असोज १५, २०८०
नेकपा (एमाले) कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरू भएको छ । सोमवार साँझ ५ बजेदेखि मतगणना शुरू भएको हो । यसअघि १ बजे शुरू हुने भनिएको थियो । हुन नसकेकापछि ४ बज...
नेकपा (माओवादी केन्द्र) पार्टी एकताका लागि नाम फेर्न तयार देखिएको छ । पार्टी महासचिव देव गुरुङले सोमवार एक परिपत्र जारी गर्दै पार्टी एकतालाई सफल तुल्याउन नेकपाको पछाडि कोस्टमा रहेको ‘माओवादी केन्द्र’का बारेमा छलफल गर्न सकिने बताएका छन् ।
यद्यपि, माओवादी केन्द्रले पार्टीको नामबारे आगामी महाधिवेशनमा छलफल गरेर निर्णय लिन सकिने बताएको छ ।
‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेकपाको पछाडि कोस्टमा रहेको माओवादी केन्द्रका बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ,’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव गुरुङले हस्ताक्षर गरेको परिपत्रमा भनिएको छ ।
यस्तै, संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सांसदहरूलाई संसद्को बैठक र विषयगत समितिका बैठकहरू प्रभावित नहुने गरी तीन महिने अभियानमा उपत्यकामा जिम्मेवारी दिनसमेत माओवादी केन्द्रले निर्णय गरेको छ ।
अहिले माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित विचार मिल्ने दलहरूसँग एकताको प्रयास गरिरहेको छ ।
आफ्नो नाममा माओवादी पृष्ठभूमिका अन्य दलले असहमति जनाएपछि माओवादी केन्द्रले विकल्प खुला राखेको हो ।
नेकपा (एमाले) कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरू भएको छ । सोमवार साँझ ५ बजेदेखि मतगणना शुरू भएको हो । यसअघि १ बजे शुरू हुने भनिएको थियो । हुन नसकेकापछि ४ बज...
नेकपा एमाले काेशी प्रदेश कमिटीकाे नयाँ नेतृत्व चयनका लागि आज राति मतदान हुने भएकाे छ । मतदानका लागि अध्यक्षका प्रत्यासी विनाेद ढकाल र घनश्याम खतिवडा मतदान स्थल हाेटल मनास्लु इनमा आइपुगेका छन् । यसैब...
नेकपा (एमाले) कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व छान्न भएको निर्वाचनको मतगणना भइरहेको छ । सोमवार साँझ ८ बजेसम्म प्रदेश अध्यक्षमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओली निकटका घनश्याम खतिवडाले अग्रता कायमै गरेका छन् । ...
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषद्बाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन् । संविधान दिवसका अवसरमा बाँकी क...
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको कुरा प्रत्यक्ष सुन्न र राज्यको निकायसम्म पु¥याएर समास्या समाधान गर्ने उद्देश्यले ‘एकीकृत समाजवादी जागरण अभिया...
नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएको छ । सोमवार साँझ सम्पन्न मतगणनाअनुसार उनी ३६९ मत ल्याएर विजयी भएका हुन् । शाहका निकटतम् प्रतिद्वन्द्वी मीनबहादुर शाहीले २०७ मत पा...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...