असोज १४, २०८०
अर्मेनियाका अनुसार नागोर्नो–काराबाख क्षेत्रबाट एक लाखभन्दा बढी आदिवासी आर्मेनियाली पलायन भएका छन् । गत साता अजरबैजानले कब्जा जमाएपछि आदिवासी आर्मेनियाली आफ्नो बहुलता भएको स्थानबाट पलायन भएको&nb...
काठमाडाैं | असोज १, २०८०
बेइजिङ–चीनका उच्च कूटनीतिज्ञ वाङ यीले सुरक्षा वार्ताका लागि सोमवारदेखि रुसको चारदिने भ्रमण सुरु गर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
चीन र रुस रणनीतिक सहयोगी हुन् र दुवै देशले बारम्बार आफ्नो ‘सीमाहीन’ साझेदारी र आर्थिक तथा सैन्य सहयोगको चर्चा गर्दै आएका छन् ।
गत वर्षको फेब्रुअरीमा रुसले युक्रेनमाथि गरेको आक्रमणपछि चीनले त्यसको आलोचना गर्न अस्वीकार गरेको थियो ।
चीनको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै रूसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभको निमन्त्रणामा वाङले रणनीतिक सुरक्षा परामर्श गर्ने जनाएको छ ।
यसअघिको ब्रिफिङमा रुसी विदेश मन्त्रालयले वाङले आफ्ना समकक्षी सर्गेइ लाभरोभसँग भेटवार्ता गर्ने र दुवैले ‘अन्तर्राष्ट्रिय परिदृश्यमा सहकार्यलाई मजबुत बनाउने प्रयासमा ध्यान केन्द्रित गर्ने’ योजना बनाएको बताएको थियो ।
‘युक्रेनमा समाधानसँग सम्बन्धित मुद्दाहरूको साथै एसिया–प्रशान्त क्षेत्रमा स्थिरता र सुरक्षा सुनिश्चित गर्ने तरिकाहरूमा विस्तृत विचार आदानप्रदान हुनेछ,’ विदेश मन्त्रालयका एक प्रवक्ताले भने ।
चीनले युक्रेन युद्धमा आफूलाई एक तटस्थ पक्षको रूपमा स्थापित गर्न खोजेको छ र मस्कोलाई एक महत्वपूर्ण कूटनीतिक र वित्तीय आधार प्रदान गरेको छ । यसको अन्तर्राष्ट्रिय अलगाव गहिरो हुँदै गएको छ । तर उसले रुसमा प्रत्यक्ष सैन्य संलग्नता वा घातक हातहतियार पठाउन भने रोकेको छ ।
गत महिना चीनका रक्षामन्त्री ली शाङ्फुले रूस र बेलारुसको भ्रमण गरी निकट सैन्य सहकार्यका लागि आह्वान गरेका थिए ।
हालैका महिनाहरूमा, दुई देशहरूले संयुक्त समुद्री र हवाई गस्ती गरेका छन्, जसले गर्दा दक्षिण कोरियाले सावधानीको रूपमा लडाकू विमानहरू तैनाथ गरेको छ ।
जुलाईमा भ्लादिमिर पुटिनका एक सहयोगीले रुसी राष्ट्रपतिले अक्टोबरमा चीन भ्रमण गर्ने योजना बनाइरहेको बताएका थिए । गत मार्चमा चिनियाँ राष्ट्रपति सी चिनफिङले मस्कोको राजकीय भ्रमण गर्दै दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको घोषणा गरेका थिए ।
गत साता भ्लादिभोस्तोकमा आयोजित वार्षिक पूर्वी आर्थिक मञ्चको बैठकमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनका उपप्रधानमन्त्री झाङ गुओकिङलाई रुस र चीनबीचको सम्बन्ध ‘अत्यन्त अभूतपूर्व, ऐतिहासिक स्तरमा पुगेको’ बताएका थिए । –रासस
अर्मेनियाका अनुसार नागोर्नो–काराबाख क्षेत्रबाट एक लाखभन्दा बढी आदिवासी आर्मेनियाली पलायन भएका छन् । गत साता अजरबैजानले कब्जा जमाएपछि आदिवासी आर्मेनियाली आफ्नो बहुलता भएको स्थानबाट पलायन भएको&nb...
पेरिस– हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए३२० निओ विमान खरिद गर्ने भएको छ । क्याथे प्यासिफिकले चीन र एसियाली क्षेत्रमा सेवा विस्तारका लागि थप विमान ...
गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले एनआरएनएको विकृति हटाउन अनलाइन प्रणालीको प्रयोगलाई जोड दिनु पर्ने बताएका छन्। गैर आवासीय नेपाली परिषद् स्पेनद्वारा आइतबार बार्सिलोनामा आयोजित कार्यक्र...
चीनको गुइझोउमा रहेको एशियाको सबैभन्दा लामो गुफा श्वाङहे गुफामा सन् २००३ देखि हालसम्म ४० वटा विशाल पाण्डाको अवशेष फेला परेको छ । अध्ययनका अनुसार पाण्डाको अवशेषमध्ये सबैभन्दा जेठो कम्तिमा एक वर्षअघिको ...
मेक्सिकोमा एउटा चर्च भत्किँदा सात जनाको ज्यान गएको छ । अझै ३० जना पुरिएको बीबीसीले जनाएको छ । जसमा केही बालबालिकासमेत रहेको आशंका गरिएको छ । स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै उद्दारको काम चलिरहे...
नयाँ दिल्ली- भारतकाे नयाँ दिल्लीमा रहेको अफगान दूतावास शनिवारदेखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक जना सञ्चार अधिकृतले बताएका छन् । सन् २०२१ को अग...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...