असोज ६, २०८०
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं - शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी परेको हुन्छ ।
तर शास्त्र र आयुर्वेदमा दिनमा सुत्न अनुचित मानिएको छ । दिउँसो सुत्दा पाचनतन्त्रमा गडबडी हुन्छ र खाना सही तरिकाले पच्दैन । यसले गर्दा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्नुका साथै मोटोपन पनि बढ्छ । दिउँसो एकछिन आराम गर्दा त कुनै हानि हुँदैन तर खाना खाएर गहिरो निद्रामा जाँदा चाहिँ पेटसम्बन्धी रोग लाग्छ ।
त्यस्तै दिउँसो सुत्दा ज्वरो, गलासम्बन्धी समस्या, स्मरण शक्ति कमजोर, अंग फुल्ने, आलस्य बढ्ने पनि हुन्छ ।
यसका अलावा धार्मिक मान्यताले पनि दिउँसो सुत्न निषेध गरेको छ । दिउँसो सुत्ने मानिसको घरमा लक्ष्मीको वास नहुने मान्यता छ ।
तर केही मानिसका लागि अलिकति आराम गर्नु पनि राम्रै हुन्छ । विद्यार्थीहरूले लगातार कैयौं घन्टा पढेपछि आराम गर्नका लागि दिउँसो एक झप्को लिनु ठीकै हुन्छ । वृद्धहरूका लागि पनि शरीर र मस्तिष्कलाई आराम दिनका लागि दिउँसो सुत्नु ठीक हुन्छ । असाध्यै क्रोधी मान्छेले पनि दिउँसो सुत्दा दिमाग शान्त हुन्छ । कडा शारीरिक मेहनत गर्ने मानिसले पनि शरीरका अंगलाई आराम दिन दिउँसो सुत्दा हुन्छ ।
एजेन्सी
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
बाँकेमा इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको छ । भेरी अस्पतालमा आएका बिरामीको नमूना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएर बिरामी बढ्न थालेको अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन कन्सल्टेन्ट फिजिसियन डा खगेन्द्रजङ्ग शाहले बताए ।&n...
डा पंकजराज नेपाल न्युरोसर्जन चिकित्सक हुन् । पंकजले स्वास्थ्य सेवाको आरम्भ काठमाडौंको बाँसबारीस्थित न्युरो हस्पिटलबाट गरेका थिए । ‘फादर अफ मोडल न्युरोसर्जरी’ भनेर चिनिने स्वर्गीय डाक्टर उपेन्द्र दे...
किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको ह...
काठमाडौं — गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ । गोलभेंडामा भएको ...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...