×

Dabur
MG

कोशीमा एमालेले खोज्यो एकीकृत समाजवादीको साथ, यसअघि बोलचाल नै बन्द भएका पूर्वमुख्यमन्त्रीबीच छलफल

विराटनगर | असोज १, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

नेकपा (एमाले)ले कोशी प्रदेशमा सरकार टिकाउनका लागि आफैँबाट अलग भएको दल नेकपा (एकीकृत समाजवादी)को साथ खोजेको छ ।  सत्ता संकटमा परेपछि मुख्यमन्त्री हिक्मत कार्कीले एकीकृत समाजवादीको साथ खोजेका हुन् । मुख्यमन्त्री कार्कीले एमालेका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री शेरधन राईमार्फत छलफल अघि बढाएका छन् । 

yONNEX
Sagarmatha Cement

आइतवार धरानको एक होटलमा शेरधन र एकीकृत समाजवादीका सचिव तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले छलफल गरेका छन् । शेरधनकै आग्रहमा दुई घण्टा छलफल भएको राजेन्द्रले बताए ।  


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

‘मध्यावधिमा नजानका लागि अहिलेको सरकारलाई समर्थन गर्न शेरधनजीले आग्रह गर्नुभयो,’ राजेन्द्रले लोकान्तरसँग भने ‘उहाँले आलो-पालोको पनि प्रस्ताव राख्नुभयो । मैले अहिलेको सरकारलाई समर्थन गर्न नसक्ने प्रस्टसँग भनेँ । यसपछि बन्ने सरकारका विषयमा छलफल गर्न सकिन्छ पनि भनेको छु । ’


Advertisment
Kumari
Berger
Pardeshi

संविधानको धारा १६८ (३) अन्तर्गत सबैभन्दा ठूलो दलको हैसियतमा कार्की मुख्यमन्त्री बनेका छन् । कार्कीले विश्वासको मत प्राप्त गर्न नसके धारा ५ अनुसार सरकार बन्छ ।  भेटमा १६८ को ५ अन्तर्गत बन्ने सरकारमा पनि एमालेलाई पहिलो पालो विश्वास गर्न नसक्ने राजेन्द्रले बताएको उनी निकट नेताले बताए । 

Vianet communication
Laxmi Bank

एकीकृत समाजवादीले भने अहिले कै सरकारलाई नसघाउने बताउँदै आएको छ । राजेन्द्रले  छलफल सकारात्मक भए पनि कुनै निष्कर्ष ननिस्किएको स्पष्ट पारे । 

दुवै पूर्वमुख्यमन्त्री भोजपुरकै हुन् । उनीहरूबीच लामो समयदेखि बोलचाल नै  बन्द थियो । २०७७ पुसदेखि उनीहरूबीच बोलचाल नै नभएको बताइएको छ । तत्कालीन प्रदेश १ का मुख्यमन्त्री रहेका शेरधनलाई अविश्वासको प्रस्ताव ल्याउन राजेन्द्रले प्रमुख भूमिका खेलेका थिए । त्यसपछि उनीहरूबीच संवादसमेत नभएको नेताहरूले बताएका छन् । राजेन्द्र एमालेमा हुँदा पनि शेरधनको कडा आलोचक थिए ।

शेरधनले पनि राजेन्द्रसँग छलफल भएको बताएका छन् । प्रदेशको निकास दिने विषयमा दुई नेताबीच छलफल भएको उनले बताए । ‘यो सरकारले विश्वासको मत नपाउँदा प्रदेशमा अफ्ठयारो परिस्थिति बन्न सक्छ के तपाईँ मध्यावधिमा जान तयार हुनु भएको हो ? भनेर मैले सोधेको थिएँ,’ शेरधनले भने ‘उहाँले पनि छलफल गर्न सकिन्छ भन्नुभयो ।’

दुई नेताबीच प्रदेशलाई स्थायित्व दिने विषयमा छलफल भएको जानकारी दिँदै शेरधनले भने, ‘हामी एकै जिल्लाका दुईजना भएपनि लामो समयदेखि छलफल भएको थिएन, आज भयो ।’ 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १५, २०८०

नेसनल पेमेन्ट गेटवे (एनपीजी)सम्बन्धी प्रकरणमा नेपाल सरकारका बहालवाला सचिवसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत स्वीकृत गरेर ...

असोज १५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दशैंका लागि स्वदेश फर्किने यात्रुहरूलाई कानूनले छुट सुविधा दिएका तथा व्यक्तिगत प्रयोजनमा भन्सार तिरेर ल्याउन पाउने समान मात्र ल्याउन आग्रह गरेको छ । पछिल्लो समय ...

असोज १५, २०८०

जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ ।           सामान्यतः अक्टोबर–२...

असोज १५, २०८०

हुण्डी कारोबारमा संग्लग्न भएको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध १५ करोड १ लाख ८६ हजार ८ सय बिगो माग दाबी गर्दै सिरहा जिल्ला अदालतमा मुद्दा दायर भएको छ । प्रतिवादीहरूविरुद्ध विदशी विनिमय नियमन गर्ने ऐन २०१९...

असोज १५, २०८०

उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले पदक प्राप्त गर्ने सम्भावना देखिएको छ । चीनको हाङ्झाउमा सोमवार भएको खेलमा नेपालले बङ्लादेशलाई पराजित गरेसँगै पदक प्राप्त गर्ने सम्भावना बनेको हो ...

असोज १५, २०८०

संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी हुनुपर्ने, स्थानीय सेवाकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत बन्नुपर्ने, ट्रेड युनियन अधिकार उपलब्ध हुनुपर्ने लगायतका मागसहित स्थानीय तहका कर्मचारीहरू आन्द...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x