असोज १५, २०८०
भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक भीभीएस लक्ष्मणले एसियाली खेलकुद आफ्ना खेलाडीका लागि ठूलो अवसर र गर्वको विषय भएको बताएका छन् । नेपालविरुद्ध उत्रनुअघिको पूर्वसन्ध्यामा सोमवार भारतकाे एक सञ्चारमा...
पोखरामा आयोजना गरिएको महिला तथा पुरुष ‘लामाचौर कप’ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ नेपाल पुलिस क्लबले जितेको छ ।पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार सम्पन्न फाइनल खेलमा साबिक विजेता विभागीय टोली पुलिसले चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमन्ड युथ स्पोर्ट्स काठमाडौँलाई ३—१ सेटमा पराजित गरी उपाधि रक्षा गरेको हो ।
नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) ले तीज पर्वका अवसरमा राष्ट्रिय भलिबल प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिएको हो । पुलिसले डायमन्डमाथि १८—२५, २५—२२, २५—१४ र २५—२० को सेटमा पराजित गरेको हो । पहिलो सेटमा पराजय भोगेको पुलिसले लगातार तीन सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
पुलिसले उपाधिसहित नगद एक लाख ५० हजार एक सय ११, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेतामा चित्त बुझाएको डायमन्डले एक लाख एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पायो ।
सशस्त्र प्रहरीको एपीएफ क्लबले प्रतियोगितामा तृतीय हुँदै ५० हजार एक सय ११ पुरस्कार पायो । महिला भलिबलमा नेपाल पुलिस क्लब, न्यू डायमन्ड, सशस्त्र प्रहरीको एपिएफ क्लब र एभरेष्ट भलिबल क्लब बुटवलले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा पुुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्बलबीचको फाइनल खेल रोकिएको छ । फाइनलमा दुई सेटको खेल समाप्तिपछि अँध्यारो भएपछि खेल रोकिएको हो ।
पुरुषतर्फको फाइनल खेल मङ्गलबार बिहान हुने आयोजकले जनाएको छ । रासस
भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक भीभीएस लक्ष्मणले एसियाली खेलकुद आफ्ना खेलाडीका लागि ठूलो अवसर र गर्वको विषय भएको बताएका छन् । नेपालविरुद्ध उत्रनुअघिको पूर्वसन्ध्यामा सोमवार भारतकाे एक सञ्चारमा...
एसियाली खेलकुदअन्तर्गत पुरुषतर्फको क्रिकेटमा नेपालले माल्दिभ्सविरुद्ध अर्को फराकिलो जीत हात पारेको छ । आइतबार बिहान सकिएको खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गरेको हो । २१३ रन...
भरत केसी चीनको हान्झाउ सहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मङ्गोलियाविरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौँमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल शुरूदेखि अन्तसम्म पूर...
उन्नइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलमा नेपाल आफ्नो दोस्रो खेलमा दक्षिण कोरियासँग पराजित भएको छ । नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको हो । चीनको हाङ्झाउमा आज भएको...
चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा मङगोलियाविरुद्ध कीर्तिमानी जीत निकालेको नेपाल आज (आइतवार) माल्दिभ्ससँग भिड्दैछ । नेपालले माल्दिभ्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्न...
१९औं एसियाली खेलकुदमा नेपालको कसिलो बलिङसामु माल्दिभ्सका ब्याटर निरीह देखिएका छन् ।१४ ओभरको खेल चलिरहँदा माल्दिभ्सका ६ महत्त्वपूर्ण ब्याटर आउट भइसकेका छन् । १३ ओभरको खेल सकिँदा माल्दिभ्स ६ वि...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...