×

Dabur
MG

अस्करका लागि नेपालबाट ‘हल्कारा’ सिफारिस

काठमाडाैं | असोज १, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९६ औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’लाई सिफारिस गर्ने निर्णय गरेको छ । 

yONNEX
Sagarmatha Cement

समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त फिल्ममध्येबाट ‘हल्कारा’लाई सिफारिस गरेको हो । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०८० असोज २९ गतेभित्र फिल्म बुझाउन आग्रह गरेको थियो । सोही सूचना अनुसार नेपालबाट चलचित्रहरू डाकिनी, हल्कारा, नीरफूल, बुलाकी र बगानले  सहभागिताका लागि आवेदन दिएका थिए । 


Advertisment
Kumari
Berger
Pardeshi

समितिले प्राप्त फिल्ममध्ये प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘हल्कारा’लाई सिफारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । 

Vianet communication
Laxmi Bank

अस्कर अवार्ड मार्च १० का दिन आइतबार लस एञ्जल्सको डल्बी थिएटरमा सम्पन्न हुनेछ । नेपालमा राजु के.सी.को अध्यक्षतामा पाँच सदस्यीय इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ । समितिमा मन्जु कुमार श्रेष्ठ, गौतम धिमाल, सामीप्यराज तिमल्सेना, रीतिका भट्टराई सदस्य रहेका छन् । 

‘हल्कारा’मा महेश त्रिपाठी र विनिता थापा मगरको शीर्ष भूमिका छ । 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ७, २०८०

दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘दुई नम्बरी’ युट्युबमा सार्वजनिक भएको छोटो समयमै ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ ।  गत शुक्रवार सार्वजनिक चलचित्रले राम्रो भ्युज पाउँदै ट्रेन्डिङको पहिलो...

असोज १४, २०८०

लक्की मिडिया हाउसको आयोजनामा यही असोज २५ गते ‘एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड’ प्रदान गरिने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्य...

असोज ६, २०८०

एक समयकी ‘हिट’ अभिनेत्री झरना थापा पछिल्लो समय निर्देशकका रूपमा सक्रिय छिन् । ६ वर्षअघि ‘ए मेरो हजुर २’बाट निर्देशनमा होमिएकी उनले त्यसपछि क्रमशः ‘ए मेरो हजुर’को तेस्...

असोज १३, २०८०

परदेशिएका नेपालीको कथामा आधारित फिल्म ‘परदेशी २’ यही असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । कलाकारसहित निर्माण टिम अहिले फिल्मको प्रचारका लागि देश दौडाहामा निस्केको छ ।  फिल्मको कथालाई लिए...

असोज ७, २०८०

सजिल बस्नेतको सर्ट फिल्म ‘बबल’ले एक लाख रूपैयाँ नगद पुरस्कार जितेको छ । अस्कर कलेजले आयोजना गरेको पहिलो युवा सर्ट फिल्म प्रतियोगितामा बस्नेतले प्रथम पुरस्कार स्वरूप सो रकम जितेका हुन् ।  त्यस...

असोज ९, २०८०

बडा दशैँको अवसर पारेर यही असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी–२’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ । केन्द्रीय चलचित्र जाँच समितिले नारायण रायमाझी निर्देशित मल्टिस्ट...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x