असोज १५, २०८०
यात्रुको नगद चोरेर फरार रहेका एक व्यक्तिलाई सशस्त्र प्रहरी बलको नम्बर ३१ गुल्म पूर्वी नवलपरासीले समातेको छ । भारत घर भएका २८ वर्षीय इरशाद अलीलाई गैँडाकोट नगरपालिका १० पितौजीबाट सोमवार सशस्त्र प्रहरीले नियन्त्र...
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषद्का सदस्यहरूसँग समसामयिक विषयमा छलफल गरेका छन् । आज सबै मन्त्रीहरूलाई रक्षा मन्त्रालयमा बोलाएर छलफल गर्दै उनले आ–आफ्नो मन्त्रालयको काम जनतालाई सन्तुष्ट हुने गरी कार्यसम्पादन गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेका बेला पनि जनतासँग जोडिएका र सेवा प्रवाहका काममा कुनै गुनासो नआउने गरी काम गर्ने विषयमा छलफल भएको कावा प्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।
छलफलमा उनले देशको शान्तिसुरक्षामा खलल पु¥याउने र नागरिकमा वितृष्णा फैलाउने तत्वहरू सक्रिय हुन खोजेकाले त्यसप्रति सजग भई सबै मन्त्रालयले काम गर्नुपर्नेमा जोड दिए । साथै उनले संविधान दिवस र नजिकिँदै गरेका चाडपर्वहरूमा शान्तिसुरक्षादेखि बजारको आपूर्तिमा सहजता ल्याउँदै कालोबजारी र महँगी नियन्त्रणमा नतिजा आउने गरी तथा आम नागरिकले राहत महसुस गर्ने गरी समयसीमा तोकेरै सबैले काम गर्नुपर्नेमा जोड दिए ।
छलफलमा सबै मन्त्रालयको कार्यसम्पादन बढाउने र जनतालाई प्रदान गर्ने सेवाप्रवाह थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो । बैठकमा चाडपर्वको बेला सवारी आवागमन बढ्ने भएकाले सडक सुधार तथा सुरक्षालाई थप प्रभावकारी बनाउन तत्काल कार्ययोजना बनाई महत्वका साथ सरकारले लाग्नुपर्ने कावा प्रधानमन्त्री खड्काले जोड दिए ।
छलफलमा सहभागी उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सबै मन्त्रीहरूले नागरिकको दैनिक जीवनसँग जोडिएका शान्तिसुरक्षालगायत बजारको आपूर्ति व्यवस्थाबारे आ–आफ्नो मन्त्रालयबाट हुने काममा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए । रासस
यात्रुको नगद चोरेर फरार रहेका एक व्यक्तिलाई सशस्त्र प्रहरी बलको नम्बर ३१ गुल्म पूर्वी नवलपरासीले समातेको छ । भारत घर भएका २८ वर्षीय इरशाद अलीलाई गैँडाकोट नगरपालिका १० पितौजीबाट सोमवार सशस्त्र प्रहरीले नियन्त्र...
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चालु आर्थिक वर्षमा पनि सम्पन्न हुनेमा आशंका छ । कैलाली र कञ्चनपुरको १३६ किलोमिटर हुलाकी सडकमध्ये ८६ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । यहा...
भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उनको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका&nda...
१० लाख भारतीय रूपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ डण्डाबाट आइतबार १० लाख भारतीय रूपैयाँसहित तीन जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ ...
स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन् । ठमेलको ज्याठामा स्कूटरमा लुकाएर ल्याएको १० लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्र...
हेटौँडा– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताएका छन् । हेटौँडास्थित रेडियो सन्देश, निकास साप्ताहिक र थाहा...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...