×

X
Nic Asia
Marvel
Khukuri

टन्सिलले सतायो ? आराम पाउन यसो गर्नुहोस्

काठमाडाैं | असोज ६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

काठमाडौं -टन्सिल मासिनलाई लागिरहने मध्येको एउटा रोग हो । यसले धेरैलाई सताउने गरेको छ । मौसममा आउने परिवर्तन, चिसो तातो खान आदीका कारण टन्सिल हुने गर्छ । टन्सिल भएसँगै खान र पिउन निकै समस्या हुन जान्छ । तसर्थ हामी आज टन्सिलको घरायसी उपचार बारे जानकारी दिने प्रयास गर्ने छौ । 

किन हुन्छ टन्सिल ?

हाम्रो जिभ्रोको ठीक पछाडि बदाम आकारको दुई छोटो छोटो अंग हुन्छ । जहाँ मुखबाट गलासम्म पुग्ने दुई यो अंग हुन्छ जसलाई टन्सिल भनिन्छ । यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउने कार्य गर्छन् । यसले शरीरको कयौं बीरामितथा संक्रमणबाट बचाउँछ । 

तर, कयौं पटक यो शरीरलाई बचाउने को प्रक्रियामा स्वयं नै बिरामी हुन्छ । संक्रमण या कुन अन्य कारणबाट टन्सिलमा पीडा हुन्छ । कयौं पटक यो यति बढ्छ की खान पिउनसमेत समस्या हुन्छ । 

घरायसी उपचार

यदी वर्षमा एकपट टन्सिल हुन्छ भने त यो सामान्य सामस्या हो तर यसभन्दा धेरै भएमा यो खतरनाक हुन्छ । यदी टन्सिल भएको खण्डमा एन्टी बायोटिक लिनुको सट्टा केही घरेलु उपचार गर्न सक्नु हुन्छ । 

नुन पानी

नुनमा एन्टी बायोटिक गुण हुन्छ । यसका लागि हल्का तातो पानीमा नून हालेर मुख कुरा गर्नुहोस् यसबाट निकै लाभ हुन्छ । 

हरेक दिन मनतातो पानीमा नुन राखेर या नन अल्कोहलिक माउथवास राखेर मुख कुला गर्दा टन्सिलको समस्याबाट आराम मिल्छ । अझ नुनमा थोरै बेकिंग पाउडर राखेर कुला गर्दा थप फाइदा हुन्छ । 

चूक अमिलोको प्रयोग

चूक अमिलोमा पनि एन्टी ब्याक्टिरियल गुण हुन्छ । जो टन्सिलको समस्याबाट आरम दिनका लागि सहायक हुन्छ । भिनेगर आजकल बजारमा सहज रुपमा उपलव्ध हुन्छ । यसलाई पानीमा मिलाएर कुरा गर्न गर्न सक्नु हुन्छ । यो चिसो र फ्लूको भाइरससँग भिड्न पनि सक्षम हुन्छ ताथ यी विरामी हुनबाट जोगाउँछ । 

बेसार

कुला गर्नका लागि बेसार पनि राम्रो मानिन्छ । तातो पानीमा थोरै बेसार मिसाएर कुला गर्दा टन्सिल निको पार्न फाइदा हुन्छ । राति सुत्नु भन्दा पहिला एक गिलास तातो दूधमा थोरै बेसार र मरिच पाउडर पीउनाले राहत मिल्छ । 

अत्याधिक पानी

टन्सिलबाट आराम चाहिएको खण्डमा अत्याधिक पानी पिउनु जरुरी छ । सूप, जूूस तथा अन्य पेय पर्दाको प्रयोग बढी गर्नु आवश्यक छ । पानी पिउँदा गला चिसो रहन्छ । तर पेयपदार्थमा चिया, कफी या रक्सीलाई भने पूर्णरुपमा त्याग्नु पर्छ । 

त्यस्तै यस्तो अवस्थामा महले पनि फाइदा पु-याउँछ । 

टन्सिल हुँदा हर्वल चीया पिउदा पनि आराम मिल्छ । कागती या मह मिसाइएको चियाले पनि फाइदा पुग्छ । 
तुलसीवाला चिया पनि टन्सिलका लागि फाइदा हुन्छ । यसका लागि ५ पत्ता तुली, ५ वटा मरिच थोरै चुकअमिलो एक कप पानीमा उमालेर छानी खानु फाइदाजनक हुन्छ । 

चिकेन सुप पिउनुस्

चिकन सूपमा सोडियमको मात्रा धेरै हुन्छ । यो सू्रपमा कयौं पोषक तत्वपनि पाइन्छ । टन्सिल भए खाना खानसकिँदैन । जसका कारण शरीरमा भएको पोषक तत्वको कमीलाई चिकेन सुपले पुरा गर्छ । 

लसुन या ल्वाङको प्रयोग

टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ । यसका अलावा उम्लिएको पानीमा ४–५ लसुन राखि उमाल्ने र छानेर यसले मुख कुला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ ।

DHARA
LAxmi BAnk

Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउन्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ । अर्थाभावका कारण क्यान्सर रोगको उपचारबाट वञ्चित नागरिकको निःशुल्क उपचार गर्ने ...

असोज १२, २०७९

बडादशैँ एवं नवरात्रको तेस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भ...

असोज १२, २०७९

जाडो मौसममा अधिकांश मानिसको टाउकोमा चायाको समस्या हुन्छ । विशेषगरी जाडो मौसममा तालु रुखो हुँदा चाया पर्ने समस्या चाँडो देखिन्छ । यदि बढी चाया पर्ने समस्या रहेमा अरू मानिसका अगाडि लाजमर्दो अवस्था सिर्जना ह...

असोज १२, २०७९

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

असोज ११, २०७९

हामी जतिसुकै ठाँटिएर हिँडौं तर हाम्रो सास गनाउँछ भने सबैजना हामीसँग तर्किन्छन् । सास गनाउने मानिससँग कोही पनि कुरा गर्न वा सँगै बस्न चाहँदैन । यस्तो हुँदा उक्त व्यक्तिको आत्मविश्वास पनि हराउँछ । सास गनाउन...

असोज ११, २०७९

नवरात्रको दोस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ । नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा रा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x