेन्टोसमेत वितरण गरेका थिए । नाडाका अनुसार उक्त प्रदर्शनीको ट्राफिक व्यवस्थापनको कार्य काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले गरेको थियो । त्यसैगरी सो प्रदर्शनीको फायर सेफ्टीको सम्पूर्ण कार्य नाडा कै सदस्य कम्पनी हिटको प्रालिले गरेको थियो र प्रदर्शनीको प्रचारप्रसारको कार्य एभरेस्ट एडले गरेको थियो ।
सो समापन कार्यक्रममा नाडाका अध्यक्ष डा ध्रुव थापाले नाडा अटो शो २०२३ लाई सफल बनाउन सहयोग पुर्याउने सबै सरोकारवाला कम्पनी र संस्था सबैलाई धन्यवाद दिए । शो सम्पन्न गर्न अध्यक्ष थापाकै अध्यक्षतामा ११ संसदीय नाडा अटो शो सल्लाहकार समिति र नाडाका केन्द्रीय कार्य समिति सदस्य अनुप बरालको संयोजकत्वमा २३ संसदीय नाडा अटो शो २०२३ व्यवस्थापन समितिसमेत गठन गरेको थियो ।
उक्त प्रदर्शनीको क्रममा नाडाले सोही परिसरमा लायन्स क्लब अफ काठमाडौं समर्पणसँगको सहकार्यमा रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको थियो । ६ दिनसम्म चलेको सो प्रदर्शनीमा उर्जा जलश्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतलगायत विभिन्न मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरूले समेत अवलोकन गरेका थिए ।
नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले चितवनमा नयाँ शोरुम विस्तार गरेको छ । ओजोन मोटर्स कम्पनीद्वारा सञ्चालित चितवनको भरतपुर–१० स्थित रिजाल चोकमा रहेको नयाँ शोरु...
नेपालमा जीडब्लूएम सवारीसाधनको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ । जीडब्लूएमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप पावर...
रोयल इनफिल्डको ‘हन्टर हेरिटेज राइड २०२३’ सम्पन्न भएको छ । निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड ‘रोयल इनफिल्ड’को लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले ‘वल्र्ड टुर...
नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले पोखरामा नयाँ शोरुम विस्तार गरेको छ । एसएसएल मोटर्स कम्पनी प्रालिले शुरू गरेको नयाँबजारको शोरुममा सिट्रोन ईसीथ्री र सिट्रोन सीथ्री ...
‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’का विजेता रानिवास भोजपुरका भुपाजित राईलाई पुरस्कार रकम प्रदान गरिएको छ । डिश मिडिया नेटवर्कका प्रतिनिधिले राईको घरमा पुगेर उनको परिवारलाई नगद रु एक ...
एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवं आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले गठ्ठाघर भक्तपुरमा आफ्नो दोस्रो एमजी शोरुमको उद्घाटन गरेको छ । शोरुम विस्तारले एमजीको वनरसिप एक्सपेरिएन्स वृद्धि गर्ने आफ्न...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...