असोज १३, २०८०
अलास्का- अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा शुरू भएको छ । दुई देशबीच जारी युद्धाभ्यासअन्तर्गत यो संयुक्त रणनीतिक अभ्यास हो । दुवै देशका सेनाले शुक्रबार अलास्कामा अभ्य...
काठमाडाैं | असोज १, २०८०
पाकिस्तानको कामचलाउ सरकारका प्रधानमन्त्रीले सीमा तनावका बीच अफगानिस्तानसँगको द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन आह्वान गरेका छन् ।
तोरखाम सीमामा तनावका कारण दुवै देशका सेनाले एकअर्काबीच झडपको परिस्थिति सृजना भएको केही दिनपछि कामचलाउ सरकारका प्रधानमन्त्री अनवर–उल–हक काकरले तालिवानद्वारा नियुक्त अफगानिस्तानका प्रधानमन्त्री मुल्ला हसन अखुन्दलाई पत्र लेखेर काबुलसँगको सम्बन्ध सुमधुर एवं सुदृढ तुल्याउने चाहना व्यक्त गरेका हुन् ।
पाकिस्तानी प्रधानमन्त्रीले तालिबान प्रशासनलाई इस्लामाबादसँग सहकार्य गर्न आमन्त्रण गरेको एशोशिएटेड प्रेस अफ पाकिस्तानले जनाएको छ । पत्रमा प्रधानमन्त्री काकरले पाकिस्तान र अफगानिस्तानबीचको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई जोड दिँदै पारस्परिक मैत्रीलाई अझ मजबुत बनाउने इच्छा व्यक्त गरेका छन् । उनले सीमा क्षेत्रमा शान्ति–स्थिरता स्थापना गर्न अफगानिस्तानका प्रधानमन्त्रीसँग सहकार्य गर्न आफू तत्पर रहेको बताए ।
“हामी छिमेकीका साथै दाजुभाइ पनि हौं । म हाम्रो द्विपक्षीय सम्बन्धका सम्पूर्ण क्षेत्रमा साझेदारी गर्न चाहन्छु । विशेष गरी राजनीतिक, सुरक्षा, आर्थिक र सांस्कृतिक क्षेत्रमा हाम्रो सम्बन्धलाई अझ बलियो बनाउन पूर्ण रूपमा प्रतिबद्ध छु । हामीले यी साझा लक्ष्यहरू प्राप्त गर्न लगनशील भएर काम गर्नुपर्छ, ”पत्रमा भनिएको छ ।
तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) बाट बढ्दो खतराका कारण अफगानिस्तानमा सम्भावित हमला र ड्रोन आक्रमणको मुद्दालाई सम्बोधन गर्दै प्रधानमन्त्री ककरले पाकिस्तानको आत्मरक्षाको अधिकारको प्रतिरक्षा गर्दै पाकिस्तानले आवश्यक परेको बेला आफ्नो भूमि र नागरिकको सुरक्षाका लागि आवश्यक कारबाही गर्ने प्रतिबद्धता पनि पत्रमा व्यक्त गरेका छन् । पाकिस्तानी अधिकारीहरूले अफगान भूमिबाट आक्रमण हुने गरेको आरोप लगाउँदै आएका छन् भने तालिबान अधिकारीहरूले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।
अलास्का- अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा शुरू भएको छ । दुई देशबीच जारी युद्धाभ्यासअन्तर्गत यो संयुक्त रणनीतिक अभ्यास हो । दुवै देशका सेनाले शुक्रबार अलास्कामा अभ्य...
येरेभान– अर्मेनियाका अनुसार नागोर्नो–काराबाख क्षेत्रबाट एक लाखभन्दा बढी आदिवासी आर्मेनियाली पलायन भएका छन् । गत साता उक्त क्षेत्रमा अजरबैजानले कब्जा जमाएपछि आदिवासी आर्मेनियाली आफ्नो बहुलता...
पेरिस– हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए३२० निओ विमान खरिद गर्ने भएको छ । क्याथे प्यासिफिकले चीन र एसियाली क्षेत्रमा सेवा विस्तारका लागि थप विमान ...
सिरियाली लेखक तथा वरिष्ठ सरकारी आलोचक खालेद खलिफाको ५९ वर्षको उमेरमा दमास्कसस्थित आफ्नै घरमा हृदयघातका कारण निधन भएको छ । उत्तरपश्चिमी अलेप्पो प्रान्तको मरियमिनका खलिफालाई उनका उपन्यास, टेलिभिजन पटकथा र अख...
नयाँ दिल्ली- भारतकाे नयाँ दिल्लीमा रहेको अफगान दूतावास शनिवारदेखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका एक जना सञ्चार अधिकृतले बताएका छन् । सन् २०२१ को अग...
भारतको उत्तर प्रदेशमा एकै परिवारका ६ जनाको हत्या भएको छ । प्रदेशको देवरिया जिल्लास्थित रुद्रपुरनजिकै आज (सोमबार) बिहान एकै परिवारका ६ जनाको हत्या भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । जिल्लाको फ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...